विचार/ब्लग

नेपाली कृषि बजार र कृषकका चुनौतीहरु

-फुर्बा शेर्पा


-फुर्बा शेर्पा

कृषिप्रधान देश नेपाल,जहां ८३प्रतिशत जनता कृषि पेशामा निर्भर रहेका छन। जैबिक बिबिधता बिषम हावापानी अनि परिबेश अनुसार बिभिन्न किसिमका बालीनालीहरु लगाउने गर्दछन। कृषि नै मुख्य पेशा भएकोले अधिकांस नेपालीहरुले कृषिलाई नै मुख्य आयश्रोतका रुपमा अंगाल्दै आएका छन।अग्ला अग्ला हिमश्रृखलाहरु,तालतलैया, खोलानाला,बनजंगल र प्रशस्त मात्रामा भुमि भएकोले कृषि पेशाका लागि प्राकृतिक रुपमा अनुकुल भएको छ।परंपरागत ढंगबाट होस या आधुनिक प्रबिधिको प्रयोगबाट नेपाली कृषकहरुले यो पेशाबाट घरपरिवार चलाउने देखि लिएर अन्य ब्यापार ब्यबसाय गर्न समेत सक्षम भएका छन। औधोगिक बिकास चुस्तगतिमा नभएकोले बिशेषगरी ग्रामीण क्षेत्रमा यो पेशा अंगाल्नुको बिकल्प छैन।हालसम्म स्थापना भएका सिमित उधोगहरुमा गरिब जनताको पहुंच पुग्न सकेको छैन।

कृषकहरुले लामो समयदेखि बिभिन्न समस्या तथा चुनौतीहरुको सामना गर्दे आईरहेका छन।आधुनिक कृषि प्रबिधि र ज्ञानको अभावका कारण कृषकहरुले अपक्षेति उपलब्धि र लाभ लिन सकेको छैन।भित्रिएका आधुनिक कृषि प्रबिधिहरु शहरन्मुख छन। एकातिर आधुनिक प्रबिधिको अभावमा कृषि उत्पादन खस्कदै गएको छ भने कृषकहरुको उत्पादन घण्टौको बाटोमा हिंडेर बजारसम्म बिक्रीको लैजानु पर्ने बाध्ता छ।धेरै टाढाको बजारसम्म पुग्दा धेरै बस्तुहरु कुहिने, बिग्रने, नष्ट हुने भएकोले ठुलो जोखिम उठाउनु परेको छ।

सरकारी, गैह्रसरकारी संस्थाहरुले ल्याएका कार्यक्रम, आयोजना, परियोजनाहरु लक्षित बर्गसम्म पुग्न सकेको छैन।सरकारी बजेट कृषिलाई प्राथामिकता दिने भनिएको हुन्छ तर ग्रामिण क्षेत्रका कृषकहरुले ति योजनाहरुबाट प्रत्यक्ष लाभ लिन सकेको छैन। सरकारी, गैह्रसरकारी संस्थाके गर्ने तालिम,सेमिनार, गोष्ठीहरु कर्मचारीहरुलाई पायक पर्ने ठाउंमा आयोजना हुने गर्दछ। तालिमको महत्व र औचित्यबारे थाहा नहुंदा कृषि क्षेत्रमा संभवनाका बावजुत अपेक्षित सुधार हुन सकेको छैन।


पछिल्लो समयमा संचार माध्यममा उच्चबिषादीको प्रयोगले उपभोक्ता प्रभावित भएको समाचारले सबैलाई चिन्तित बनाएको छ।बिषादीको प्रयोग गर्दैमा असर पुग्ने होईन सहि प्रयोग नहुंदा यो समस्या सृजना भएको हो।बिषादीको प्रयोगपछि त्यो बस्तु उपभोग गर्न केही समय पर्खनु पर्ने हुन्छ।तर तत्काल उपभोग गर्दा स्वस्थमा गम्भिर असर पुग्ने कृषि बिशेषज्ञहरु बताउछन।बिकसित देशहरु जापानमा प्रतिहेक्टर १२ किलो बिषादी प्रयोग हुन्छ भने कोरियामा १६ किलो, ईटालीमा १४ किलो बिषादी प्रयोग हुन्छ।ति देशका नागरिकहरुले संयमताका साथ उपभोग गर्ने भएकोले गम्भिर समस्या उत्पन्न हुन पाउदैन। नेपालमा केही महिना अघि परिक्षण गरिएको बिषादी मापन यन्त्रले ८० प्रतिशत भन्दा बढी तरकारी बिषादी मुक्त रहेको तर अनुचित प्रयोग बढी भएकोले उपभोक्ताको स्वस्थ्यमा असर पुगेको देखाएको थियो।

केही मुनाफाको लोभमा कृषकहरुले आबश्यक भन्दा बढी बिषादी प्रयोग गरी प्रशस्त उब्जाएर बिक्री गर्दा यस्तो जटिल समस्या देखिएको हो।तरकारीमा प्रयोग गरिएको बिषादी खानेपानीमा मिसिएमा बातावरण पर्दुषण हुनुका साथै बिकराल रोग तथा महामारी फैलिने संभावना पनि बढी हुन्छ।अस्तित्वमा रहेका सरकारी तथा गैह्रसरकारी संस्थाहरुले कृषकहरुलाई उचित तालिम र बिषादीको प्रयोगको बारेमा सहि जानकारी दिन सकेमा नेपाली कृषकहरुको उन्नति हुनेमा दुईमत छैन।

योकोहामा,जापान

  

प्रकाशित मिति: 2014-07-23 22:00:26
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing