प्राज्ञिक स्थल भ्रष्ट्राचारमा मुछिनु लज्जित : कोईराला
Admin
नेपाल ब्युरो– भदौ २२,काठमाडौ ।
प्रधानमन्त्री शुसील कोईरालाले प्राज्ञिक स्थल भ्रष्ट्राचारमा डुबेका समाचारले सबै नेपाली लज्जित हुनु पर्ने अवस्था आएको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्तप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउन आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै कोईरालाले विश्वविद्यालयहरु जस्ता प्राज्ञिक स्थल भ्रष्ट्राचारमा डुबेका समाचारले सबै नेपाली लज्जित हुनु पर्ने अवस्था आएको बताउनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा बोल्दै उहाँले प्रतिष्ठानको गरिमा र आफ्नो पदीय दायित्वलाई मनमा राखेर काम गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति: 2014-09-07 05:49:19
प्रतिक्रिया: