टोक्यो,जापान।
जेआर पुर्ब कम्पनिले
टोक्यो शहरलाई परिक्रमा गर्ने यामानोते लाईनको रेलमा ब्यापक परिबर्तन गरेर नयां
आउटलुक दिने भएको छ।११ डिब्बाको ट्रेनमा ८८ वटा सिट प्राथामिकता सिट बनाईनेछ। यो
हालको भन्दा २८ सिटले धेरै हो।साथै बेबि स्ट्रालर र ह्वील चेयरको लागि पनि
प्रथामिकता सिट छुट्याईनेछ।
रेलमा रहेको हालको
कागजी बिज्ञापनलाई हटाएर डिजिटल बोर्ड राखिनेछ। जेआर पुर्बका अध्यक्ष तेचिरो
तोमातोले नयां रेल अर्को पुस्ताको लागि आधुनिक यात्रुबाहक रेल हुने बिश्वास गरेको
बताएका छन। परिबर्तन २०१५ को शरद ऋतुसम्ममा गरिने आसाही टेलीभिजनको कार्यक्रममा
बताईएको थियो।
यामानोते लाईन
टोक्योबासीहरुले अधिक प्रयोग गर्ने यातायात हो। यो लाईनमा ३० वटा स्टेशन रहेको छ।घडीको सुई अनुसार र सुईको बिपरित दिशामा यो रेलहरुले टोक्यो महानगरको निरन्तर परिक्रमा गरी यात्रुहरुलाई सेवा प्रदान गर्दछ।