नेपाल र भारतका सेनाको संयुक्त तालिम भोलिदेखि सुरु
Admin / 2014-08-17 08:59:16
नेपाल ब्युरो– भदौ १, काठमाडौ ।नेपाल र भारत सेनाको संयुक्त तालिम भोलिदेखि सुरु हुँदैछ ।
तालिम आतंककारी आक्रमणको प्रतिकार गर्ने तथा जंगलमा हुन सक्ने सम्भावित द्धन्द्धलाई नियन्त्रण गर्नका लागि हुने भएको हो ।
भोलिबाट सुरु हुने अभ्यासमा नेपाल र भारतका गरी ३ सय सेनाले भाग लिनेछन् । सूर्य किरन सातौ नाम दिइएको सो अभ्यास १८ अगस्तदेखी ३१ अगस्तसम्म हुनेछ ।
भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै सो अभ्यास ५ हजार देखी ६ हजार फिटसम्मको उचाईमा गरिने जानकारी दिएको छ । भारतको पिथोरागढ जिल्लामा हुने अभ्यासमा आतंककारी आक्रमणलाई प्रतिकार गर्ने तथा जंगलमा हुन सक्ने सम्भावित द्धन्दलाई नियन्त्रण गर्ने तालिम दिइने छ ।
यस्तै, अभ्यासका क्रममा रोग नियन्त्रण तथा उड्ययनका विभिन्न पक्षमा समेत तालिम दिइने बताइएको छ । भारतीय सेनाका प्रवक्ताले यो अभ्यासलाई दुई देशका सेनाबीचको सहकार्य मात्र नभई दुई देश बीचको एतिहासिक र सांस्कृतिक सहकार्य समेत भएको बताएका छन् ।
प्रकाशित मिति: 2014-08-17 08:59:16
प्रतिक्रिया: