चाडपर्वको मुखमा सरकाद्धारा यातायात भाडा बढाउनका लागि सहमति
Admin / 2014-09-07 03:26:08
नेपाल ब्युरो–भदौ २२,काठमाडौ ।
यातायात व्यवसायीको दबाबका आधारमा सरकारले भाडा बढाउन सहमति दिएको छ ।
चाडपर्वको मुखमा सरकारले यातायात भाडा बढाउनका लागि सहमति दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले करिब ६ प्रतिशत भाडा बढाउन सहमति दिएको छ ।
तत्काल भाडा बढाए दसैंमा गृहजिल्ला जाने लाखौं यात्रु मर्कामा पर्नेछन् । दसैंको मुखमा भाडा बढाउँदा आलोचना हुने भएकाले पनि यातायात व्यवस्था विभागले भाडा बढाउने निर्णय भने गर्न सकेको छैन ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै व्यवसायीहरुले भाडा बढाउनुपर्ने दबाब दिएका हुन् ।
प्रकाशित मिति: 2014-09-07 03:26:08
प्रतिक्रिया: