विचार/ब्लग

​भारतको छवि सुधार्ने मोदी योजना



सरोज काफ्ले-
यतिबेला सञ्चार माध्यम र सामाजिक सञ्जाल मोदीमय छन्। मोदीको वाकपटुताको निकै प्रशंसा भैरहेको छ। व्यवस्थापिका संसदलाई सम्बोधन गर्न जाने क्रममा उनले फिल्मी शैलीमा सर्वसाधारणसँग हात मिलाए। यसले वाकपटुतासँगै उनको राजनीतिक चेत र सर्वसाधारणको मन जित्ने कला पनि प्रस्तुत भयो।

हाम्रो व्यवस्थापिका संसदमा हालसम्मकै बढी ताली बजेको सायद मोदीकै सम्बोधनका क्रममा होला। नेपाल सार्वभौमसम्पन्न मुलुक हो भन्दा पनि हाम्रा सभासद्हरुले गढगढाहट ताली बजाए। उनले सभासद्हरुलाई पटकपटक ऋषिको संज्ञा दिए। भविष्य द्रष्टा बन्न पनि सुझाव दिए। अहिले संविधाननिर्माणका क्रममा हुन सक्ने सानातिना कमजोरी भविष्यका लागि विष वृक्ष हुनसक्छ भनेर सचेत पनि गराए।

मोदीले आफ्नो सम्बोधन मुख्यरुपमा तीन पक्षमा केन्द्रित गरे। पहिलो नेपाल–भारत सम्बन्ध, दोश्रो संविधान निर्माण र तेश्रो आर्थिक विकास। यी तीनपक्षमा उनको प्रस्तुति निकै सहज देखियो। विदेशी सरकार प्रमुखले ढाँचाकाँचा सहित काजगमा लेखिएको भाषण पढेनन्। त्यसैले उनको भाषण स्वीकार गर्न सहज भयो। यही शैलीका कारण टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरिरहेका मानिस पनि उनको भाषणमा रमाए।

आफ्नो भाषणलाई जनस्तरमा जोड्ने कोसिस गरेकै कारण उनको सम्बोधन सहज सुनियो, देखियो। पौराणिक कथा या आधुनिक विश्वको आवश्यकता, उनले सबैलाई यति सहज रुपमा व्याख्या गरिदिए कि भारतको विरोधमा आफ्नो राजनीतिक अस्तित्व देख्ने केही हाम्रा सभासद्समेत मन्त्रमुग्ध भए।

सहज अनुमान गर्न सकिन्छ, मोदी भारतमा मात्रै होइन, दक्षिण एसियाकै सशक्त नेताका रुपमा उदाउन खोजिरहेका छन्। भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिने कार्यक्रममा दक्षिण एसियाका सबै देशका सरकार प्रमुखलाई बोलाएर उनले यसलाई पुस्टि पनि गरे। नेपाल भ्रमण र व्यवस्थापिका संसदमा उनले गरेको भाषण पनि यो पक्षबाट धेरै टाढा छैन।

भारतीय नेताहरुलाई के प्रष्ट थाहा छ भने दक्षिण एसियामा भारत ठूल्दाइको रुपमा छ। सार्क मुलुकमै उसको छवी राम्रो छैन। नेपालमा ‘एन्टी इन्डियन सेन्टिमेन्ट’ अर्थात भारत विरोधी भावना निकै बलियो छ। यही मनोविज्ञानका आधारमा राजनीति चलेका उदाहरण छन्। सकीनसकी भारतविरुद्ध आन्दोलनको हुँकार हाम्रा नेताहरुले गरेकै हुन्। यसमा भारतीय पक्ष पनि कम जिम्मेवार छैन। भारतीय संयन्त्रको हस्तक्षेप र मिचाहा प्रवृत्ति हाम्रो स्तरले समेत देखेको छ। यस्ता हस्तक्षेपका विषयमा सरकारी कर्मचारीले अनौपचारिक रुपमा भनेका कुरा पनि हामीले सुनेकै हौँ।

हो, भारतका बारेमा रहेको यही नेपाली मनोविज्ञानलाई सकारात्मक बनाउन चाहन्छन मोदी। आफ्नै छिमेकीको मन जित्न नसक्दासम्म विश्वले हेर्ने दृष्टिकोणमा परिवर्तन हुदैन, महाशक्ति बन्न सकिँदैन भन्ने तथ्य मोदीले राम्रैसँग बुझेका छन्। संसदमा उनले गरेको भाषणले ‘भारत अब मिचाहा मुलुक होइन, बलियो सहयात्री हो’ भनेर आश्वस्त पार्न चाहेको छनक दियो। तर अहिलेसम्म पनि छिमेकीले भारतलाई मिचाहा कै रुपमा हेर्छन।

मोदीले नेपालीको अत्याधिक प्रशंसा गरे। नेपालीको बहादुरीबाट भारतपनि लाभान्वित भएको, नेपालको समस्या आफ्नो पनि समस्या भएको जस्ता कुरा गरेर उनले नेपालीको विश्वास जित्न खोजे। उनले प्रष्ट भाषामा भने- भारत नेपालसँग विद्युत किन्न चाहन्छ, सित्तैमा लिन होइन।

भारतीय लगानीमा बन्न लागेका आयोजनालाई शंकाको दृष्टिले हेरिन्छ। त्यसैले यस्ता योजनाका लागि सम्झौता गर्न शंका हटाउने उनको प्रयास थियो। आम नेपालीलाई भारत नेपालको राजनीतिक निर्णयहरुमा हस्तक्षेप गर्छ भन्ने विश्वास छ। यस अघिका अधिकांश राजनीतिक घटनामा यस्तो देखिएको पनि हो। त्यसैले शंका हटाउन मोदीले भाषणमा ‘हाम्रो काम हस्तक्षेप गर्ने होइन, नेपालीको निर्यणमा सघाउने हो’ पनि भने।

बुद्ध भारतमा जन्मिएका हुन भनेर केही भारतीयले भनेको कुरा नेपालमा निकै जोडतोडले उठ्छ। यसले नेपालको राष्ट्रियतामा भारतले हस्तक्षेप गर्न खोजेको हो भन्ने हाम्रो बुझाइ छ। यही विषयमा मोदीले बुद्ध नेपाल जन्मिएका हुन् भनेर पाँच पटक दोहोर्‍याए। राजा जनकको जन्मभूमि जनकपुर र बुद्धको जन्मभूमि लुम्बिनी जाने घोषणा समेत गरे। यसले आम मानिसमा भारतको मिचाहा प्रवृत्तिमा परिवर्तन आएको महसुस हुनेछ।

मोदीले नेपाल भ्रमणमा मात्रै यस्तो व्यवहार र भाषण गरेका हुन् भन्ने होइन। उनले पाकिस्तानी प्रधानमन्त्रीकी आमालाई साडी उपहार पठाएर छिमेकीसँगको सम्बन्ध सुदृढ गर्ने प्रयास प्रधानमन्त्री हुने बित्तिकैदेखि थालेका हुन्। उनले गरेको यो व्यवहारलाई भारतीय प्रशासनयन्त्रले कति साथ दिन्छ, सुधारको प्रयास भने यसमा निर्भर हुनेछ।

मनमोहन सिंह भारतमा १० वर्ष प्रधानमन्त्री भए। उनले एक पटक पनि नेपाल आउने प्रयास गरेनन्। यसले छिमेकीसँगको भारतीय राजनीतिक सम्बन्ध कमजोर र प्रशासनिक दृष्टिकोण हाबी भएको थियो। मोदीले यसमा परिवर्तन गर्न चाहेका हुन्।

मोदीले नेपाललाई पुरै विकसित बनाइदिने होइनन्, दुवै मुलुकले आपसी लाभमा काम गर्दा नेपाल पनि विकसित हुने हो। लाभ कसले बढी लिने भन्ने विषय निर्णयकर्ताको क्षमतामा भर पर्छ। हाम्रा नेता भारतीयको तुलनामा बढी सक्षम भए भनेमात्र स्वभाविक रुपमा लाभ नेपालले बढी पाउँछ। त्यसैले विषय भारतले यो दियो, यो दिएन भन्ने होइन बरु यो भ्रमणबाट मोदीले भारतीय राजनीतिज्ञको छवी सुधार्ने प्रयास गरेका हुन्। उनको वाकपटुताले यो काम झन् सहज भयो। 
पहिलोपोस्ट डटकमबाट साभार
प्रकाशित मिति: 2014-08-04 09:22:38
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing