हिन्दी चलचित्र ‘राम–लखन’को रिमेक बन्दै
Admin / 2014-08-22 05:36:29
नेपाल ब्युरो– भदौ ६, ।
बलिउडका चर्चित निर्देशक करण जोहर र रोहित सेट्टीले हिन्दी चलचित्र ‘राम–लखन’को रिमेक बनाउन लागेको जनाएका छन् ।
यी दुई निर्देशकले एकदम हिट चलचित्रहरु बनाएका छन् । उनिहरुले बनाउन लागेको उक्त चलचित्रमा पुरानै फिल्म ‘राम–लखन’का दुई चर्चित अभिनेता जेक्की श्राव र अनिल कपुरलाई नै साइन गराइएको जनाइएको छ ।
उक्त फिल्मको रिमेक बनाउन लागेको धर्म प्रोडक्शनले घोषणा गरेको छ । सो फिल्मको निर्माण मुक्ता आर्टससँगको सहकार्यमा हुन लागेको हो ।
उनहरु दुइजना मिलेर बनाउन लागेको उक्त क्लासिकल चलचित्रको रिमेक सन् २०१६ अक्टुबर २ मा प्रदर्शन हुने गरी निमार्ण गर्न लागिएको हो ।
निकै नै चर्चित यी दुई निर्देशकले बनाउन लागेको उक्त चलचित्रले बलिउडमा कस्तो सफलता पाउने हो त्या त हेर्न बाँकी नै छ । अवश्य नै करण र रोहित जस्ता ठुला चर्चित निदर्शेक मिलेर बनाउन लागेको सो चलचित्रले राम्रो सफलता त हात पार्ने नै छ ।
प्रकाशित मिति: 2014-08-22 05:36:29
प्रतिक्रिया: