कुराकानी

मेरो बिहे ठुलो तरिकाले भएको होईन। - राजु लामा

अभिनाश तामाङ


नेपाली संगीतप्रेमीहरुको मन र मुटुमा बास गर्न सफल मंगोलियन हर्ट ब्याण्डका गायक राजु लामा नयां बर्षको सांगितिक कार्यक्रमको लागि जापानमा आइपुगेका छन।उनको ब्याण्ड,सांगितिक जीवन,ब्यक्तिगत जीवनको बारेमा मितेरीजापान डट कमका प्रतिनिधि अभिनास तामाङले छोटो कुराकानी गरेका थिए।सोही कुराकानीको सम्पादित अंश।

आरामै हुनुहुन्छ ?

अँ , ठिकै छु ..( हा हा हा )

दिनहरु कसरी बिताउदै हुनुहुन्छ ?

दिनहरु normally बित्दै छ , त्यहि अहिले चाँहि साँगितिक कार्यक्रमको दौरानमा व्यस्त छु ।

यो संग जापानमा साँगीतिक यात्रा कति पटक आउनुभयो?

यो संग लगभग छ / सात चोटि आए ।

मेमोरियल चाँहि ?

म १४ बर्ष अघि जापान आएको थियो त्यति बेला देखी अहिले सम्म प्रायः सबै मेमोरियल नै छ । सबै भन्दा मेमोरियल चाँहि २०१४ अप्रिलमा भएको गोल्डेन विकमा गरेको कन्सर्ट थियो । त्यो चाँहि one of the memorial concert .. किनकी धेरै मान्छेहरुको सहभागिता थियो ।

अहिले सम्म साँगीतिक कार्यक्रमका लागी कति वटा देशमा पुग्नुभयो ?

त्यस्तै पचास / साठ्ठी वटा जति देशमा पुगीसक्यो । एसियाको प्रायः देशहरु लगायत यूरोपको अलमोष्ट सबै देशहरुमा पुगिसकेको छु ।

फेरी फर्केर त्यस ठाँउमा जाने ईच्छा चाँहि ?

भेनिस, भेनिस चाँहि फेरी जाने रहर छ । रोम पनि रोमान्टिक सिटी हो । तर, भेनिस चाँहि धेरै पटक गएपनि सायद म थाक्दिन होला

तपाईलाई त मंगोलियन हर्टका राजु लामा भनेर चिन्नुहुन्छ तर कार्यक्रमहरुमा प्रायः तपाईको ब्याण्ड साथमा हुदैन । ब्याण्डलाई कसरी चलाउनुहुन्छ? गाह्रो छैन र ?

ब्याण्डलाई म्यानेज गर्न अफकोर्स गाह्रो नै छ।यसमा पहिलो कुरा बजेटको आँउछ। ब्याण्डको सम्पूर्ण टिमलाई ल्याउन पनि गाह्रो नै हुन्छ।त्यसैले सम्भव भएको ठाँउमा चाहि हामी सबै जान्छौ ।

ब्याण्ड संग कति ठाँउमा टुर गर्नुभयो ?

केही समय पछि मलेशियामा हुने कार्यक्रम ब्याण्ड सँगै छ ।गत बर्ष अष्ट्रेलिया गर्‍यौ त्यस्तै नेपालको विभिन्न ठाँउहरु लगायत भारतमा पनि ब्याण्डले टुर गरिसकेको छ ।

अमेरिकामा के गर्नुहुन्छ ? व्यवसाय गर्नुहुन्छ कि ?

अमेरीकामा पनि म फुल संगित मै हुन्छु ।

जापानको कार्यक्रम पश्चात नेपाल जानुहुन्छ,नेपालको कति ठाँउमा छ यसपाली मंगोलियन हर्टको कन्सर्ट ?

वेभ टुर भयो भने बुटवल ,नारायणघाट , पोखरा , काठ्माण्डौ हुने कुरा छ । तर पनि वेभ टुर भएन भने काठ्माण्डौमै चार/पाँच ठाँउमा कन्सर्ट हुन्छ ।

नेपाल गएपछि त मंगोलियन हर्ट प्रेमीहरुले नयाँ एल्बमको प्रतिक्षा गर्लान नी ?

नेपाल गएपछि धेरै व्यस्त हुन्छु । जति बस्यो त्यति नै कार्यक्रमहरु हुन्छ तैपनि यसपाली फेरी एउटा नयाँ गीत रेकडिङ गर्ने बिचारमा छु , हेरौ।  

अलिकति पुरानो प्रसंग, तपाई कार्यक्रमको शिलसिलामा अमेरीका जानुभयो , त्यतै केहि बर्ष हराउनुभयो फेरी यो क्षेत्रमा फर्किदा गार्हो भएन ?

यो धेरै पहिलाको कुरा हो ।ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।" हल्ला चलेछ " गीत रेकडिङ गरे फेरी पनि सबैले मन पराईदिनुभयो खुसी लाग्यो र यसलाई निरन्तरता दिन थाले ।


शुभचिन्तकहरुले राजु लामा त कहिल्यै बुढो हुदैन भन्छन नी , उमेर बताईदिनसक्नुहुन्छ ?

म १९७८ हो , अब  तपाईहरु आफै नै हिसाब गर्नुहोस ।

संगीत क्षेत्रमा आउन जति सजिलो छ तर यसमा ईस्ट्याब्लिस्ट हुन गाह्रो छ । मंगोलियन हर्ट लाई अथवा तपाई आज यस स्थान सम्म आँउदाको केहि त्यस्तो पलहरुलाई सुनाउनसक्नुहुन्छ की  ?

दुख अवश्य गर्नुपर्छ र  गरेको पनि छु । लगभग संगीत क्षेत्रमा २० बर्ष बिताईसकेको छु , हामीले कुनैपनि काम अथवा ठाँउमा मेहनत गर्‍यो भने फलहरु ढिलो पाएपनि त्यसमा क्वालिटी हुन्छ जस्तो लाग्छ । सायद पहिला मेहनत गरेको फलहरु आज पाँउदै छु जस्तो लाग्छ।

बिहे गर्नुभयो तैपनि कति लाई थाहा छैन , गत साल छोरी सँगै खिचेका फोटो सामाजिक संजाल मार्फत राख्नुभयो तर , तपाईको श्रीमतीलाई त चिनाउनुभएको छैन नी अझै , किन ?

मेरो बिहे ठुलो तरिकाले भएको होईन । र, मेरो मिसेज चाँहि एकदमै लो प्रोफाईलमा बस्न रुचाउछिन, त्यस्तो खासै ठुलो कुरा होईन।

जिवनलाई कुन ढँगबाट अर्थ्याउनुहुन्छ ?

लाईफ ईज ब्युटीफुल , यसलाई भगवानको उपहार सम्झिन्छु र यो यत्तिकैमा सुन्दर छ । जिवन हार जित , दुख-सुख , आँशु र हाँसोहरुको संगम हो ।

प्रायः तपाई साँगितिक कार्यक्रमहरुमा अरुण थापाको गीत छुट्टाउनुहुन्न नी , किन ?

उहाँ मेरो मनपर्ने आर्टिस्ट हो ।  मैले उहाँहरुबाट प्रेरणा र अघि बढ्ने हौसलाहरु पाएको छु । उहाँ संग नजिक पनि थियो र कार्यक्रम तिर पनि  स्टेजहरु सेयर गर्नुहुन्थ्यो । त्यसैले ...!

नागोयामा त जनवरी ४ मा हुँदैछ ओसाकामा कस्तो भयो ?

ओसाकामा एकदम रमाईलो भयो । सबै जनाले शुरु देखि अन्तिम सम्म साथ दिनुभयो । कार्यक्रमको सम्पूर्ण पक्षहरु पनि राम्रो थियो त्यसैले राम्रै भयो । अब आउने जनवरी ४ मा पनि नागोयामा मेरो कन्सर्ट हुँदैछ, आशा छ यसमा पनि सबै मेरा अडियन्सहरुले साथ दिनुहुन्छ ,त्यसैले सम्पूर्ण नागोयाबासी लगायत नागोया नजिक तिर बस्नुहुने सम्पूर्ण नेपालीहरुलाई आईदिनु हुन अनुरोध गर्दछु ।

अन्तमा जापानवासी मंगोलियन हर्ट प्रेमीहरुलाई के भन्न चाहानुहुन्छ ?

अन्तमा सम्पूर्ण जापानवासी नेपाली दाजु-भाई तथा दिदि बहिनीहरुलाई फेरी पनि अँग्रेजी नयाँ बर्ष २०१५ को शुभकामना दिन चाहन्छु । यहाँहरुकै माया ले गर्दा मंगोलियन हर्ट अहिले यो ठाँउ सम्म आईपुगेको छ । यहाँहरुको माया , साथ र  हाम्रो सम्बन्ध सँधैभरी रहिरहोस र  सँधैभरी साथ दिनुहुन्छ भन्ने आशा राख्दछु । हामी नयाँ नयाँ creation लिएर तपाईहरु सामु आउनेछु माया गरिदिनुहोला । धन्यवाद !

प्रकाशित मिति: 2015-01-03 22:54:37
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing