काठमाडौं । श्रीलंकामा सुरु भएको एएफसी प्रेसिडेन्ट कप फुटबलमा
नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबले विजयी सुरुवात गरेको छ ।समूह चरणको खेलमा मनाङले श्रीलंकाको लिग च्याम्पियन
श्रीलंकन एयर फोर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बोस्थित सुगथादासा रंगशालामा भएको खेलको ५ औ
मिनेटमा नै श्रीलंकन एयर फोर्सले अग्रता लिएको थियो । खेलको ३५ औ मिनेटमा मनाङका
लागि शिव श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
दुबै तर्फबाट गोल हुन नसकेपछि पहिलो हाफ बराबरी सकिएको
थियो। खेलको ६३औं मिनेटमा मनाङले पेनाल्टी पायो जसमा कप्तान अनिल गुरुङले सहज गोल
गरे। मनाङका खेलाडी डोडोजलाई एयरफोर्सका गोलरक्षकले पेनाल्टी एरियामा
लडाएपछि पेनाल्टी पाएको थियो।गुरुङको त्यो गोल नै निर्णायक भयो। मनाङले खेल २-१ ले
जित्यो।
मनाङले अब समूह चरणको अर्को खेलमा तुर्कमेनिस्तानको
एचटिटियू एफसीसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जितेमा मनाङले फाइनलमा स्थान
पक्का गर्नेछ ।