फिचर/साहित्य

बितेको पल...


सतिश श्रेष्ठ / 2014-07-13 06:16:14


-सतिश श्रेष्ठ

अचानक झस्किए जस्तो भएको थियो मेरो मन ....टुलुटुलु हेरिरहु जस्तो लाग्थ्यो तिमीलाई , यी आँखाहरुले हजारौ साल देखि खोजिरहेको जस्तो । मनभरी आँशुहरु गुम्साएर आँखाबाट झर्न लागेको आँशुहरु थामेर हाँसेर वस तिमीलाई हेरिरहे .....मन थाम्न सकिन अनि सोधिहाले सन्चै छौ ? उसको जवाफ आउन मात्र के लागेको थियो पापी आँखा आँशु उपहार लिएर खोलिदियो ....धत ! सपना पो रहेछ ,आँशु पुछे । अनि .......आँखाका आँशुहरु पुछ्दै सोच्न थाले जुन मायाले मेरो जिवनको परिभाषा बुझ्न सकेन किन म आज त्यहि मायाको पछि अन्दाधुन्ध दौडिरहेको छु । 

जुन माया म अब चाहेर पनि पाउन सक्दिन किन त्यहि माया प्यारो भईरहेको छ ? तर जे होस माया त माया नै हो यति सजिलै कसरी भुल्न सकिएला र खै !! आत्था......" चुरोट पनि सकिएछ ।"पोल्दा पो बल्ल थाहा भो । एक्कासी टिङटिङ घण्टि बज्यो यसो हेरे कतै मोबाईलको अलर्म पो बज्यो की ? होईन रहेछ बाहिरबाट कसैले ढोकाको घण्टि बजाएको रहेछ । ढोका खोले ..साथी एक्कासी म माथी झर्किन थाल्यो -" तेरो काममा जाने बेला भएन ? म प्रतिको रिस हदसम्म पनि कन्ट्रोल भएको थिएन । एकछिन पछि ....अलि भाबुक हुँदै भन्न थाल्यो -" साथी यसरी जिवन चल्छ ? मैले उसैको अगाडी मुख त खोल्न सकिन तर मनमनै भन्दै थियो । " जब सम्म उसको यादहरु यो मनभित्र रहन्छ त्यहि दिन सम्म सम्झिरहनेछु साथी " अझै उ भुतभुताउदै थिए , म हतार हतार मुख धोएर काममा निस्किहाले....खै !! कुन प्रतिसोधको ज्वालामा म आफुले आफैलाई जलाँउदै छु मलाई पनि थाहा छैन । तर पलपल जलिरहेको छु कहिले तिम्रो झझल्कोमा जले , कहिले तिमीले दिएको कालो रात झै घातको अँध्यारोमा जले जे होस जल्न चाँहि म जलिरहेकै हुन्छु । साँच्चै साथीले भनेको कुरा पनि सोह्रैआना ठिक थियो -" कतिन्जेल जिवन यसरी चल्छ " अनि ...एकछिन बढाएका पाईलाहरु रोक्छु , आँफैले आफैलाई प्रश्न तेर्स्याउन पुग्छु तर , जवाफ सँधै उहि हुन्छ -" सक्दिन म उ बिना बाँच्न , सक्दिन म उ बिना हाँस्न " सोच्छु कहिलेकाँहि कस्तो माया लाउन पुगेछु , जस्ले साथ भन्दा याद मात्र दिलायो।जतिसुकै भुल्न खोजेपनि किन मैले उसलाई भुल्न सकिन ? पुरानो दिनहरुलाई म फेरी सम्झन पुग्छु । एकदिन ..अझै ताजै छ ति दिनहरु याद आँउछ । 

त्यो दिन-जुन दिन तिमीले मेरा यी भरोसा बिहिन काँधमा टाउको हालेर भरोसायुक्त बनाएर आफ्ना अनमोल आँशुहरु चुवाउदै भनेकी थिई -" म कसरी बाँच्न सक्छु तपाईबिना , तपाई यहाँ म सात समुन्द्रपारीको देशमा अहँ !! " हुन्न , म जान्न जापानसापन , हजुर सँगै बस्छु ।" सायद , त्यो दिन नजाउ भनेर बिदाईको हात नहल्लाएको भए उनी र म सँगै हुन्थ्यो होला । वस , दुख्छ मुटु जिवनका अविस्मरणीय वाक्यांसहरु मनभरी कल्पना बनेर जिन्दगीलाई डसिरहँदा यस्ता यस्तै कल्पनामा बग्दै थिए म .....एक्कासी गाडीको हर्न बजेको सुन्छु । ओहो।म त जेब्राक्रसिङमा रातो बत्ति बल्दै पो बाटो काट्दै रहेछु । खै , त्यो गाडीको ड्राईभरले के-के भन्दै जापानिज भाषा बाट कराए झै लागेको थियो । तर , त्यो गाली भन्दानि मलाई उनिकै सम्झनाको डुबाई प्यारो थियो । तैपनि मैले आफ्नो गल्तिलाई स्विकार्दै हतारहतारमा जापानिज भाषा बाट जानीनजानी すみません! ゴメンナサイ ( excuse me , I am sorry ) भन्दै त्यहाँ बाट हिडि हाले।

क्रमश......बांकी अर्को साता

प्रकाशित मिति: 2014-07-13 06:16:14
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing