प्रविधि

भारतमा गुगलले सय डलरको स्मार्टफोन ल्यायो


Admin / 2014-09-21 00:27:19


काठमाडौ, आश्विन ५ - भारतको गुरगाउँमा गुगलले एन्ड्रोइड वान ब्राण्डमा सार्वजनिक गरेको सस्तो स्मार्टफोनले विश्वको ध्यान केन्द्रीत गरेको छजसको मूल्य भारतमा १ सय अमेरिकी डलर मात्रै पर्नेछ । भारतका तीन निजी मोबाइल उत्पादक कम्पनीसँगको सहकार्यमा गुगलले भारतमा एन्ड्रोइड वान ल्याएको हो ।

विकासोन्मुख मुलुकमा सस्तो स्मार्टफोन बिक्री गर्ने गुगलको यो अभियान सफल भए मोबाइल अपरेटिङ सिस्टममा एन्ड्रोइडको आधिपत्य अझैं बढ्नेछ । अहिले कूल बजारको ८० प्रतिशत हिस्सा एन्ड्रोइड अपरेटिङ सिस्टमकै छ ।

गुगलले आफ्नो अभियानको लागि भारतीय मोबाइल उत्पादक माइक्रोम्याक्स, कार्बन र स्पाइससँग सहकार्य गरेको हो । गुगलले तोकेको डिजाइन र मापदण्ड अनुसार ति कम्पनीले मोबाइल तयार पारेका हुन् । मोबाइलमा एन्ड्रोइड ओएस  राखिएको छ, जुन प्रयोगकर्ताले २ बर्षसम्म निशुल्क र स्वत: अपडेट भएको पाउनेछन् । सबै मोबाइलमा एन्ड्रोइडको किटक्याटको पछिल्लो भर्सन प्रयोग गरिएको छ ।

तीनै कम्पनीको फोनमा ४.५ इन्चको स्क्रिन, दुई सीम क्षमता, १ जिबी र्‍याम, ५ मेगापिक्सेल रेअर क्यामरा, वाईफाई, एसडीकार्ड लाग्ने सुविधा र चार जिबी स्टोरेज रहनेछन् । गुगलले सस्तो स्मार्टफोनमार्फ्त विकासोन्मुख देशका करोडौंलाई एन्ड्रोइड प्रयोगकर्ता बनाउने लक्ष्य राखेको छ ।

गुगलसँगको सहकार्यमा भारतीय एयरटेलले एन्ड्रोइड वानको प्रयोगकर्तालाई मासिक २ सय एममी डाटा निशुल्क दिने र गुगलबाट हुने अपडेटको शुल्क नलिने भएको छ । यो अभियानमा भारतका प्राय सबै टेलिकम अपरेटर सहभागी हुने गुगलको दाबी छ ।

सस्तो फोनको यस्तो अभियान भारतबाट सुरु गरेर यो बर्षभित्र नेपाल, इन्डोनेसिया, फिलिपिन्ससहित सबै एसियाली र सन् २०१५ भित्र विकासोन्मुख सबै देशमा पुर्‍याउने गुगलको लक्ष्य छ । अन्य मोबाइल उत्पादक एसर, असुस, एचटीसी, लेनोभोले पनि आफ्नो सहकार्यमा मोबाइल उत्पादन गर्ने गुगलको दाबी छ ।

एक बर्ष अघि माइक्रोसफ्टले नोकिया किनेपछि स्मार्टफोन बजारमा उपस्थिति बढाउन सस्तो स्मार्टफोनको अवधारणा ल्याएपनि त्यसले खासै फाइदा गरेको थिएन । दुई महिना अघि मात्रै भारतमा सस्तो भनेर फाएरफक्स स्मार्टफोन सार्वजनिक गरेपनि त्यसले खासै व्यापार गरेन ।

विगतबाट पाठ सिकेर होला गुगलले माउथ पब्लिसिटीलाई बढावा दिने भएको छ, जसको लागि वाईफाई सुविधासहितको ट्रकमा राखेर २० सहरको ६ सय स्थानमा 'सोरुम अन ह्वील' नाम दिई प्रचार गर्ने तयारीमा छ । साथै, मोबाइलको प्रचारको लागि ३० हजार बढीलाई एन्ड्रोइड एम्बासडरको रुपमा परिचालन गर्ने कम्पनीको योजना छ ।

प्रकाशित मिति: 2014-09-21 00:27:19
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing