खेलकूद

हामी अर्जेन्टिनी हौं। त्यसमध्ये को खेल्नेछन् महत्वपूर्ण होइन-मेस्सि।


एजेन्सीहरु / 2014-06-21 03:45:42


बेलो होरिजोन्टे– प्रशिक्षक अलेजान्द्रो साबेलाले इरानविरुद्धको खेलमा आक्रमण रणनीति अपनाउनेमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आशावादी छन्।
आक्रमण शैली अपनाउँदी तीन स्ट्राइकरमध्ये आफू पनि रहनेमा उनले विश्वास लिएका छन्। इरानविरुद्धको खेलमा नेपोलीका स्ट्राइकर गोन्जालो हिगुइन पहिलो रोजाइमा पर्ने आशा गरिएको छ। इरानलाई हराउँदै नकआउट चरण पुग्ने लक्ष्यसहित अर्जेन्टिना उत्रनेछ। पहिलो खेलमा परिवर्तित भएका हिगुइनकै पासमा मेसीले बोस्निया हर्जगोविनाविरुद्ध निर्णायक गोल गरेका थिए। विश्वकपमा मेसीको त्यो दोस्रो गोल थियो। सर्जियो अगुइरो र हिगुइन अग्रपक्तिमा हुँदा आफूलाई झन बढी सहज लाग्ने मेसीले बताएका छन्। 
‘हामी अर्जेन्टिनी हौं। हामीले आफ्नो खेलमा केन्द्रित हुन आवश्यक छ। त्यसमध्ये को खेल्नछन् त्यति महत्वपूर्ण होइन,’ चार पटकका विश्व बर्ष खेलाडीले भने, ‘दुई फरवार्ड खेल्दा सजिलो हुन्छ। म उनीहरुको पछाडी हुनेछु। अनि काउन्टर अक्ट्याकका लागि सहज हुनेछ। हामीसँग काउन्टरमा जाने अरु पनि खेलाडी छन्।’
समूह ‘एफ’ मा पहिलो खेल जिताउने जिम्मेवारी मेसीको काँधमा बढी थियो। विश्वकपमा सधै फिका देखिदै आएका मेसीले आफूलाई प्रमाणित गर्ने अर्को अवसर पाएका छन्। पहिलो खेलमा उनले आफूमाथिको निर्भरतालाई न्याय पनि गरेका छन्। यद्दपी त्यो खेलमा उनले पहिलो हाफमा गरेको प्रदर्शन आलोचित भएको थियो। ‘पहिलो हाफमा हामीलाई बल होल्ड गर्न निकै कठिन भइरहेको थियो,’ उनले भने, ‘मैले धेरै पटक बल आफूमा पनि राख्न सकिन्। किनक म पछाडी बसेर खेलिरेको थिएँ। यद्दपी हामीले योजना मुताविकनै खेलेका थियौं। त्यसमा सफल पनि भयौं।’
हिगुइनसँगै म्याक्सी रोड्रिग्युजको ठाँउमा फर्नान्डो गागोलाई मिडफिल्डमा उतारेपछि बोस्नियाविरुद्ध अर्जेन्टिना हावी भएको थियो। 

इरानसँग खेल्दै जाभियर मास्केरानोले अर्जेन्टिनाका लागि १ सय खेल पु¥याउने छन्। अन्तर्राष्ट्रिय फुटबल सुरुआत गरेयता ठूलो सफलताका लागि उनी पनि आतुर छन्। 
‘मैदानमा धेरै प्रमाभ पार्ने खेलाडीमा म पर्दिन। तर टिमका लागि सतप्रतिसत दिने खेलाडीमा म पर्दछु। मेरो मुख्य काम त्यही हो। म त्यसैका लागि टोलीमा छु,’ मास्केरानोले भने। पहिलो खेलमा इरानले नाइजेरियालाई गोलरहित बराबरीमा रोक्दै अंक बटुलिसकेको छ। टोलीले अर्जेन्टिनाविरुद्ध त्यही प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछ। कमजोर तयारीका वावजुद इरानको प्रदर्शनबाट प्रशिक्षक कार्लोस क्विरेज सन्तुष्ट छन्। 
इरानका फरवगार्ड रेजा गोचानेजाद विश्वको उत्कृष्ट टोलविरुद्ध खेल्दा धेरै अपेक्षा गर्न नमिल्ने बताएका छन्। उनले अनुभव बटुल्न त्यो खेल महत्वपूर्ण हुने विश्वास लिएका छन्। ‘प्रशिक्षकको निर्देशन पालन गरेर खेल्छौं,’ उनले भने, ‘हामीसँग हार्ने केही छैन,’ उनले भने, ‘अर्जेन्टिाना दाबेदार मध्येको एक हो। हामी दाबेदार होइनौं। त्यसैले दबाव हामीमाथि होइन उनीहरु माथि छ। पहिलो खेलकै प्रदर्शनलाई निरन्तरताको प्रयास गर्नेछौं।’
शनिबार समूह ‘जी’ मा घानाविरुद्ध उत्रदा जर्मनी इतिहासबाट सचेत रहनेछ। समूह चरणको पहिलो खेल जित्दै आएको जर्मनी पटक पटक दोस्रो खेलमा रोकिएको छ। सन् १९९४, १९९८ र २००२ विश्वकपको दोस्रो खेलमा जर्मनी बराबरीमा रोकिएको थियो। जसले समूहको अन्तिम खेलमा टोलीलाई दबाव पर्नैछ। २००६ मा पोल्यान्डलाई पहिलो खेलमा हराएको जर्मनी अर्को खेलमा साइबेरियासँग स्तब्ध भएको थियो। यसपटक पोर्चुगललाई ४–० ले हराउँदै जर्मनीले दाबेदारी प्रस्तुत गरिसकेको छ। 
समूह ‘एफ’ को अर्को खेलमा नाइजेरिया र बोस्नियाले एकअर्काको सामना गर्दैछन्। नाइजेरियाले पहिलो खेलमा १ अंक जोडेको छ भने बोस्निया अर्जेन्टिनासँग पराजित भएको थियो।

प्रकाशित मिति: 2014-06-21 03:45:42
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing