अनमोल फेरी आए ‘जेरी’ लिएर
Admin / 2014-09-12 04:56:09
नेपाल ब्युरो– भदौ २७, काठमाडौ ।
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको दोस्रो फिल्म ‘जेरी’ को प्रोमो र पोष्टर सार्वजनिक भएको छ ।
नायक अनमोल चलचित्र होष्टेलबाट पहिलो पटक नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उक्त चलचित्रलाई हेमाराज बिसीले निर्देशन गरेका थिए ।
फेरी पनि स्वयम हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘जेरी’ मा नायक अनमोलले अभिनय गरेका छन् । उक्त चलचित्रमा अनामोलसँगै अन्न शर्मा, अमुल्या शर्मा र अभिषेकमान शेरचनको मुख्य भुमिका रहेको छ ।
पछिल्लो समय रजतपटमा आएका मध्ये चचिर्त मानिने नायक अनमोललाई टिनएज युवतीहरुले धेरै रुचाउने गरेका छन् । साथै उक्त चलचित्रमा पनि टिनएजहरुकै प्रेमप्रसँगलाई देखाइएको छ ।
आउँदो कात्तिकमा प्रदर्शन गर्ने लक्ष्य राखिएको उक्त चलचित्रको टिजर हर्नेले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
अनमोल केसीको दास्रो फिल्म ‘जेरी’ फिल्मका पोष्टर तथा प्रोमो सार्वजनिक भएपछि उक्त फिल्मबारे टिका टिप्पणी सुरु भएको छ ।
प्रकाशित मिति: 2014-09-12 04:56:09
प्रतिक्रिया: