प्रियिंकाको सुन्दरताको राज जान्न चाहानुहुन्छ ?
Admin / 2014-08-27 08:31:45
नेपाल ब्युरो– भदौ ११, मुम्बई ।
बलिउडकी चर्चित नायीका प्रियिंका चोपडाको सुन्दर अनि एकदमै छरितो शरीर देखेर जो कोहिलाई पनि मनपर्छ ।
उनी आफु अभिनयमा जसरी पोख्त छिन् त्यसैगरी नायीका चोपडाले आफ्नो शरीरलाई पनि धेरै छरितो र सुन्दर पनि बनाएकी छन् ।
जी टीभीको एक ट्यालेन्ट शो ”सिनेस्टार की खोज” को कार्यक्रममा प्रियंका आफ्नो आगामी फिल्म ”मेरी कोम” को प्रचारका लागी गएकी थिइन् त्यहि अवसरमा उनले आफ्नो शरीर सुन्दर र छरितो देखिनुको कारण स्वास्थ्य खाना भएको खुलाइन् ।
उनी आफु सही तरीकाले स्वस्थ रहन र तौल घटाउनमा पोख्त रहेको बताएकी छन् । उनी आफुले सहि चिज खाने अनि आफुले जति खान्छिन त्यसलाई पचाउन उत्तिकै काम पनि गर्ने बताएकी छन् ।
प्रकाशित मिति: 2014-08-27 08:31:45
प्रतिक्रिया: