फिचर/साहित्य

दोहोरो नागरिकता आखिर केका लागि


Admin / 2014-05-15 05:07:32


-वाचस्पति रेग्मी

आज कता-कता राष्ट्रियताको भावना पलायर आयो । राष्ट्रियता शब्दमा होइन काममा हो जस्तो अनुभव भएर आयो । गत वर्ष रवीन्द्र मिश्र बेलायत आएर हेल्प नेपाल नेटवर्क भन्ने संस्थाद्वारा नेपालमा सेवा गर्न संस्था र विदेशमा रहेका नेपालीहरुबाट १० करोड अक्षय कोष खडा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्नु भयो र विदेशमा बस्ने नेपालीले स्वःस्फूर्त तरिकाले लाख लाख नगद दिएर सहयोग गरे । किन त ? आखिर मातृभूमिकै लागि त हो । नेपाल आमाकै लागि त हो । सलाम छ, रवीन्द्र मिश्रजीलाई जसले राष्ट्रियताका लागि ठूलो पहल गर्नु भएको छ । आखिर राष्ट्रियता कहाँ छ त ? नेपालमा भएको कानुन लागू गर्न नसकेको त हो नि ! कानुन कार्यान्वयन गर्न नसकेर अस्तव्यस्त भएकै त हो नि ! राष्ट्रियता कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि हुनु हुँदैन । 

सरकारको एउटै नीति, एउटै कार्यक्रम, एउटै बोली र कार्यान्वयन हुनु जसरी छ । सरकारले विदेश बस्नेका लागि बनाएको नीति के त ? नागरिकता ऐन २०२० दफाले दिएको परिभाषा यही नै त हो नि ! आखिर जनआन्दोलन किन भयो ? पञ्चायतविरुद्ध । जनताको हक अधिकारकै लागि त हो नि ! समय सापेक्ष परिवर्तन र विकासको फल खानकै लागि त हो नि ! हैन र कि कसो ? 

माओवादी जनयुद्ध भयो । कालरात्रीहरु आए, गए । देशमा राम्रो हुन्छ भनेर सबैले आशा गरेकै त हो नि । अर्को आन्दोलन भयो । राजा गए, नारायण हिटी खाली भयो । लोकतान्त्रिक गणतन्त्र आयो । सत्ता जनताको हात आयो । आखिर खै के आयो त जनताका लागि ? यदि जनताको लोकतान्त्रिक गणतन्त्र आएको भए संसद्मा जानु पर्‍यो । विचार विमर्स, छलफल गर्नु पर्‍यो । सबैलाई यो दोहोरो नागरिकता सही वा गलत, दिँदा फाइदा वा बेफाइदा भनेर पहिचान गर्नु पर्‍यो नि ! आखिर रिस उठेकै भरमा, विदेश गयो भनेकै भरमा मिचाहा कुरा, हेपाहा प्रवृत्ति गर्ने हो भने आखिर दोहोरो नागरिकता एउटा कागज मात्रै त हो नि ! मान्नेलाई कानुन नमान्नेलाई रत्नपार्कमा लगेर विरोध गरेर जलाउने कागज हैन र ! यहाँ व्यक्तिको विरोध आवश्यक छैन । जो-जो गृहमन्त्री हुनु भएको छ, उहाँहरुलाई नागरिकता कानुन थाहा भएकाले विदेशमा नागरिकता पाएको व्यक्ति स्वःत विदेशी हुने हुँदा विदेशमा बस्ने नेपालीलाई दोहोरो नागरिकताको सम्भावना छैन भनेर भाषण ठोक्नु भयो । उहाँहरुले वास्तवमै राष्ट्रियताको कुरा गर्नु भयो किनकि त्यो नेपालको कानुनमा भएर नै त बोल्नु भयो । तर नेपालको कानुनमा एउटा कुरा छ, काम अर्को भैरहेको छ, हैन र ?
 
पार्टीको घोषणापत्रमा दोहोरो नागरिकता भनेर निर्वाचन जितिएको छ तर निर्वाचन जितेपछि खोलो तर्‍यो लौरो बिस्र्यो भएको छ । ६०१ जना सांसद हुने संविधानसभा छ तर २६ जना मनोनित गर्ने व्यवस्था हुँदा हुँदै संसदको अधिवेशन २६ जना बिना नै अन्त्य गरिएको छ र १ वर्षभित्र संविधान बनाउने जुन लक्ष्य छ त्यो ६ महिनासम्म २६ जना सांसद बिनाको संसद् बसेर छलफल बहस भएको छ । के वैधानिक संसद् चलिरहेको छ । खै हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति कहाँ हुनुहुन्छ, खै हाम्रा कार्यकारी प्रधानमन्त्री के गर्दै हुनुहुन्छ ? जिम्मेवार पार्टीका अध्यक्षहरु कहाँ कुन कुरामा व्यस्त हुनुहुन्छ ? शायद कुर्चिको खेलमा जोड घटाउमा व्यस्त हुनुहुन्छ । संसदको गरिमा र समय ख्याल गर्नुपर्ने विद्यायिका संसद् नै अपूर्ण हुन्छ भने हाम्रा लक्ष्यहरु, हाम्रा सम्भावनाहरु पूरा होला त ! हामी तिर्खाएको काकाकूलसरह अधिकारको लागि पुकार गरिरहने र पुकार सुन्ने नेताहरु कान नभएको बहिरासरह हुने हो भने हाम्रो राष्ट्रियता कसरी बच्ला ? हाम्रो उन्नति कसरी होला ? भर्खरै एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा भयो । नेपालमा लगानी गर्ने ठूला-ठूला कुरा भयो । लगानीका लागि टास्क फोर्सहरु पनि गठन भए, काम भए, लगानी भए, लगानी हुँदैछ । आखिर यो लगानी केका लागि त ! नेपाली भएर जन्मेर नेपाली नै भएका कारण मातृभूमिको निकासकै लागि सहयोग त हो । दिनै पर्ने के नै छ र दोहोरो नागरिकतामा । नेपाल पि|mमा बस्न पाउने अधिकार, नेपालमा भएको सम्पत्ति नेपालीसरह किनबेच गर्न पाउने अधिकार मात्र्रै त हो नि ! प्रधानमन्त्री दिनु पर्ने, राष्ट्रपति दिनैपर्ने र देश बेचेर विदेश लैजान दिने त होइन नि ! बरु नदिएको खण्डमा सम्पत्ति बेचेर कुबाटोबाट नेपालको सम्पत्ति विदेश लैजान सक्छन् ।  यो १ जना २ जनालाई दिन्न भनेर रोक्ने समस्या होइन । यो राष्ट्रिय समस्या हो । यसको समाधान वृहत् राजनैतिक छलफल र सम्मेलनहरुबाट नेपाली पहिचान बचाउन पर्ने हो । विश्वमा इतिहास खोजिएको छ, को कहाँबाट आयो, कसरी आयो भनेर । हामी सबै हाम्रो पहिचान मेटाउँदैछौं फर्केला भनेर । आखिर पहिचान केका लागि ? नेपाल चिनाउनका लागि नै हो । बेलायत सरकारले नेपाली योग्य देखेर डा. सूर्य सुवेदी नेपाल फर्के भने देश सबै बिगार्लान् त ? बरु सूर्य सुवेदी  जस्ता व्यक्तिहरु नेपाल फर्के भने राष्ट्रियता कसरी बचाउने, देश कसरी बनाउने, नागरिकको अनुशासन कस्तो हुनुपर्छ भनेर सिकाउने काम पो हुन्छ । परराष्ट्रमन्त्री बनेर विदेशी लगानी भित्रयाउनेछन् र विदेश नीति असल बनाउने छन् । हो, यही कुराको डर छ नेपालमा विदेश बसेको नेपाल पस्यो भने, नेपाल आयो भने- नेपाल नै कब्जा गर्छ भनेर । यो कुरा सरासर गलत छ । अमेरिकाले नेपाली प्रतिभालाई सांसदको टिकट दिएको छ । बेलायतले न्यायाधीश नियुक्ति गरेको छ, अस्ट्रेलियाले कानुन व्यवसायी नियुक्ति गरेको छ भने ती योग्य व्यक्तिहरुलाई देश र्फकन आहृवान गरे नेपाल बन्दथ्यो नि ! आखिर देशमा बसेका आमा, नेता र नागरिकहरुले गरेर हुने भए किन नगरेको र किन नभएको त ! आखिर विदेश बसेका नेपाल देश र्फकंदा सबै देश सक्ने हो र ? आखिर यौटा भाग, आफूले जानेको असल सीप प्रयोग गरेर देशको विकासमा अनुभवको प्रयोग गर्ने नै त हो !

एक जना डिभी परेको नेपालीको बारेमा, एउटा हङकङ आइडी पाएको नेपालीको बारेमा एउटा बि्रटिस गोर्खा आर्मी भएको नेपालीले युके बस्न पाउने अधिकार बारेमा एउटा राजनैतिक पीडित भएर शरणार्थी वा मानवअधिकार संरक्षणका लागि पिआर पाएको नेपालीको लागि मात्रै यो कुरा गरिएको हो भने त्यो कुरा कीमार्थ नेपालको हितमा छैन । २०० वर्षदेखि बेलायतमा सेना भएर रहेका तमाम नेपाली बि्रटीस गोर्खाहरुको बलिदान भुलेर बेलयती आइएलआर पायो, बि्रटिस नागरिकता र बि्रटीस पासपोर्ट पायो भनेर दोहोरो नागरिकता पाउँदैन भनेर गलहत्याइयो भने नेपालमा शान्ति स्थापना कीमार्थ हुने छैन । त्यही बि्रटीस सेना हङकङमा जन्मिएको भनेर जारी गरिएको छ । यो शब्दले कानुनलाई सम्बोधन गरेको छैन । हरेक नेपालीले कमाएको आफ्नो हिस्सा विदेशबाट आˆनो देशमा बढी भन्दा बढी पुर्‍याएर देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्‍याएको छ । यो कुरा भुलेर दोहोरो नागरिकता विषयमा सबैमा समान धारणाको विकास गर्न सकिएन भने हाम्रो संविधान अपूरो रहनेछ । हाम्रो संविधान जारी भएकै दिन माइतीघर मण्डला, रत्नपार्कको चोकमा र देशका सबै शहरमा किताब भनेर जल्नेछ । कानुन भनेर मान्ने गरी सबै जनताको अधिकारले सुसज्जित संविधान बन्नु पर्ने आजको आवश्यकता हो । 

निदाएर सुतेको मान्छेलाई समस्या पर्दा उठाउन सकिन्छ तर निदाएको भान गरेर सुतेको मान्छेलाई कीमार्थ उठाउन सकिँदैन । त्यसले निद्रामा रहिरहेको नक्कल गरिरहने छ । हामी हाम्रो पहिचानलाई जीवित राखौँला तर नेपाली बि्रटीस भनेर लेखिएको बि्रटीस पासपोर्टमा हाम्रो पहिचान रहे जस्तै हामी कहिल्यै बि्रटीस हुने छैनौँ । हामी सधैँ नेपाली पहिचानमै रहने छौँ विश्वका कुनै कुनामा रहे पनि । यहाँनेर गणेशमान सिंह जस्ता स्वाभिमानी नेताको उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु । २००७ सालको क्रान्ति गरेर राणाका विरुद्ध पञ्चायती शासनका विरुद्ध र जेलनेल खाए तर २०४७ को संविधान बनाउन आˆनो प्रधानमन्त्री बन्ने पालो आउँदा कृष्णप्रसाद भट्टराईलाई दिए । तर तिनै प्रजातान्त्रिक सेनानीले पनि प्रजातन्त्र स्थापना भए पनि आत्मसम्मान नपाएको देश नेपाल हो । 

गणेशमानकै शब्दमा भन्ने हो भने व्यक्तिमा स्वार्थ भावना भएपछि निःस्वार्थीहरुको दिन अन्धकार हुन्छ भन्थे आज म प्रजातन्त्रको सेनानी भए पनि म पार्टी र पार्टीका नेताहरुको व्यवहारबाट अपमानित भएको छु । प्रजातन्त्र भनेको सबैलाई समान हो भन्ने कुरा आज झुट्टा सावित भएको दुःखेसो व्यक्त गरे जस्तै प्रजातन्त्रका सेनानीको त सम्मान नभएको देश के दोहोरो नागरिकताबाट आजका हिमायति नेताले एक पटकको नेपाली सधैँको नेपाली भनेर सम्मान गर्लान र ! सबै नेपालीलाई चेतना भया ।
प्रकाशित मिति: 2014-05-15 05:07:32
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing