टोक्यो,जापान।
नेपालको प्रबर्द्दनको लागि भनेर आयोजना गरेको २
दिवाशीय नेपाल फेस्टिवलको पहिलो दिनमा नेपालको राष्ट्रिय झण्डाको अपमान भएको छ।जापानको लागि नेपाली राजदुत डा.मदनकुमार भट्टराईले प्रमुख अतिथि बनेर रिबन काटेर
उदघाटन गरेको फेस्टिबलको मुल प्रवेशद्वारको मथिल्लो पट्टी दायां भागमा रहेको नेपाली राष्ट्रिय झण्डा उल्टो भएर दिनभरी फरफराईरह्यो।
दिनभरी हजारौंको संख्यामा सहभागिहरुले त्यो प्रवेशद्वारबाट आउजाउ गरे तर उल्टो फर्किएको झण्डातिर कसैको ध्यान गएन।न त आयोजक एनआरएनका पदाधिकारी,न त आयोजक समितिका संयोजक, न फेस्टिबलको लोगो प्रिन्ट गरिएको टिशर्ट लगाएको स्वयंसेवकको नै आंखा गयो।फेस्टिबलको संयोजक युको मल्ल ओकामोतोले पहिलो दिनको कार्यक्रम समाप्तिको घोषणा गर्दासम्म झण्डा उल्टो नै थियो।
पहिलो दिनको कार्यक्रमको समाप्ति पश्चात फेस्टिबल
आयोजक समितिका संयोजक युको मल्ल ओकामोतोलाई टेलिफोनमा यसबारे जानकारी गराउंदा गेटसम्म
जाने पनि फुर्सद नपाएकोले थाहा नभएको बताएको केही समय पछि एक जना स्वयंसेवकको
सहयोगमा झण्डालाई सुल्टो बनाएको संयोजक मल्लले
टेलिफोनबाट जानकारी दिएकी छन।