मलेसियामा बसिरहेका नेपाली कामदारलाई स्वदेश फर्काउने
Admin / 2014-08-27 02:48:07
नेपाल ब्युरो– भदौ ११, काठमाडौ ।
सरकारले आगामी सातादेखि मलेसियामा बसिरहेका नेपालि कामदारलाई स्वदेश फर्काउने भएको छ ।
मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई सरकारले स्वदेश फर्काउने भएको हो ।
अवैधानिक रुपमा मलेसियामा काम गरिरहेकाहरु कुनै पनि बेला पक्राउ पर्न सक्ने हुँदा नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली ब्यवसायीको समन्वयमा स्वदेश फर्काउन लागेकोे छ ।
मलेसिया सरकराले ‘गैरकानूनी रुपमा बसेको’ भन्दै पक्राउ गरी जेल हालेका नेपालीलाई पनि चरणबद्ध रुपमा उद्धार गरिनेछ ।
मलेसियास्थित नेपाली राजदूत निरञ्जनमान बस्न्यातले अवैधानिक रुपमा रहेका नेपाली कामदारलाई स्वदेश र्फकने ‘यात्रा अनुमतिपत्र’ ट्राभल डकुमेन्ट बनाउँन हिजो सूचना जारी गरिएको जानकारी दिनुभयो । सूचनामा आगामी डिसेम्बर ३१ भित्र नेपाल फर्काउने प्रक्रिया सुरु गरिएकोले तत्काल दूतावासमा सम्पर्क गरी यात्रा अनुमतिपत्र बनाउँन आग्रह गरिएको छ ।
दूतावासले पहिलो चरणमा अगष्ट महिनाभरि दैनिक एक सयका दरले स्वदेश फर्काउने छ । दोस्रो चरणमा सेप्टेम्बर महिनापछि दैनिक तीनसयका दरले फर्काइने दूतावासले जनाएको छ ।
मलेसियाका विभिन्न जेलमा ८ सय ५० जना नेपाली कामदार बन्दी अवस्थामा रहेकोले तिनलाई उद्धार गरेर नेपाल पठाउँने पहल भइरहेको पनि राजदूत बस्न्यातले बताउनुभयो ।
प्रकाशित मिति: 2014-08-27 02:48:07
प्रतिक्रिया: