नेपाल–भारतसीमा आजदेखि बन्द हुने
Admin / 2014-09-11 08:05:45
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
नेपाल भारतसीमा आजदेखि बन्द हुने भएको छ ।
सीमावर्ती भारत उत्तरप्रदेशमा हुन लागेको विधानसभा उपनिर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ५ बजेदेखि शनिबारसम्मका लागि सीमा बन्द हुने भएको हो ।
निर्वाचनको सुरक्षाका लागि सीमा बन्द गर्न लागिएको हो । सीमावर्ती बहराईच जिल्लाको वलाह विधानसभा क्षेत्रमा भाद्र २८ गते मतदान हुने भएको छ । निर्वाचन सम्पन्न नभएसम्म नेपाल–भारत सीमा बन्द गर्ने दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।
बस, टांगा, रिक्सा, साईकल र ढुवानीका साधनहरु ट्रक, ट्यांकर, ट्राली संचालन लगायत पैदल यात्रामा समेत रोक लगाइएको स्थानीय प्रशानसले जनाएको छ ।
प्रकाशित मिति: 2014-09-11 08:05:45
प्रतिक्रिया: