इटालियन अल्बर्टो जाचेरोनीले एसियाली च्याम्पियन विश्वकपमा असफल भएपछि राजीनामा दिएका थिए। जाचेरोनीको राजीनामापछि जापानी टोली प्रशिक्षकविहीन छ र जेएफए उनको उपयुक्त विकल्पको खोजीमा छ।
'हामी सोझै अहिले उनलाई चार वर्ष नियुक्त गर्ने अवस्थामा छैनौं,' जेएफएका प्राविधिक निर्देशक हिरोमी हाराले भने, 'यो जापानमा उनको पहिलोपल्ट हो। त्यसैले पहिला हामी उनलाई राम्ररी जाँच्न चाहन्छौं। उनी जापानका प्रशिक्षक बन्न लायक देखिए सम्झौताले निरन्तरता पाउनेछ।'
५५ वर्षे अग्विरेले मेक्सिकोलाई विश्वकप २००२ र २०१० मा अन्तिम १६ सम्म पुर्या एका थिए। उनले जापानी टोलीमा २४ लाख ५० हजार डलर पाउने छन्। जुन जाचेरोनीले पाएभन्दा दोब्बर हो। जेएफएले उनलाई जापानी फुटबल इतिहासकै सबैभन्दा महँगो प्रशिक्षकमा राख्न भने सहमति जनाइसकेको बताइएको छ।
हाराले विश्वकप २०१८ सम्मका लागि अग्विरेलाई निरन्तरता दिने विषयमा भने आगामी दिनको प्रदर्शनले अर्थ राख्ने बताए।