८ जुन,टोकियो, जापान।
हिजो सम्पन्न पांचौ एम्बेसी टोकियो अन्तराष्ट्रिय फुटसल
प्रतियोगितामा जापानमा रहेका नेपाली खेलाडीहरुको टोली नेपाल युनाईटेडले रसियाको टिमलाई
५-० गोल अन्तरले पराजित गरेको छ।भने कोरियन टोलीलाई १-० ले पराजित गरेको छ। नेपाली
टोलीले साउदी अरेबियासंग १-१ को बराबरी अनि आयोजक जापानी टोलीसंग गोलरहित बराबरी
खेलेको थियो।
नेपाल युनाईटेडको लागि नेपाली राष्ट्रिय टिमका
पुर्ब मिडफिल्डर बसन्त गौचन र सुरेन गुरुङले समान ३-३ गोल गरे भने संगित शाक्यले १
गोलको योगदान दिएका थिए।
यो प्रतियोगिता हरेक बर्ष आयोजना हुदै आएको
छ।नेपाली टोलीले यो बर्ष पहिलो पटक भाग लिएको हो।प्रतियोगितमा १४ मुलुकको टीमको
सहभागिता रहेको थियो। सहभागी टीमलाई २ समुहमा बिभाजन गरि लिग खेल खेलाएकोमा
नेपालले २ जित, २ बराबरी र ३ पराजित नतिजा निकाल्दै अंकको आधारमा छैटौं स्थानमा
रहन सफल भयो।
प्रतियोगितामा सहभागी नेपाली टोलीका खेलाडीहरुको
हौसला बढाउन जापानका लागि नेपाली राजदुत डा.मदन कुमार भट्टराई पनि प्रतियोगिता स्थल
ओदाईबाको कोईन कोईन फुटसल कोर्टमा पुगेका थिए।
जापानको आमिया टोलीलाई पराजित गर्दै पाराग्वेको
टोलीले उपाधि माथि कब्जा जमायो।
-संगित शाक्यको सहयोगमा।