विचार/ब्लग

नेपाल फेस्टिबलः हिबियाबाट योयोगी हुंदै उएनोसम्म

सुकुमान तामाङ


टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो भनि हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो। कार्यक्रमको तर्जूमा गरि पहिलो पटक टोकियोको राजदरबार नजिकको चियोदा वार्डको हिबिया पार्कमा नेपाल डे फेष्टिवल नाम बाट सन २००७ सेप्टेम्बर ६ र ७ तारिख गरि २ दिने महोत्सब गर्ने निर्णय गरियो।

फेष्टिवलले लिएको मुख्य उद्देश्यहरु :

- नेपालको चिनारी दिने संस्कृतिकबौद्दिकपर्यटन आदिका कार्यक्रम मार्फत धेरै भन्दा धेरै जापानीहरुलाई नेपाल बारे जानकारी दिने ।

- नेपालमा उत्पादन हुने हस्तकला तथा अन्य सामाग्रीको विक्रि तथा परिचय गराई नेपाल र नेपालीलाई टेवा पुर्याउने ।

- जापानमा बिभिन्न ठाउँमा बसोबास गरिरहनु भएका नेपालीहरु सबैको बर्षमा एक पटक भए पनि भेट गर्ने थलो बनाउने ।

 पहिलो पटक नेपाली संस्थाको तर्फबाट आयोजना स्थल लिनको लागि अनेक अप्ठेराहरु सामना गर्नु परेको थियो। संस्थाको पदाधिकारीहरुको प्रयासमा जापानी नागरिकहरुको पनि सहयोगले पार्क बुकिङ्ग गर्न सफल भयो । कसैले नचिनेको नयाँ कार्यक्रमको लागि प्रयोजक पाउन कठिन थियो । यस्तोमा पहिलो कार्यक्रम फलामको चिउरा चपाए जस्तै भयो।लगातार दिन रात नभनि आयोजक समितका थोरै व्यक्तिहरुको परिश्रम पश्चात शान्तिपुर्ण रुपमा पहिलो महोत्सव सफल  बनेर ईतिहास बनायो। यो सफलताका लागि संस्थाका तात्कालिन अध्यक्ष लगायत कार्यक्रम संयोजक भई लगातर ५ वर्ष सम्म नेपाल महोत्सवलाई नेतृत्व दिनु हुने संयोजकस्पोन्सर खोज्नेस्वयंसेवक खोज्ने तथा पहिलो प्रोग्राम भए पनि शुरु देखि सहयोग गरिदिने ट्रभल एजेन्सी तथा अन्य सबै सबै धन्यवादका पात्र हुन ।

वर्ष २००७ को सफलता पछि संस्थाले २००८ मा पनि पहिलो वर्ष झैं नेपाल डे फेष्टिवल २००८ को रुपमा कार्यक्रमको व्यवस्थापन गर्‍यो । एवं रितले पछिल्ला वर्ष २००९मा पनि महोत्सवको तयारी शुरु भयो । यस वर्ष अघिल्ला वर्ष भन्दा बढि सहभागी तथा कार्यक्रमको आकार ठूलो गर्नको लागि संस्थाले आयोजकको नाम संस्थाको नाम नराखि टोकियोमा दिनानु बढ्दै गरेको नेपाली तथा जापानी समुदायको सामाजिक संस्थाहरुलाई निमन्त्रणा गरि उपस्थित सबैको सहमतिमा नयाँ महोत्सव समिति गठन गरियो । समिति गठन गरि उचित व्यवस्थापन गर्नको लागि कामको बाँडफाँड सम्मिलित सबै संघ-संस्थालाई गरियो । तर दु:खको कुरा समिति गठनमा सहभागी त भयोकामकुरा गर्ने बेलामा सहभागी कम हुँदै गयो । अन्तत थोरै संस्थाहरुको ठूलो सहयोगमा सन २००९को महोत्सव पनि सफल पारियो । त्यसै वर्ष देखि महोत्सवको नामनेपाल डे फेष्टिवल बाट नेपाल फेष्टिवल मा परिणत भएको हो । त्यस बेला सहयोगी रहेका ति स-साना तर राम्रो उद्देश्य बोकेका संस्था तथा त्यसका पदाधिकारीहरु प्रति  यि पंक्तिकार धन्यवाद दिन चाहन्छ ।

यहाँ सम्म आईपुग्दा हिबिया पार्कमा प्रत्येक वर्ष गर्मीयाममा नेपाल चिनारी महोत्सव हुने कुरा एक-कान दुई-कान मैदान हुंदै नेपालीका साथै जापानीहरु माझ पनि चिनिन थलि सकेको थियो । जुन कार्यक्रम शुरु गर्दाको मुख्य उद्देश्यमा पर्दथ्यो । वर्ष २०१०यस वर्ष पनि अघिल्ला वर्ष झैं सबै संघ-संस्थाको सहभागितामा आयोजक समिति गठन भयो । महोत्सवको सफलता तथा प्रचारले गर्दा समितिमा सहभागी नाम दिने संस्थाहरु बढ्दै आयो । तर फेरी पनि काम गर्ने बेलाना भने संस्था र ब्यक्ति आौंलामा गन्न सकिने मात्र थियो । त्यस्तोमा महोत्सवको चिनारीले गर्दा विस्तारै नेपाली भन्दा बढि जापानीहरु कार्यक्रममा स्वयंसेवकको रुपमा भाग लिन उत्सुकता देखाउन थालेका थिए। जापानवासी नेपालीहरुका अभिभावक घर अर्थात नेपाली राजदुतावासबाट पाईने सहयोग तथा परामर्श पनि शुरुका वर्षहरु भन्दा राम्रो रुपमा हुँदै आयो । निबर्तमान नेपाली राजदूत महामहिम डा. गणेश योञ्जन तामाङको सकृयतामा पहिलो पटक नेपाल फेष्टिवलको उदघाटन समारोहमा नेपालका छिमेकी तथा मित्र राष्ट्रहरु सहित ८ मुलुकका राजदुतहरुले सामूहिक रुपमा रिबन काटि महोत्सब शुरु भयो । यो क्षण आज पनि त्यस मौकामा उपस्थित सबैका मानस्पटलमा ताजानै रहेको छ। यसका श्रेय तात्कालिन राजदुत तथा राजदुतावास परिवारलाई जान्छ ।

यसरी २०१० को महोत्सव पश्चात आयोजक समितिमा सहभागी तथा सहभागी नभएका धेरै नेपाली संघ-संस्थाहरुले आफैं पनि फेष्टिवल आयोजना गर्ने चाहना राख्न थाले । वैठकमा सहभागी मध्ये कतिले हिबिया पार्क भन्दा योयोगी पार्कमा गर्दा राम्रो हुने कुरा उठाउन थाले । यि कुराहरु हुँदै गर्दा महोत्सवको संस्थापन कार्यमा योगदान दिने तथा शुरु गर्ने सदस्यहरुले उद्देश्य भन्दा बाहिर जान लागेको देखेर दुखेसो पनि पोख्ने गर्दथ्यो । तर समय सबै भन्दा बलियो हुन्छ भने झैंसन २०११मा एक जापानी गैर सरकारी संस्थाले योयोगी पार्कमा नेपाल फेष्टिवल गर्ने चाँजोपाँजो मिलाई सकेको कुरा खबरमा आयो । र त्यसै बेला जापानबासी नेपालीहरुका छाता संगठनको रुपमा परिभाषित गर्दै एन आर एन जापानका तात्कालिन महासचिवको हस्ताक्षरमा नेपाल फेष्टिवल आयोजक समितिलाई एउटा पत्र प्राप्त भयो । पत्रको आसयनेपाल चिनाउने यस्तो खालको ठुलो कार्यक्रम छाता संगठनले गर्न पाउनु पर्दछ भन्ने थियो । तत-पश्चात तात्कालिन आयोजक समितिले हरेक वर्ष महोत्सव सम्पन्न भए पश्चात समिति भंग गरिने परिपाटी रहेको हुँदा एन आर एन जापानको मनासय तथा फेष्टिवलको ठुलो रुप पनि होस भन्ने आशा गरि नेपाल फेष्टिवल कार्यक्रम एन आर एन जापानले आयोजना गर्ने गरि जवाफ फर्काईयो । यता नेपाल फेष्टिवल महोत्सव नेपाली तथा जापानी माझ लोकप्रिय हुँदै गर्दा योयोगी पार्कमा पहिलो पल्ट सन २०११ मा जापानी आईएनजिओ आजीतोमो-५०को सहयोगमा एन आर एन जापानको आयोजनामा सम्पन्न भयो ।

यता हरेक वर्ष हिबिया पार्कमा कार्यक्रम हुने थाहा भएका जापानी तथा नेपालीहरुको बारम्बारको अनुरोध साथै यसै वर्ष मार्च ११ का दिन विध्वांसाकारी भुकम्प तत-पश्चातका चुनामीले गर्दा स्तब्ध रहेका जापानीहरुलाई थोरै भए पनि खुशी दिनको लागि संस्थापन संस्थाले आफ्नै आयोजनामा हिबिया पार्कमा कार्यक्रम आयोजना गर्ने तयारी थालियो । हिबियामा कार्यक्रम गर्नको मुख्य उद्देश्य नेपाल फेष्टिवल कार्यक्रम हिबियामा यहि वर्ष अन्तिम होतथा स्तब्ध रहेका समयलाई अलिकति मलमपट्टि होसर सहयोगी सबैलाई धन्यावाद दिने किसिमले कार्यक्रमको नाम हिमालयन फेयर नेपाल २०११ राखियो । हिबिया पार्कको हिमालयन फेस्टिबलमा सहभागी जापानी स्वयंसेवकको संख्या १०० जना नाघ्नुले महोत्सवको सफलता र लोकप्रियता दर्साउंछ । यसरी एउटा राम्रो उद्देश्य लिई सबैको मन छुने महोत्सब हिबिया पार्क बाट सदाको लागि समाप्त भयो । संस्थापन संस्था तथा सहयोगी अन्य संस्थाले एन आर एन जापानले अब उप्रन्त नेपाल फेष्टिवल सुचारू राख्ने विश्वासका साथ महोत्सव कार्यक्रम हस्तनतरण गरेको थियो ।

उता नयाँ आयोजक संस्थाले २०११ को योयोगी पार्कको कार्यक्रम पश्चात सन २०१२मा पनि योयोगी पार्कमा नै महोत्सव सम्पन्न गर्‍यो। २ वर्ष जसोतसो कार्यक्रम सञ्चालन पश्चात जुन उद्देश्य तथा लक्ष लिएर योयोगी लगेको थियोत्यो उद्देश्य तथा लक्ष परिवर्तित कार्यसमिति सँगै परिवर्तन भएको कुरा जापानबासी नेपालीले देख्ने अवसर सन २०१३ पाए। अझ बढि मजबुत तथा राम्रो बनाउने कारण देखाई हिबिया पार्क बाट लिएर गएको महोत्सव गर्ने जांगर एनआरएनले देखाएन।त्यो बर्ष वुमन कमिटीको नाममा योयोगी पार्क हुँदै आएको महोत्सब उएनो पार्कमा पुग्यो।उएनोसम्म पुग्दा यसले अर्कै रुप र बनवाट लिई सकेको थियो । जुन उद्देश्यले सन २००७ मा शुरु भएको थियो त्यो उद्देश्य सदाको लागि हराई सकेको थियो । यसरी सन २०११ बाट आजका मिति सम्म आईपुग्दा नेपाल फेष्टिवल गन्तव्य हराएको बटुवा झैं भएक छ । तैपनि पहिरनलवाईखवाई सबै परिवर्तन भएका ति वटुवालाई नाम र उमेर मिलाएर उहि नै राखेर आगढि हिडाउँदै गर्दा वटुवाको पुरानो मित्र मन थाम्न नसकि रोईरहेको अहिलेको अवस्था हो ।

नयां नेतृत्व आएसंगै यस बर्ष फेरि नेपाल फेस्टिबल गर्न एनआरएन,जापान जुटेको छ रे भनेर सुन्नमा आएको छ। मुलुकलाई चिनारी बनेको महोत्सव नेतृत्वको ईन्ट्रेस्टमा स्थगन हुने फेरि आयोजना हुने नहोस।  

सात वर्ष अघि जन्मेको बालकले पांचौ वर्षमा टेक्दा बालक सबैको प्यारोहिड्न सक्ने भएको थियो । हिडन र बोल्न सक्ने भएकोले ति बालकको हेरचाह अभिभावक बाहेकले पनि गर्न सक्ने भएकोले नै होला सन २०११ देखि नयाँ अभिभावकसंग छ । नयाँ अभिभावकलाई यस बालकको राम्रो हेरचाहको लागि अनुरोध सहित  प्रगतिको पथमा चलिरहोस भन्ने कामना । नेपाल महोत्सवको बारेमा सबैलाई वास्ताविक कुरा थाहा पाउन सहयोग पुगोस भन्ने ध्यय अनुरुप यो लेख लेखिएको छ । धन्यवाद ।

 [पंक्तिकार नेपाल फेष्टिवल संस्थापक आयोजक समितिका एक सदस्य हुन ।]

प्रकाशित मिति: 2014-09-07 03:30:04
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing