टोकियो – नेपाल जापान युथ क्लवले मुटुरोगले पीडित विद्यार्थी टिकाबहादुर रानालाई
आर्थिक सहयोग प्रदान गरेको छ ।
क्लवले आयोजना गरेको ‘चौथो नेपाल फेडेरेशन रनिङ कप फुटवल’ को च्यारिटी
म्याचमा उठेको रकम ६ मान (साठी हजार) येन पीडित रानालाई अक्टोवर १२ तारिखका दिन ‘द पोखरा नाईट’ का अवसरमा क्लवका अध्यक्ष तासी लामाले हस्तान्तरण
गरेका हुन् ।
गोर्खा जिल्ला घर भई हाल जापानको भाषा स्कुलमा
अध्ययन गरिरहेका २३ वर्षिय विद्यार्थी टिकाबहादुर राना लामो समयदेखि मुटुको भल्ब बन्द
भई केइयो विश्वविद्यालय अस्पतालमा उपचार गराईरहेका छन् ।
सहयोग रकम बुझ्दै विद्यार्थी रानाले आर्थिक
तथा नैतिक सहयोग प्रदान गरी आफुलाई राहत दिलाउने नेपाल जापान युथ क्लबलाई हार्दिक धन्यबाद
ब्यक्त गरे । सो अवसरमा रानाले आफ़्नो स्वास्थ्य पहिलाको भन्दा राम्रो र सुधार हुने क्रममा रहेको जानकारी दिए ।
नेपाल जापान युथ क्लवले विभिन्न समयमा खेलकूद
तथा साँस्कृतिक कार्यक्रम गरी संकलन भएको रकमबाट विभिन्न परोपकारी एवं राहत कार्यहरु
गर्दै आईरहेको छ । केहि समय अगाडि मात्र रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।