बसले ठक्कर दिँदा एकको मृत्यु
Admin / 2014-06-11 05:54:05
नेपाल ब्युरो–जेठ २८,चितवन ।
बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट रौतहट जाँदै गरेको ना४ख ५२७ नम्बरको बसले आज बिहान चितवन रत्ननगरको टाँडीबाट नारायणगढ आउँदै गरेको ना१५प ४८७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
रत्ननगर–७ निप्पनी चोकनजिकै बिहान करिब २ बजेको समयमा सो दुर्घटना भएको हो ।
बस तीब्रगतिमा आएको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
मृतकको परीचय नखुलेको हुँदा पहिचानका लागि परिवारको खोजी भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-06-11 05:54:05
प्रतिक्रिया: