अँग्रेजी नयाँ बर्ष २०१५ को आगमन सँगै जापानवासी नेपालीहरुलाई शुभकामना सहित यस बर्षलाई हर्सोल्लाष र संगीतमय बनाउन नेपालकै चर्चित ब्याण्ड मंगोलियन हर्ट का गायक राजु लामा जापान आउने भएको छ । नेपाली नयाँ बर्षमा जापानवासी नेपालीलाई मनोरन्जन प्रदान गरेका राजु लामाले अँग्रेजी नयाँ बर्षमा पनि जापानका मुख्य शहर ओसाका र नागोयाका नेपालीहरुलाई सांगितिक कोसेसी लिएर आउन लागेका हुन ।
नेपालमा क्यान्सर पिडितहरुको लागी उपचार स्वरुप सहयोग जुटाउन प्रदेशि क्रस कल्चर एसोशिएन ( पिसीसीए ) नागोयाको आयोजनामा डिसेम्बर २८ आईतबार ओसाका स्थित आवे कुमिनो हलमा र जनवरी ४ आईतबार नागोयाको नागोया दोममा हलमा दिउँसो ३ बजे बाट कार्यक्रम हुने कार्यक्रमका संयोजक सुरज मल्लले बताएका छन । कार्यक्रममा राजुलाई स्थानीय कलाकारहरुले साथ दिनेछ ।
जापानवासी नेपालीहरु बिच आपसी भेटघाट र नयाँ बर्षको शुभकामना आदान-प्रदान गर्न र क्यान्सर पिडितहरुको सहयोग स्वरुप उक्त कार्यक्रम गर्न लागीएको बताउदै सम्पूर्ण जापानवासी नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई उपस्थिति भई कार्यक्रमलाई भव्य र सफल पारिदिनु हुन पनि आयोजकले आग्रह गरेको छ। यसैगरी टिकट प्रतिव्यक्ति ४ हजार यन मुल्य तोकिए तापनि मुख्य प्रायोजक रहेका बेस्ट रेमिटले जापानमा अध्यनरत बिद्यार्थीहरुलाई लागी सस्तो र सुलभ दरमा टिकट बिक्री गर्ने भएको छ।