नेपाल ब्युरो– भदौ २७ ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा दुई नयाँ खेलाडि अनुबन्धीत भएका छन् ।
म्यानचेस्टर युनाइटेडले आफ्ना दुई नयाँ खेलाडी राडामल फाल्काओ र डेलि ब्लाइन्डलाई सार्वजनिक गरेको छ ।
म्यानचेस्टर युनाइटेडले एक पत्रकार सम्मेलनमार्फत कोलम्बियन स्ट्राइकर फाल्काओ र डच डिफेन्डर ब्लाइन्डलाई सार्वजनिक गरेको हो । जारी सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले कोलम्बियन खेलाडी फाल्काओलाई ६० लाख पाउन्डमा फ्रेन्च क्लब एएस मोनाकोबाट एक सिजनको लागि ऋणस्वरुप क्लबमा अनुबन्ध गरेको हो ।
यसैगरी, डच डिफेन्डर ब्लाइन्डलाई नेदरल्यान्ड्सको आयाक्स एम्सटर्डम फुटबल क्लबबाट १ करोड ३८ लाख पाउन्डमा स्थायी रुपले अनुबन्ध गरेको हो । यी दुई खेलाडीहरुको आगमनले म्यानयुलाई नयाँ उचाइमा पु¥याउने प्रशिक्षक भान गालको विश्वाश छ ।
यसैगरी, भान गालले इंग्लिस स्ट्राइकर ड्यानी वेल्बेकले पर्याप्त गोल गर्न नसकेको कारण उनलाई आर्सनलमा बेचिएको प्रष्टिकरण दिएका छन् । वेल्बेक केही हप्ता अगाडि मात्रै म्यानचेस्टर युनाइटेड छोडी आर्सनल प्रवेश गरेका थिए ।