बेनिसा परीन विद्यार्थीको घेरामा
Admin / 2014-09-08 07:35:11
नेपाल ब्युरो– भदौ २३, काठमाडौ ।
नायीका बेनिसा हमाल आफ्नो गाउँको विद्यालयमा पुग्दा विद्यार्थीहरुबाट घेरिइन् ।
नायीका हमाल कक्षा आठसम्म अध्यन गरेको चितवनको गीतानगर ४ देवनगरमा रहेको देवज्योति निमाबीमा आयोजित सम्मान कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् ।
उनलाई सो विद्यालयमा अध्यन गर्ने विद्यार्थीले फोटोग्राफ र अटोग्राफ लिन भन्दै घेरेका हुन् ।
नृत्य र बक्तृत्वकलामा अब्बल उनी नौ वर्षपछि आफ्नो गाउँ पुगेकी हुन् । २०५९ सालमा उक्त विद्यालयबाट कक्षा आठ उत्तिर्ण गरेकी बेनिशा त्यो समयमा आफ्नो समुहकी सर्बोत्कृष्ट विद्यार्थी थिइन् ।
उनी नायीका बन्नुभन्दा अघि चितवनको कालिका एफ एम की कार्यक्रम प्रस्तोता थिइन् ।
नायीका हमाल आफ्नो उच्च शिक्षाका लागि भरतपुर हुँदै काठमाण्डौ पुगेकी हुन् ।
उनी चलचित्र स्वरबाट नेपालि सिने जगतमा प्रवेस गरेकी हुन् । उनले दर्जनौ म्युजीक भिडियोमा पनि आपुलाई प्रस्तुत गरेकी छन् ।
नायिका हमालले धेरै वर्षपछि आफुले अध्यन गरेको विद्यालयमा आउँदा उनलाई विगतको सम्झना आएको भन्दै सो विद्यालयमा विताएका पुराना सम्झनाहरु सुनाएकी थिइन् ।
प्रकाशित मिति: 2014-09-08 07:35:11
प्रतिक्रिया: