एन्फा कप फुटबल प्रतियोगिताको उपाधि झापा ११लाई संकटा ४–० ले पराजीत
Admin / 2014-09-10 06:03:00
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
एन्फा कप फुटबल प्रतियोगीकोे उपाधि झापा ११ ले जित्न सफल भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित संकटा क्लबलाई ४–० ले पराजित झापाले १० लाख हात पारेको छ भने शंकटाले ५ लाखमा चित्त बुझाएको छ ।
मच्छिन्द्रका खेलाडीहरुको बाहुल्यता रहेको झापा ११ ले ४३ औं मिनेटमा नागेन्द्र लिम्बुको गोलबाट अग्रता लिएको थियो । यसअघि १५ औं मिनेटमा संकटाका उत्तम गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यस्तै २४ औं मिनेटमा संकटाका सुमन लामाको प्रहार बारमा लागेर फर्कियो ।
दोस्रो हाफको ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो ।
७६ औं मिनेटमा झापा ११ ले पेनाल्टी पायो । रावि सिलवालले योगेश गुरुङलाई डिफक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा कर्ण लिम्बुले गोल गरे । खेलको ८६ औं मिनेटमा विशाल राईले उत्कृष्ट गोल गरे । लगत्तै बुद्ध चेम्जोङले गोल गरेपछि झापा ११ पहिलो पटक आयोजित एन्फा कपको उपाधि जित्न सफल भएको हो ।
प्रकाशित मिति: 2014-09-10 06:03:00
प्रतिक्रिया: