नागोया,जापान।
नेपाल तामाङ समाज च्युबु क्षेत्रीय समिती
नागोयाले मंगोलियन हर्टका गायक राजु लामालाई सम्मान गरेको छ। क्षेत्रीय समितीका अध्यक्ष
सुर्य बहादुर थिङ तामाङले सम्मान पत्र र खदा ओडेर सम्मान गरेको थियो भने उपाध्यक्ष
राजकुमार तामाङ र सचिब कर्म दोङले खदा ओडेर बधाई दिएका थिए। समितीका सल्लाहकार रेशम
तामाङले मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए।
सम्मानित गायक राजु लामाले परदेशमा पनि
यसरी आफ्नो समुदायले यसरी सम्मान गर्दा धेरै खुसी लागेको बताउदै यसले आफुलाई अगाडी
बढन प्रेरणा मिल्ने बताए । कार्यक्रम नागोयको चिकुसामा रहेको अन्नपूर्ण रेष्टुरेन्टमा
सम्पन्न भएको थियो।
गायक लामा नयां बर्षमा आयोजित
सांस्कृतिक कार्यक्रममा सहभागि हुन जापान आएका हुन।