नयाँ संविधानमा बन्द हड्ताल गर्न नपाउने व्यवस्था राख्न प्रस्ताव
Admin / 2014-09-02 07:22:25
नेपाल ब्युरो– भदौ १७, काठमाडौ ।
अब बन्ने नयाँ संविधानमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तरगतको उपसमितिले बन्द हड्ताल गर्न नपाउने व्यवस्था राख्न प्रस्ताव गरेको छ ।
संविधानमा छुटेका विषयहरुबारे सुझाव दिन बनेको समितिले नेपाल बन्द तथा चक्काजाम तथा अस्पतालसहितका अत्यावश्यक क्षेत्र हडताल गर्न नपाउने व्यवस्था संविधानमै राख्न सुझाव दिएको छ ।
उपसमितिले सभापति डा. बाबुराम भट्टराईलाई बुझाएको प्रतिवेदनमा आफ्नो घोषणा पत्र कार्यान्वयन नगर्ने दलको दर्ता नै खारेज गर्न सिफारिस गरेको छ ।
तर, दलहरुलाई चुनाव खर्च दिन सिफारिस गरिएको छ । उपसमितिले पार्टीहरुको संख्या, राजनीतिक नेतृत्वको योग्यता, जवाफदेहिताबारे समेत पूर्ण समितिमा छलफल गर्न सुझाव दिएको छ ।
प्रकाशित मिति: 2014-09-02 07:22:25
प्रतिक्रिया: