जापान समाचार

टोकियोमा भब्य ल्होछार कार्यक्रम सम्पन्न


Admin / 2015-01-26 01:24:51


टोकियो,जापान।

जापानमा रहेका तामाङ समुदायले आज टोकियोमा विविध साँगीतिक कार्यक्रमका साथ २८५१ औं सोनाम ल्होछार मनाएका छन। नेपाल तामाङ समाज जापान केन्द्रिय समितिको आयोजनामा भएको ल्होछार कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु लोक गायिका इन्दिरा गोले  र युवा गायक तथा संगीतकार बिशाल काल्तानको साँगीतिक प्रस्तुतीमा दर्शकहरु रमाएका थिए

जापानको चिसोचिसो मौसमलाई कलाकारहरुको आकर्षक साँगीतिक प्रस्तुतिले माहौल गर्मागर्मी बनाउनुका साथै उपस्थित दर्शकहरुलाई छमछमी नचाएको थियो

कार्यक्रममा लोकगायिका इन्दिराले फ्याफुल्ला तामाङ गीत, ए होई ज्यानै खायो तिम्रो मायाले, जोवान मेरो अल्लारे हाम्रो प्रीतिको हल्लाले लगायतका आफ्ना आधा दर्जन बढी चर्चित गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन। दर्शकहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा इन्दिराले आफु जापानमा नभई नेपालमा भएको भान भएको बताएकी थिईन। तामाङ युवायुवतीहरुलाई तामाङ सेलोमा नचाउदै गरेकी उनले ल्होसारको अवसरमा जापानबासी सम्पुर्ण नेपालीहरुमा समेत ल्होसारको शुभकामना व्यक्त गरेकी थिईन

त्यस्तै युवा गायक बिशालले पनि आधा दर्जन जति गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए। दर्शकबाट लगातार वान्समोरको माग आएपनि उनले समयको अभाव भन्दै मादलै बज्यो झ्याउरेको, ङा खाबा ह्यार्सी, गादे जेवा जामेकोद, मैनामैना लगायतका तामाङ भाषाका गीतहरु पनि गाएका थिए।

नागोयाबाट आएका कर्म दोङ तामाङ र स्थानिय कलाकारहरु सुर्य खड्का,पुर्ण सिं तामाङ,शितल योञ्जन, राजेन्द्र लामा,बिकास राई,आर के लामा लगायतले गीत प्रस्तुत गरेका थिए भने मालती लामा,लिला नापित,सम्झाना लामा,टासी लामा लगायतले नृत्य प्रस्तुत गरेका थिए।स्थानीय कलाकारहरु प्रस्तुतीले उपस्थित युवायुवती दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो

प्रमुख अतिथिका आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले सोनाम ल्होसारको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दै छिटो भन्दा छिटो एमआरपी राहदानी बनाउन जापानबासी नेपालीहरुलाई आग्रह गरे

औपचारिक कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष एवं समारोहका सभापति सुकुमान थिङ तामाङले ल्होसारको शुभकामना ब्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरेका थिए।

कार्यक्रम संयोजक सञ्जिव स्याङतानको स्वागत मन्तब्य रहेको सो ल्होसार कार्यक्रमलाई शिक्षा शान्ति वाईबा र कुमार मोक्तानले सञ्चालन गरेका थिए।

प्रकाशित मिति: 2015-01-26 01:24:51
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing