‘कोहिनूर’ले सबै खालको रेकर्ड तोडदै
Admin / 2014-08-27 05:15:30
नेपाल ब्युरो– भदौ ११, काठमाडौ ।
आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कोहिनूर’ले अहिले नेपाली फिल्मले बनाएको सबै खालको रेकर्डलाई तोड्ने देखिएको छ ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्धारा निमिर्त तथा अभिनित चलचित्र ‘कोहिनूर’ ले फिल्म प्रदर्शनका भएकोे १७ दिनसम्म सबै फिल्मले कमाएको भन्दा पनि धेरै कमाएको छ ।
यस चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र उनकी पत्नी स्वेता खड्काको मुख्य भूमिका रहेको छ ।
नायक श्रीकृष्णको निधन भएको अघिल्लो दिन उक्त चलचित्र प्रदर्शन भएको हो ।
फिल्म प्रदर्शन भएदेखि ओइरिएका दर्शकहरु अझै घटेका छैनन् । अहिलेसम्म चलचित्र ‘कोहिनूर’ले करिब ७ करोडको व्यापार गरिसकेको छ ।
८० भन्दा बढि हलमा प्रदर्शन भइरहेको फिल्म कोहिनूरले अहिलेसम्म ६ करोड १९ लाख नेट कलेक्सन गरिसकेको वितरक सुनिल मानन्धरले बताए ।
अहिले नायक श्रीकृष्णलाई श्रद्धान्जली व्यक्त गर्न भनेर पनि दर्शकहरु फिल्म हेर्न जाने गरेका छन् । यति धेरै दर्शकहरु अहिलेसम्म कुनैपनि नेपाली फिल्म हेर्न नगएको साथै यति धेरै व्यापार नगरेको पनि उनले बताए ।
प्रकाशित मिति: 2014-08-27 05:15:30
प्रतिक्रिया: