सिफारिस न्यायाधिसको नाम अनुमोदन हुने भयो
Admin / 2014-05-19 22:46:30
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं ।
लामो विवाद र बहसपछि अन्ततः सर्वाेच्च अदालतका लागि सिफारिस न्यायाधीशको नाम अनुमोदन हुने भएको छ ।
न्यायापरिषद्ले सिफारिस गरेको ८ जना स्थायी न्यायधीशबारे छलफल गरिरहेको संसदीय सुनुवाई समितिले प्रकृयामा गएर नाम अनुमोदन गर्ने तयारी गरेको छ ।
तर समितिले न्यायपरिषद्ले पठाएको पत्रप्रति भने आपत्ति जनाएको समितिले न्यायपरिषद्ले समितिलाई पठाएको पत्रमा ‘कसैको प्रभाव र दबाबमान नपरी स्वतन्त्र ढंगले भई निर्णय गर्नु’ भनी लेखेकोमा आपत्ति जनाउदै परिषद्को ध्यानाकर्षण गराउने भएको छ । परिषद्को ध्यानाकर्षण गराएपछि सिफारिस न्यायाधिशसंग पुनः छलफल गरेर सिफारिस प्रकृयामा जाने एक सदस्यले जानकारी दिनुभयो ।
हिजो बसेको सुनुवाई विशेष समितिको बैठकमा सभासदहरुले न्यायपरिषद्ले समितिको अपमान गरेको भन्दै ध्यानाकर्षण गराउनुपर्ने आवाज उठाएका थिए । सभासदहरुको यस्तो भनाईपछि एमाले सभासद भीम रावलको प्रस्तावमा न्यायपरिषद्को ध्यानाकर्षण गराउने निर्णय भएको हो ।
प्रकाशित मिति: 2014-05-19 22:46:30
प्रतिक्रिया: