अदालतको अपहेलना सम्बन्धि विधेयक संसदमा दर्ता हुँदैमा सञ्चार जगत आत्तिनुपर्दैन : सिंह
Admin
नेपाल ब्युरो– असार १२, काठमाडौँ ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अदालतको अपहेलना सम्बन्धि विधेयक संसदमा दर्ता हुदैमा सञ्चार जगत आत्तिनु नपर्ने बताउनुभएको छ ।
आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मन्त्री सिंहले अदालतको अपहेलना सम्बन्धि विधेयक छलफलका लागि संसदमा दर्ता भएको र छलफलमा सभासदहरुले उठाएका जिज्ञाशा र सुझावलाई समेटर अन्तिम रुप दिइने भएकाले पत्रकारहरु आत्तिनु नपर्ने बताउनुभएको हो ।
मन्त्री सिंहले विधेयक छलफलका लागि पठाइएको भन्दै सञ्चार जगतलाई असर नपर्ने गरी कानुन बनाउँने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिंहले विधेयकमा केही कुरा छुटेको भन्दै सभासदहरुले संसदमा दिएको सुझावका आधारमा थपघट गर्ने कार्य भईरहेको बताउनुभयो ।
प्रकाशित मिति: 2014-06-26 03:25:47
प्रतिक्रिया: