विश्वकप फुटवलको सातौ खेल अन्तर्गत तीन खेल हुने
Admin / 2014-06-18 05:16:45
नेपाल ब्युरो–असार ४, एजेन्सी ।
जारी विश्वकप फुटवलको सातौ खेल अन्तर्गत समुह ए र समुह बीको गरी तीन खेल हुने भएको छ ।
समुह बीको पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध नेदरल्याण्ड भिड्नेछ । डच टोली दोस्रो चरणका लागि स्थान बनाउने लक्ष्यमा छ । त्यसैगरी दोस्रो खेलमा स्पेनविरुद्ध चिली भिड्ने छ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससंग ५–१ ले पराजित भएको स्पेनले दोस्रो चरणमा जाने सम्भावना कायमै राख्न आज जित्नुपर्ने दवाव छ । बराबरीको नतिजा आएपनि स्पेनको अघिल्लो चरणको सम्भावना कठिन हुनेछ । चिलीले अघिल्लो खेलमा अस्ट्रेलियालाई हराउँदै तीन अंक जोडको थियो । स्पेनविरुद्ध आज बराबरी गरेपनि चिलीलाई फाइदा हुनेछ ।
त्यसैगरी समुह एको खेलमा क्यामरुनविरुद्ध क्रोएसिया भिड्ने भएको छ । यी दुई टोलीको नतिजाले ब्रजिल र मेक्सिकोको अर्को चरण प्रवेश गर्ने समीकरण समेत प्रभावित हुनेछ ।
प्रकाशित मिति: 2014-06-18 05:16:45
प्रतिक्रिया: