जापान समाचार

जाापान आउनु अगाडी बिद्यार्थीले जान्नै पर्ने कुरा


अभिनाश तामाङ / 2014-06-28 03:05:31


नेपालको राजनितिक अस्थिरताकाले गर्दा आर्थिक , भौतिक संरचना ध्वस्त हुने क्रम जारी छ । यसै कारणले गर्दा संचालनमा रहेको उद्योगधन्दा , कलकारखानाहरु दिनानुदिन पनि बन्द हुँदैछ । यसरी भएका साना तथा घरेलु उद्योगहरु पनि बन्द हुँदै जाँदा एक घरबाट कम्तिमा २/३ जना व्यक्तिहरु बेरोजगार भएका छन । त्यसमाथी पनि महँगीले आकाश छोएपछि काठमाण्डौ लगायत अन्य ठाँउमा समेत घर चलाउन मुश्किल पर्दै जानुले एक परिवारको एकजना सदस्य बिदेशिनु बाध्यता परेको हो । थोरै पैसाको आशमा ज्यान जोखिम मोलेर , त्यहिपनि दलालहरुको फन्दामा परी खाडि मुलुक तिर हुँईकिनेहरु अधिक छ । हाल श्रमको लागी नेपालीहरु जाने साउदीअरब , क़तार , दुवाई , मलेसिया , बहराईन , ईजरायल , दक्षिण कोरीया लगायतका साना तथा ठुला देशहरुमा हुल बाँधेर नै जाने गर्छ । त्यस्तै बिद्यार्थी भिषा प्लस कामको लागि जापान , अमेरिका , अष्ट्रेलिया , यु.के , क्यानाडा रहेको छ । यहि देशहरु भित्रबाट पनि नेपालबाट हाल पढाईको लागी बढि संख्यामा बिदेशिने मुलुक जापान हो । नेपालको चोक, चोक र गल्लिहरुमा समेत खोलिएको " STUDY IN JAPAN " को होर्डिङ बोर्डहरु छ्यापछ्याप्ति भेट्न सकिन्छ । कोहि कतै बिहान बेलुकी तिर झोला बोकेर बाहिर निस्केपछि पक्कै कुनै ईन्सिच्युटमा जापानीज भाषा पढ्न हिडेको होला भनी सबैले अनुमान लगाउन सक्छ । यसरी ठाँउठाँउमा खोलिएको कन्सलटेन्सीहरुबाट बर्षेनी कति नेपालीहरु जापान आँउछन त्यो त यकिन हुन सकेन तर पहिलेको तुलनामा हाल जापानमा नेपालीहरु पाईला - पाईलामा भेटिनुले त्यो हजारौमा रहेको अनुमान गर्न सकिन्छ । जापानमा नेपालीहरुको संख्या उच्च रुपले बढ्ने क्रम अझै स्थिर हुन सकिरहेको छैन । यसरी नेपाली बिद्यार्थीहरु बढे सँगै अपराध लगायत अन्य अनैतिक कार्यहरुमा नेपालीहरुको सहभागिता पनि बढदै गएको छ।भने आत्महत्याको घटनाहरु पनि बढ्दै गएको छ । एक महिना अघि एक हप्ता भित्रै पनि २ जना नेपालीहरुले छुट्टाछुट्टै ठाँउमा आत्महत्या गरेका थिए । दिनरात जापानकै सपना देखेर ४/५ महिना जापानीज भाषा पढेर यहाँ आउनाले भोग्नु पर्ने नपर्ने सबै चुनौतिहरुको सामना गर्नु पर्नाले पनि जो कोहि यहाँ आएपछि मानसिक रुपमा रोगी हुने गर्छ । अन्य देशहरुको भन्दा फरक जिवनशैली , सोचाई , संस्कृति , एउटै मात्र जापानीज भाषा र चालचलनहरु पुर्ण रुपमा नेपालको भन्दा फरक रहेकोले यहाँको परिवेशमा भिज्न र रम्न धेरै समय लाग्ने गर्छ । त्यसमाथी पनि नेपाली र भियतनामीहरु प्रति जापानीजहरु अलि फरक नजरले नियाल्ने गर्छ । रक्सी खाएर जथाभावी नराम्रो र फोहोर शब्दहरु निकाल्ने , कुनै ठाँउ अथवा सामानहरु तोडफोड गर्ने , सस्तोको टिकट काटेर ट्रेन चढ्ने तर गन्तव्यमा पुग्दा टिकट हरायो भन्ने , कम्पनीमा पनि अरुको खानाहरु चोरेर झिकेर खाने , मोबाईल , ब्याग साथै कपडाहरु पनि चोरी हुने हुँदा नेपालीहरु प्रति जापानीजहरु तुच्छ व्यवहार गर्छन । र यसरी गर्ने अनैतिक कार्यहरुमा प्राय बढि जसो नेपाली र केहिको संख्यामा भियतनामीहरु पनि पर्ने गर्दछन । त्यसैले यहाँ बस्न , खान , हिड्न , बोल्न लगायत यहाँकै परिवेशनुसार चल्न जरुरी छ त्यसको लागी नेपालबाटै सबै कुराहरु सोचेर र जानेर मात्र यस ठाँउमा आउनुहोस ।

कस्तो मनस्थिति लिएर जापान आउने ?

नेपाल एक गरीब राष्ट्र हो । साथै देशको अर्थतन्त्र र राजनितिमा उपलब्धि नहुनाले पनि दैनिक बेरोजगारीको संख्या नेपालमा ह्वात्तै बढेको हो । यसरी दैनिक बेरोजगारी बढेपछि नेपालीहरु थोरै पैसाको लागी भएपनि खाडी मुलुक लगायत अन्य देशहरुमा अनेक बहाना बनाई बिदेश उड्ने गर्दछन् । उज्जवल भविष्यको कल्पना सँगै साहुको भारी ऋण लिएर भएपनि धनि र विकसित साथै आम्दानी पनि धेरै हुने ठाँउमा जान जो कोहि पनि आँत्तुर हुन्छन । यसरी कहिले त्यो देशमा पुगौला अनि पैसा कमाएर भविष्य सुखी बनाँउला भन्नेहरुको अहिलेको प्रमुख गन्तव्यको रुपमा जापान रहेको छ । तर जापान भित्रको वास्ताविक कुराहरुलाई मनन नगरी आउनेहरुले भने ठुलो चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ । यस्ता चुनौतिपुर्ण दिनहरुले कसैलाई मृत्युको मुखमा समेत पुर्याईरहेको हामी देख्न सक्छौ ।

जापानमा कस्तो सोच लिएर आउनुपर्छ ?

हामी नेपालीहरु प्राय: बिद्यार्थी भिषा लिएर जापान आउछौ । तर जो कोहिले पनि जापान गएर भव्य धन कमाउने सपना नेपालमै देखिसकेको हुन्छ । प्रतिमहिना बिद्यार्थीहरुले ३ देखी साँढे ३ लाख सम्मको आम्दानी त गर्छ तर त्यसलाई बचाएर नेपाल पठाउनु धेरै गाह्रो पर्छ । त्यसैले नेपाल बाट यस्तो मनस्थिति लिएर जापान आउनुहुन अनुरोध गर्दछु । नेपाली दाजु भाईहरु जो कोहि जापान आँउदै हुनुहुन्छ भने , जापान गएर २ बर्ष सम्म नेपाल पैसा नपठाउने तर जापानीज भाषा कोर्स राम्रो सँग पढेर कम्तिमा N2 लेभलको परिक्षा पास गर्ने सोच राख्नुहोस । र त्यसपछि सेनमोन अर्थात ब्यबसायिक कोर्सको कक्षा सुचारु हुन्छ । सेनमोन गाक्कोउ सकिसकेपछि बल्ल जापानमा वर्किङ भिषामा अथवा राम्रो ठाँउमा काम गर्ने मौका पाउनेछ । यदि N2 पास गरेको सर्टिफिकेट छ भने र सेनमोन गाक्कोउमा पढेको , सिकेको कुराले तपाई जे बन्न र गर्नु खोज्नुभएको त्यो मिल्न जान्छ । यसरी सोचेर आउनुभयो भने तपाईहरुको जापानीज लाईफ बिस्तारै परिवर्तन हुँदै जान्छ । र पैसा कमाउने ढोकाहरु पनि खुल्ला हुन्छ । हामी नेपालीहरु अहिले सेनमोन गाक्कोउ पढ्दै नेपालबाट परिवार ल्याउने गर्छ र जापानअवधि भर सँधै बिद्यार्थी भएर पढ्नु पर्ने बाध्यता हुन्छ । हुन त यता आँएर पनि बिद्यार्थी भिषा र जस्को डिपेन्डेन्डको भिषालाई बिज़नेस भिषामा परिवर्तित गर्न नमिल्ने पनि होईन तर यो अलिकति झनझट र कम्तिमा ५० लाख बराबरको बैँक ब्यालेन्स देखाउनुपर्ने हुन्छ । बरु केहि बर्ष राम्रो सँग पढेर खाना , लाउन र पढ़ाई फि चाँहि काम गरेर तिर्छु तर नेपालमा तुरुन्तै पैसा नपठाएर मेहनत गरेर पढ्छु अनि त्यसपछि वर्किङ भिषामा चेन्ज गर्छु भन्ने तरिकाले सोचेर मात्र जापान आउनुहोस । र यो एउटा पनि भन्न चाहान्छु कि साहुको ऋणको चर्को भारी ब्याज लिएर , साथीभाईको लहैलहैमा , कन्सलटेन्सीहरुको गफ सुनेर कदापि नआउनुहोला । नेपालका सबै जापान पठाउने कन्सलटेन्सीहरु राम्रो छैन।राम्रो र भरपर्दो कन्सलट्यान्सी मार्फत आउनुस। पठाउछन टोकियोमा नै तर टोकियोको गाँउ क्षेत्रमा पठाउनाले यता आएपछि दुख आँफैले भोग्नु पर्ने भएकोले समयमै सचेत रहनुहोला ।

जापान आएपछि शुरुमा कस्ता - कस्ता कामहरु गर्नुपर्छ ?

कहिले र कुनबेला जापानको भिषा लाग्ला र टाप कसौ भन्नेहरुले जापान गएर कस्तो कामहरु गर्नुपर्नेहुन्छ भनेर सोचेको हुदैनन् । जापान विकसित मुलुक हो , काम पनि त त्यस्तै हुन्छ होला नी भनेर सोच्दैहुनुहुन्छ भने त्यसलाई एकपल्ट परिबर्तन गरिदिनुहोस । राष्ट्र धनि भएपनि जापानमा कामहरु भने प्राय: सबै गाह्रो नै हुने गर्छ । नेपालबाट शुरुमा आँउदा भाषा पनि त्यति नजान्ने र नबुझ्ने भएकोले शरीरिक श्रम लाग्ने कामहरु गर्नु पर्ने हुन्छ । यामातो कम्पनी ( खाईस्या ) , यो कुरियर कम्पनी हो । जापानका हरेक सामानहरु कुरियर र होम डेलिभरी गर्ने जापानकै एक र ठुलो कम्पनी हो । जहाँ धेरै वटा डिपार्टहरु हुन्छ । डिपार्ट-डिपार्ट अनुसार फरक फरक काम गर्नुपरे पनि यसमा काम गर्दा शरीरहरु पुर्ण रुपमा दुख्ने र शारीरिक पिडा हुने गर्छ । यसमा गर्हुँगो भारीहरु उचाल्नु पर्छ । जस्तै फलाम , गाडिको टायर र ठुला-ठुला भारीहरु उचाल्नु र तान्नुपर्छ । कुनै ठाँउमा चिसोले कठ्याँरिन्छ त कुनै ठाँउमा गर्मिले सताँउछ । त्यस्तै अरु कम्पनी हो,वाराबिया ! यो चाँही खानेकुराहरु बनाउने ठुलो कम्पनी हो । यसमा काम भने खासै गाह्रो हुदैन । खानाहरु प्याक गर्ने , बनाउने कामहरु हुन्छन । त्यस्तै अरु कम्पनी हो, ईनागेया समुन्द्री माछाहरुलाई यस कम्पनीमा ल्याई यहाँबाट पसलहरुमा डेलिभरी गर्ने कम्पनी हो । यसमा पनि गर्हुँगो सामानहरु उचाल्नुपर्ने हुन्छ । साथै यो कम्पनी एकदम चिसो हुन्छ । -५ डिग्री सम्मको तापक्रममा राखिएको हुन्छ कुनै सामानहरु , त्यस्ता ठाँउहरुमा काम गर्नुपर्ने हुन्छ । र शरीरहरु दुख्नुको साथै शरीर माछा गन्हाउने हुन्छ । र अन्य कामहरु भनेको होटलहरुमा बेडहरु मिलाउने जसलाई "बेड मेकिङ्ग " भनिन्छ । यो काम सजिलै हुन्छ । प्राय यो काम केटीहरुको लागी उपयुक्त हुन्छ । नेपालबाट शुरुमा आँउदा गर्नुपर्ने कामहरु यस्तै हुन्छ । शुरुमा भाषाको समस्या हुनाले ४/५ महिना पछि भाषा सिक्दै गएपछि आफुलाई पायक पर्ने र रोजाईको कामहरु भेटिने गर्छ ।

कति लाग्छ खर्च बिद्यार्थीलाई जापानमा प्रतिमहिना ?

विश्वका महँगो शहरहरु मध्येमा पर्ने एक जापानमा बिद्यार्थीहरुलाई एक महिनाको लागत खर्च १ देखी डेढ लाख सम्म लाग्ने गर्दछ । ट्रेन भाडा ७ हजार ( तेकी ) , कलेज फि ६० हजार , कोठा भाडा ४० हजार ( एक्लै बसेमा ) , मोबाईल चार्ज १० हजार , खाना खर्च २० हजार ( कोठाको लागी मात्र ) र पकेट खर्च २० हजार सहित कम्तिमा यति लाग्ने गर्दछ । यदि २ वटा सम्म नसुति काम गर्‍यो भने बढिमा साँढे २ लाख देखी ३ लाख सम्मको प्रतिमहिना आम्दानी हुन्छ । तर यसरी कमाएको पैसा सबै यता नै खर्च हुने भएकोले बचाएर नेपाल पठाउन भने अलि मुश्किल नै हुने गर्छ ।

टोकियो स्थित एक जापानीज भाषा स्कुलमा त्यहाँ पढाउने २/३ जना टिचरहरुको व्यवहार निकै असभ्य रहेको केहि नेपाली बिद्यार्थीहरुले गुनासो पोखेका छन । यसरी टिचरहरुको असभ्य व्यवहारले गर्दा कुनै बिद्यार्थीहरुले स्कुल नै त्याग्नु परेको बुझ्न आएको छ । यस्तो व्यवहारले पनि बिद्यार्थीको मानष्पटलमा गहिरो चोट पुग्ने गर्छ।त्यसैले नेपालबाट आउनु अगाडी आफु जान लागेको स्कुलको बारेमा बुझ्न पनि जरुरी छ । जापान त पठाँउछन तर कुन र कस्तो ठाँउमा पठाउन लागेको त्यो चाँहि नभनि दिनाले यहाँ आईसकेपछि समस्या पर्ने गर्छ । त्यसैले आउनु पुर्व आफु कुन स्कुलमा जाँदै छु ? कस्तो ठाँउमा छ त्यो स्कुल ? स्कुलको वातावरण कस्तो छ ? त्यो एरिया तिर काम पाउने संभावना कत्तिको छ ? यो कुराहरु बुझ्न पनि आवश्यक छ ।अनि, जापानी भाषामा जति पोख्त भयो त्यति नै राम्रो र सजिलै काम पाउने भएकोले नेपालमै भाषाको अध्ययन राम्रारी गरेर आएमा जापान आएपछि आफुलाई नै सजिलो हुन्छ।

अध्ययन भिषामा जापान आउनुस ।राम्रारी बुझेर,भाषा अध्ययन गरी भरपर्दो कन्सलट्यान्सीबाट आएमा शुरुमा केही गह्रो भए पनि बिस्तारै जापान बसाई अर्थपुर्ण हुनेमा दुईमत छैन।

 

प्रकाशित मिति: 2014-06-28 03:05:31
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing