सार्बजानिक बस चलाउन एसएलसि पास हुनुपर्ने।
Admin / 2014-11-10 03:21:35
चितवन-भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले दुर्घटना रोक्न चालकलाई निपुर्ण बनाउन आवश्यक रहेको बताएका छन्। 'सवारी चालक अनुमतिपत्र लिने बेलामा नै कडाइ गर्ने भएका छौं। यात्रु बस चलाउने चालक कम्तिमा पनि एसएलसी परीक्षा उत्तीर्ण हुने पर्ने व्यवस्था गर्न लागेका छौं' सोमबार भरतपुरमा पत्रकारहरुसँग निधिले भने।
सरकारले सार्वजनिक यायातातका गाडी चलाउने अनुमति पत्र पाउनेको उमेर २५ वर्ष हुनु पर्ने व्यवस्था पनि गरेको छ। 'उमेरका सम्वन्धमा यातायात व्यवसायी र मजदुरका संघ संस्था संगठन पनि सहमत भएका छन्। शैक्षिक योग्यताका बारेमा भने उहाँहरुको असहति छ' मन्त्री निधीले भने। यात्रुको जीवनसँग जोडिएको विषय भएकाले सरकार यो विषयमा गम्भीर भएको बताए।
'जे जति दुर्घटना भएका छन् ६० प्रतिशत दुर्घटना चालकका कारणले नै भएकाले यात्रु बस चलाउनेको उमेर र शैक्षिक योग्यता तोकिन लागेको हो' उनको भनाई थियो। रुटपरमिट र सवारी चालक अनुमतिपत्रका बारेमा व्यवस्था भएका र हुने नियमहरु कार्यान्वयन भए नभएको बारेमा अनुगमन पनि कडाइका साथ हुने उने बताए।
पुराना गाडी पनि दुर्घटनाका कारण भएकाले त्यस्तालाई हटाउन पनि सरकार कडाइका साथ लाग्ने निधीको भनाइ छ। 'सडक निर्माणमा तीनवटा मन्त्रालय संलग्न हुन्छ। यातायात मन्त्रालय, स्थानीय मन्त्रालय र शहरी विकास मन्त्रालयले पनि सडक निर्माणमा लाग्छ। सवै मन्त्रालयसँग समन्वय गरेर सडक सुरक्षाका योजना ल्याने हाम्रो तयारी छ' उनले भने।
प्रकाशित मिति: 2014-11-10 03:21:35
प्रतिक्रिया: