नेपाल समाचार

तराईमा छट पर्ब धुमधामका साथ मनाईदै

राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभ-कामना
Admin / 2014-10-29 02:51:16


काठमाडौं १२ कात्तिक:

तराईबासी नेपालीहरुको महान् चाड छठ पर्व आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर धूमधामका साथ मनाइदैछ । राजधानीमा रानीपोखरी लगायत पूर्वी तथा मध्य तराईका प्रमुख जलासय नदी नाला र तलाउहरु आज सिङ्गारिएर झकीझकाउ पारिएको छ । ती जलायसहरुमा आज अपरान्ह अस्ताउदो सूर्यलाई अघ्र्य दिएर सूर्यदेव र छठीमाइको आराधणा गरिने छ । भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई यो चाडको विधिवत सम्पन्न हुने छ ।

 

आज सूर्यलाई अघ्र दिएमा पारिवारिक सुख शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ । तराईका विभिन्न जिल्लाहरुमा नदी ताल,तलाउ र जलासयहरुमा श्रद्धालु भक्तजनको भिड लागेको छ । उनीहरुले आज रात भरी जाग्राम बसेर भोली विहान पुनः उदाउदो सूर्यलाई अघ्र दिने गर्दछन् । केही बर्ष यता राजधानीमा पनि तराई सांस्कृतिक प्रतिष्ठानले काठमाडौको रानी पोखरीमा छट समारोह मनाउँदै आएको छ । चार दिनसम्म मनाउने छठको तेस्रो दिन आज व्रतालु पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अघ्र्य दिएर सूर्यदेवलाई ढोग्ने गर्छन् । आज रातभरि भजन कीर्तनसहित छठीमाईको पूजा आजा गरी भोलि विहान सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर यो पर्वको समापन गरिन्छ । त्यसपछि आफन्त र इष्टमित्रलाई छठमाईको पूजाको प्रसाद खुवाउने चलन छ ।

यसैविच छठका अवसरमा राष्ट्रपती रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा सुख समृद्धी र आरोग्यको शुभकाना व्यक्त गर्नुभएको छ । छठ पर्वले नेपालीहरुविच सामाजीक सांस्कृतीक र धार्मीक सहिष्णुता अभिवृद्धी गर्नमा सहयोग पुगोस भनी राष्ट्रपति र प्रधानमन्त्रीको कामना छ । राष्ट्रपति डा रामबरण यादब आज राजधानीका छठ पूजा हुने विभिन्न नदी पोखरी र तलाउमा जाने कार्यक्रम रहेको छ । निर्धारित कार्यक्रम अनुसार साँझ ५ बजे गौरीघाट पुग्नुहुनेछ भने त्यसपछि क्रमश थापाथली बल्खु र रानीपोखरीमा पुगी छठको पुजा समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

श्रद्धालुहरु आज जनकपुरको गङ्गासागर धनुषसागर रामसागर रत्नसागर विहारकुण्ड रुक्मिनी सागर र अग्निकुण्डलगायतका कुण्ड पोखरी काठमाडौको रानीपोखरी थापाथलीस्थित बागमतीको किनार गौरीघाट विष्णुमती चितवनको नारायणी नदीमा पुगेका छन् । त्यस्तै विराटनगरको िसंग्याई र केसलियाखोला झापाको कन्काई नदि किनार लगायत नदि ताल तलैया तलाउमा गई छठ पर्व मनाउदै छन् ।

प्रकाशित मिति: 2014-10-29 02:51:16
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing