२५ मे,टोकियो ।
नेपाली जनसम्पर्क समितिको कोषाध्यक्षमा अन्तत
पेम्बा लामा निर्बिरोध भएका छन।अर्का उम्मेदवार रामकृष्ण बम मल्लले आफ्नो
उम्मेदवारी फिर्ता लिएपछि लामा निर्बिरोध भएका हुन।
संस्थाभित्र देखिएको गुट, उपगुट अन्त्य गर्न तथा एकै भावना भएको साथीबीचको द्वन्द्व समाधान
गर्न आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।
समितिको आइतबार निर्वाचन हुनै लाग्दा मल्लले
उम्मेदवारी फिर्ता लिएका हुन् । सर्वसम्मतिको वातावरण बनाउने प्रयास स्वरुप उम्मेद्वारी
लिएका उनले भने, ‘मेरो व्यक्तिगत तवरले हेर्दा ठिक बेठीक जे भए
पनि संस्थाको लागि पक्कै राम्रो हुनेछ भन्ने सोचेको छु । मेरा अग्रज, सहकर्मी तथा सम्पूर्ण मतदातामा उब्जिन सक्ने दु:ख क्षणप्रति
हृदयदेखि नै क्षमा चाहन्छु ।’
उनले कोषध्यक्षमा निर्विरोध निर्वाचित भएका
पेम्बा लामालाई बधाई तथा शुभकामना दिँदै महाधिवेशन सफल बनाउन लागिपरेका सबैलाई
धन्यवाद समेत दिएका छन् ।