नेपाल समाचार

खाडी जाने यात्रुको कागजपत्र प्रहरीले निरिक्षण गर्न नपाईने


Admin / 2014-11-13 02:06:55


काठमाडौं : गृह मन्त्रालयले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुका कागजपत्र नहेर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। विमानस्थल प्रहरीले 'प्रहरी हेल्प डेस्क' मार्फत पर्यटक भिसामा कतार, दुबई, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक जाने यात्रुबाट रकम असुली गरेको उजुरी परेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले सुरक्षाका विषयमा मात्र केन्द्रित भएर काम गर्न पनि विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। अब अध्यागमनका अधिकारीले मात्र यात्रुका कागजपत्र जाँच गर्नेछन्।

गलत ढंगले विदेश जाने यात्रुलाई रोक्नुको सट्टा हेल्प डेस्कका माध्यमबाट प्रहरीले घुस खाने गरेको उजुरी परेको छ। गृह मन्त्रालयले सोमबार विमानस्थल प्रहरीलाई पत्राचार गरी पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुको भिसा, राहदानी, हवाई टिकटलगायत नहेर्न भनेको छ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, 'टुरिष्ट भिसामा खाडी मुलुक जाने यात्रुको सुरक्षाजाँचमात्र प्रहरीले गर्छ। उनीहरूको कागजपत्र हेर्ने अधिकार प्रहरीलाई छैन। कागजपत्र अध्यागमनले जाँच गर्छ।' यसअघि हेल्प डेस्कका प्रहरीले खाडी मुलुक जाने यात्रुको भिसा, राहदानी, टिकटलगायत जाँच गर्दै आएका थिए।

विमानस्थल प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थले पनि अब खाडी मुलुक जाने यात्रुको कागजपत्र प्रहरीले जाँच नगर्ने बताए। उनले भने, 'हेल्प डेस्कमार्फत अब प्रहरी सेवामात्र दिन्छौं।'

तत्कालीन विमानस्थल प्रहरी प्रमुख डीआईजी गोपाल भण्डारीलाई सेटिङमा मान्छे पठाएको, यात्रुबाट विभिन्न सामान लिएको विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै गृह मन्त्रालयले निलम्बन गरेको थियो। भण्डारीले यात्रुका क्यामेरा, ल्यापटपलगायतका सामग्री लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रमा उल्लेख छ।

गृह मन्त्रालयले सुरक्षाका विषयमा मात्र केन्द्रित भएर काम गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीको हेल्प डेस्क रकम असुल्न प्रयोग भएको भन्दै हटाउन निर्देशन दिएको थियो। कायस्थ विमानस्थलको सुरक्षा प्रमुख भएपछि पनि सेटिङमा मान्छे पठाउने क्रम नरोकिएको स्रोतले बतायो। विमानस्थल प्रहरी, हवाई कम्पनी र अध्यागमनका अधिकारीबीच सेटिङ हुने गरेको पनि स्रोतको दाबी छ।

तत्कालीन डीआईजी (हाल एआईजी) नारायण बस्ताकोटीले विमानस्थलको सुरक्षा प्रमुख हुँदा यात्रुलाई सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरेका थिए। तर, त्यही बेला विमानस्थलमा विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोगमा तत्कालीन एसएसपी रवीराज श्रेष्ठ निलम्बनमा परेका थिए।

हेल्प डेस्कलाई प्रहरीले बार्गेनिङ गर्ने स्थानका रूपमा प्रयोग गर्ने गरेको भन्दै चौतर्फी विवाद भएको थियो।

प्रकाशित मिति: 2014-11-13 02:06:55
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing