प्रवास

कतारमा नेपाली मूलका मानवाधिकारकर्मी बेपत्ता

कामदारको अवस्था बुझेर फर्किदा सादा र बर्दि दुवै पोशाकमा प्रहरीले पछ्‍याएको
Admin / 2014-09-04 03:36:38


काठमाडौं: कतारमा रहेका कामदारहरुको  थप अनुसन्धान गर्न नेपालबाट कतार गएका नेपाली मूलका दुई मानअधिकारकर्मी कृष्ण उपाध्याय र उनका सहकर्मी फोटोग्राफर गुणदेव घिमिरे कतारमा बेपत्ता पारिएका छन्। नर्वेमा प्रधान कार्यालय रहेको मानवअधिकारवादी संस्था जीएनआरडीले आफ्ना कर्मचारीलाई कतार प्रहरीले हतोत्साही  गर्नुका साथै कतार छाड्न् भनेको थियो। तर  नेपाली मूलका बेलायती मानवअधिकारकर्मी उपाध्याय र घिमिरे अचानक बेपत्ता पारिएको समाचार बेलायती अनलाइन 'द इण्डीपेन्‍डेन्ट'ले प्रकाशित गरेको छ। उक्त समाचारका अनुसार मानअधिकारकर्मी कृष्ण र गुणदेव गत आइतवार दिउँसोदेखि कतारको राजधानी दोहामा बेपत्ता अवस्थामा रहेका छन्।

समाचारमा बताइए अनुसार कृष्ण र गुणदेव कामदारको अवस्था बुझेर फर्किइरहेको बवस्थामा सादा र बर्दि दुवै पोशासमा रहेका कतारी प्रहरीले उनीहररुलाई पछ्‍याइरहेकाले आफूहरु निकै असुक्षित महसुस गरिरहेको उनीहरु कार्यरत संस्थाका साथीहरुलाई म्‍यासेज पठाएका थिए।मानवअधिकारकर्मी कृष्ण उपाध्यायका एक जना साथीले पाएको म्‍यासेजलाई दाबी गर्दै समाचारमा भनिएको छ, 'गत आइतबार दिउँसोदेखि उनीहरु दुवै जना हाम्रो सम्पर्कमा छैनन्।

 उनीहरु बसेको ग्राण्ड हायात होटेलबाट आफ्नो बसाइको अन्तिम दिन एयरपोर्ट जाने क्रममा होटलबाट चेक आउट गरेपछि आफूहरु घेरामा परेकोले असुरक्षित महसुस गरि केहीबेर रिसेप्सन एरियामै बस्ने निधो गरेको बताइएको छ।

यसअघि गत शनिबार उपाध्यायले पठाएको म्यासेजमा आफूहरुलाई कतारी प्रहरीहरुले पछ्याइरहेको र उनीहरुले निकै नै दुःख दिने सम्भावना रहेको बताइएको समाचारमा जनाइएको छ।

मानवअधिकारकर्मीद्वय उपाध्याय र घिमिरे कतारस्थित नेपाली दूतावास र कुटनीतिज्ञको सहयोगमा कतारमा रहेका नेपाली कामदारहरु बस्ने ठाउँ र उनीहरुले गर्ने कामको प्रकृतिको अवस्था बारेमा नजिकबाट खोजबिनका साथ अन्तर्वाता लिने काममा लागेका थिए।

मानवअधिकारको क्षेत्रमा नेपालबाट नै कामको अनुभव संगालेका मानवअधिकारकर्मी ५२ वर्षीय कृष्ण उपाध्‍याय र उनीसँगै रहेका सहकर्मी फोटोग्राफर गत महिना मात्रै कामको शिलशिलामा लण्डनबाट नर्वे बसाई सरेका थिए। यी दुवै मानवअधिकारकर्मीहरुसँग बेलायती पासपोर्ट रहेको बताइरहदा बेलायती विदेश मन्त्रालयले भने उक्त रिपोर्टको जानकारी आफूसँगै रहेको र बेपत्ताको खोजी भईरहेको बताएको छ।

उनीहरु कार्यरत संस्था ग्‍लोबल नेटवर्क फर राइट्‍स् एण्ड डेभेलोपमेन्ट (जीएनआरडी)ले बेपत्ता बनाइएको सम्‍भावित घटनाप्रति गम्भीरता पुर्वक चासो देखाएको छ। जीएनआरडीले बेपत्ता पारिएका नेपाली मूलका दुई मानवअधिकारकर्मी कृष्ण र गुणदेवको सकुसल सुरक्षाको मागसहित रिहाइको माग गरेको छ।

कतारमा हुने सन् २०२२ को विश्‍वकप फुटबलको लागि बनाइदै गरेको निर्माणाधीन स्‍टेडियममा काम गर्न ल्‍याइएका नेपाली कामदारको दयनीय र दर्दनाक अवस्था अन्तराष्ट्रियस्तरमा सनसनीपूर्ण भइसकेपछि कतारले विश्‍वभर चर्को आलोचना खेपिरहेको छ।

कतारमा कार्यरत कामदारहरुले पाउने पारिश्रमिक, श्रम शोषण तथा पक्राउपछि भोग्‍ने चरम यातनाको बारेमा मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनल लगायतले पटक पटक चासो देखाउँदै आएका छन्। उक्त मानवअधिकारवादी संस्थाहरुले त्‍यहा कार्यरत कामदारलाई 'स्‍ट्यान्डर्ड प्राक्टिस' को अनुसरण गर्न र आधुनिक किसिमको तलबसुविधा दिन समेत कतार सरकारलाई आग्रह गर्दै आएका छन्। -(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: 2014-09-04 03:36:38
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing