टोक्यो,जापान।
नेपाल तामाङ समाज,जापानको आयोजनामा हुन लागेको ल्होछार कार्यक्रममा भाग लिन युबा गायक तथा संगीतकार बिशाल काल्तन आज टोक्यो आईपुगेका छन।उनलाई समाजका महासचिव हवलचन्द्र लामाले स्वागत गरेका थिए।
तामाङ समाज, जापानले पहिलो पटक नेपालबाट कलाकार सहभागी
गराएर कार्यक्रम गर्न लागेको हो।
अर्का अतिथि कलाकार बरिष्ठ लोक गायिका ईन्दिरा
गोले गुरुङ भने बहराईनको ल्होछार कार्यक्रममा सहभागी भएर भोली मात्र जापान
आईपुग्ने कार्यक्रम संयोजक संजिब तामाङले जानकारी दिएका छन।