प्रवास

तामाङ सङ्घ दक्षिण कोरियाको अध्यक्षमा देवसिं सर्बसम्मत


Admin / 2014-09-29 02:59:58


नेपाल तामाङ सङ्घ दक्षिण कोरियाको अध्यक्षमा देवसिं तामाङ निर्वाचित भएका छन् । सङ्घको आज दक्षिण कोरियाको नेपाल हाउसमा सम्पन्न भएको सातौं अधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो ।काभ्रेका बिद्यार्थि काल देखि नै तामाङ संस्थाहरुमा सक्रिय रहदै आएका  हुन् ।

यसैगरी उपाध्यक्षद्वयमा विकास मोक्तान (दोलखा) र प्रकाश तामाङ (काभ्रे), सचिवमा पूर्णबहादुर तामाङ (खोटाङ), सहसचिवमा जीवी तामाङ (सिन्धुली) र कोषाध्यक्षमा केन्जीङ योञ्जन (रामेछाप) निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा सन्जीपकुमार गोले (दोलखा), सुवास तामाङ (नुवाकोट, निरन्जन तामाङ (धादिङ), स्नेह तामाङ (काभ्रे) र रुपक तामाङ (नुवाकोट) चयन भएका छन् ।

आफ्नो मौलिक भाषा, धर्म, कला, संस्कार संस्कृतिको संरक्षण एवम् संवद्र्धन गरौं भन्ने नारासहित भएको अधिवेशनले ६ जना सल्लाहकार पनि चयन गरेको छ । यसरी सल्लाहकारमा चयन हुनेहरूमा रेगन तामाङ (धादिङ), इन्द्रमाया तामाङ (काभ्रे), रविन तामाङ (भोजपुर), उर्गेन लामा (दोलखा), उर्केन तामाङ (ओखलढुङ्गा) र टीकाराम तामाङ(सुनसरी) छन् ।

यसअघि प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले सातौं अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका अध्यक्ष भक्त शेरचन विशेष अतिथिका रूपमा सहभागी थिए ।

औपचारिक समारोह निवर्तमान अध्यक्ष बिर्ख तामाङको सभापतित्वमा भएको थियो भने सन्चालन सचिब बिकास मोक्तानले गरेका थिए । 

नबनिर्बाचित अध्यक्ष देबसिं तामाङ


प्रकाशित मिति: 2014-09-29 02:59:58
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing