कला-मनोरन्जन

प्रकाशित मिति:- 2014-08-20 05:29:01
नेपाल ब्युरो– भदौ ४, मुम्बई । कलाकारलाई चर्चा कमाउन धेरै ठुलो काम गरिरहनुपर्दैन । बलिउडकर्मीले सामान्य काम गरेर पनि चर्चा कमाउने कलाकारलाई सुखीको दर्जामा राख्छन ।
प्रकाशित मिति:- 2014-08-20 02:37:01
नेपाल ब्युरो– भदौ ४, काठमाडौ । निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेको चलचित्र ‘वान साइड लभ’असोजको पहिलो हप्ता प्रदर्शन हुने भएको छ । उक्त चलचित्रमा सविना कार्की , विनिता घिमिरे , राजकुमार सोनाम, कपिल खत्री ,सुसिल पोखरेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । ]
प्रकाशित मिति:- 2014-08-19 02:29:02
नेपाल ब्युरो– भदौ ३ , काठमाडौं । यहि आाउने शुक्रबारबाट प्रदर्शन हुने भनेको चलचित्र ‘सम्बोधन’ को मिती सरेको छ । अहिले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित तथा निर्मित चलचित्र कोहिनुरले एकदमै आक्रमक व्यापार गरिरहेको हुनाले अरु चलचित्रहरुको प्रदर्शन मिती पनि सरेको छ ।
प्रकाशित मिति:- 2014-08-18 08:30:10
नेपाल ब्युरो– भदौ २,एजेन्सी । भारतीय चर्चित टेलिभिजन जीटीभीमा आउने एक रियलिटी शो सिने स्टारकी खोजमा कसैले पनि विश्वास गर्न नसक्ने एउटा घटना घटेको छ । उक्त शो को एक प्रतियोगितामा भाग लिएकी एक युवतीले अभिनेता इमरान हाशमीको गालामा विश्वास नलाग्ने गरी थप्पड हानेकी छिन् ।
प्रकाशित मिति:- 2014-08-18 04:52:05
नेपाल ब्युरो– भदौ २, काठमाडौँ । ‘तेस्रो ईन्डियन आइडियल’बनेका प्रशान्त तामाङ अहिले आफुद्धारा अभिनित उनको नयाँ चलचित्र ‘निशानी’को प्रचारमा व्यस्त देखिएका छन् । उनी गाएक मात्र नभई एक कुशल नायक पनि हुन् ।
प्रकाशित मिति:- 2014-08-16 03:44:56
बलिउड स्टार अजय देवगण अभिनित हिन्दी फिल्म सिघम रिटन्र्सले बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । फिल्मले रिलिजको पहिलो दिन उर्फ शुक्रबार करिब ३० करोड कलेक्सन गरेको बताइएको छ । जुन सलमान खानको पछिल्लो फिल्म किक को भन्दा पनि बढी हो ।किकले पहिलो दिनमा २६.४० करोडको उच्च कलेक्सन गरेको थियो ।
प्रकाशित मिति:- 2014-07-29 19:28:14
काठमाडौं, १३ साउन । अमेरिकाले महानायक राजेश हमालकी पत्नीलाई समेत भिसा दिन अस्वीकार गरेको छ ।श्रीमानसँगै अमेरिका जान लागेकी राजेश पत्नी मधुलाई हालै अमेरिकाले भिसा नदिएको हो । पत्नीका साथ अमेरिका जान लागेका राजेशले समेत अन्तिम समयमा भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-27 22:04:14
पत्रकारलाई अनावश्यक लाञ्छाना लगाएर फेसबुकमा स्टाट्स लेखेर विवादमा आएकी अभिनेत्री प्रियंका कार्की र चलचित्र पत्रकारबीचको विवाद टुंगिएको छ । पत्रकारिताको मर्यादा मै आँच आउने किसिमले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै चलचित्र पत्रकार जिवन पराजुलीले चलचित्र पत्रकार संघमा कार्कीलाई कारवाहीको माग गर्दै निवेदन दिएपछी यो विषय थप चर्चामा आएको थियो । यो ममिलामा पराजुलीलाई साथ दिँदै सम्पुर्ण चलचित्र पत्रकारहरुले कार्कीको जवाफ मागेका थिए ।
प्रकाशित मिति:- 2014-07-26 08:25:48
हिन्दुनारीहरुको महान पर्ब तिजको पूर्व सन्ध्यामा तीजका म्युजिक भिडियोले ब्यापकता पाउन थालेको छ । एक महिना पहिले देखि नै महिला कलाकारलाई तीजको रौनक चढी सकेको छ । यसो त पछिल्लो समयमा पुरुष कलाकारहरु पनि तीजका गीतका म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । गीत चर्चित बनाउनका लागि गायक गायिका र निर्माण कम्पनीले बिशेष गरी फिल्म क्षेत्रका चलेका अनुहारलाई तीजको गीतमा खेलाइने गरिन्छ ।
प्रकाशित मिति:- 2014-07-24 01:47:41
भारतीय टेलिभिजन ‘कलर्स’बाट प्रशारण हुने चर्चित रियालिटी शो ‘बिग बोस’को आठौं संस्करणका प्रस्तोता पनि बलिउड नायक सलमान खान नै हुने भएका छन् । चौंथो संस्करणदेखि ‘बिग बोस’ सञ्चालन गर्दै आईरहेका सलमानले यसअघि यसपटकको श्रृखंला सञ्चालन नगर्ने चर्चा बलिउडमा चलेको थियो।
प्रकाशित मिति:- 2014-07-23 09:53:10
अभिनेत्री प्रियंका कार्कीको भित्री बस्त्र देखिएको तस्बिर सार्बजनिक पछी जारी ताण्डब अन्तत:स्पस्टिकरण सम्म आइपुगेको छ । प्रियंकाले आफ्नो भित्रि बस्त्री देखिएको तस्बिर सार्बजनिक भए लगत्तै समग्र पत्रकार र पत्रकारिता जगत प्रति लान्छना लाग्ने किसिमले सामाजिक संजाल फेसबुकमा स्टाटसले धावा बोलेकी थिइन्
प्रकाशित मिति:- 2014-07-23 01:03:06
काठमाडौं– दुई वर्षअघिकै भ्यालेन्टाइन्ड डेमा रिलिज गर्ने भनिएको फिल्म ‘मेरो भ्यालेन्टाइन' आउँदो साउन १६ मा रिलिज हुने भएको छ। फिल्म ढिलो हुनुको कारण निर्माता सुशील श्रेष्ठले प्रष्टसँग खुलाउन चाहेनन्। ‘प्राविधिक कारण थुप्रै छन्, पुराना घाउलाई नकोट्याउँ अब,' श्रेष्ठले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अरुको कारण र मेरै कारणले पनि फिल्म ढिलो भएको हो।' फिल्म लभस्टोरीमा आधारित भएकोले कहिल्यै पनि पुरानो नहुने तर्क उनले दिए।
प्रकाशित मिति:- 2014-07-21 20:05:44
काठमाडौं– गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘नेपाली तारा'को तेस्रो संस्करण हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक नीलबाराही फिल्मसले आउँदो भदौदेखि अडिसन सुरु हुने जानकारी गरायो।
प्रकाशित मिति:- 2014-07-21 11:08:08
सन्देशमा सम्पर्कमा नरहनुप्रति सबैसँग माफि मागिएको छ । उनले लेखेकी छिन: ‘कामको प्रेरले गर्दा हामीले केहि आराम लिने निर्णय गर्यौ, जसअनुसार अचानक यात्राको योजना बनायौ । मेरो पति श्रीकृष्ण श्रेष्टलाई सुख्खा खोकीले अझै छोडेको छैन । डक्टरको उहाँलाई केहि आराम लिनको लागी सुझाव छ । हामी एक्स्ट्रेमलि सरी भन्छौ कि हामी अचानक यसरी ट्रिपमा गयौ । हामी छिट्टै तपाइहरुसँगै हुनेछौ ।’ उनले आफुहरु कहाँ छन भन्ने उल्लेख गरेका छैनन । साउन २३ बाट रिलिज हुने आफुहरुको फिल्म ‘कोहिनुर’ प्रमोशनमा सहयोग गरिरहेका सबैप्रति पनि उनले धन्यवाद दिएकी छिन । र उक्त मितिमा सबैले यो फिल्म हेर्ने पनि उनीहरुको अपेक्षा छ ।
प्रकाशित मिति:- 2014-07-20 08:16:18
नेपाल ब्युरो–साउन ४, एजेन्सी । विश्वकी चर्चित गायीका सेलेना गोमेजले एक अवार्ड कार्यक्रममा लगाएको पहिरनमा धेरैको ध्यान केन्द्रित भयो । सो अवार्ड कार्यक्रममा भाग लिन पुगेकी गोमेजले कालो वन पिस लगाएकी थिइन । उनले लगाएको वन पिस निकै नै आकर्षक थियो ।
प्रकाशित मिति:- 2014-07-17 19:18:20
‘रातो घाँघरा’, ‘उध्रेको चोली’ लगायत जस्ता चर्चित गीतका गायिका इन्दिरा जोशीले आफूलाई माया गर्ने र बुझ्ने ‘जीवनसाथी’को खोजीमा रहेको बताएकी छन् । गायिका जोशीले आफू आफ्नै खुट्टामा उभिन चाहेको भन्दै माया गर्ने र बुझ्ने केटाको खोजीमा रहेको खोलेकी हुन्
प्रकाशित मिति:- 2014-07-17 05:58:46
नेपाल ब्युरो– साउन १ , एजेन्सी । कर्टेनी स्टोडन विश्वकी चर्चित मोडलले आफ्नो गोप्य अंग शाकाहारी तरकारीले छोपेकी छिन् । उनले शरीरलाई आकर्षक बनाउन र स्वस्थ हुनको लागी शाकाहारी भोजनको आवश्यकता रहने भन्दै शाकाहारी तरकारीले नै बनाइएको विकिनी पहिरन लगाएकी छिन ।
प्रकाशित मिति:- 2014-07-15 19:50:54
काठमाडौं, ३१ असार । नेपाली फिल्म क्षेत्रमा बिहेको लहर सुरु भएको छ । महानायक राजेश हमालले ५० वर्षको उमेरमा बिहे गरेलगत्तै अन्य पाँच चर्चित कलाकारले समेत धमाधम बिहे गरिसकेका छन् ।
प्रकाशित मिति:- 2014-07-13 02:42:02
मुंबई। सुनील ग्रोवरले कपिल शर्माको शो कॉमेडी नाइट्स विद कपिलमा गुत्थी बनेर सबैलाई खूब हंसाए । तर अब उनी शोमा गुत्थी बनेर हैन नयां भुमिकाको साथमा पुन: आउने भएका छन ।
प्रकाशित मिति:- 2014-07-05 11:09:39
जाजरकोट, २१ असार । पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोरा र नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री मिथिला शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ ।
प्रकाशित मिति:- 2014-07-03 08:08:23
नेपाल ब्युरो– असार १९, एजेन्सी । बलिउडका चर्चित नायक साहरुख खानलाई फ्रान्स सरकारले फ्रान्सको सबैभन्दा ठुलो अवार्ड दिएको छ । खानलाई फ्रन्सका विदेशमन्त्री लाउरेन्ट फ्याविसले फ्रान्सको सबैभन्दा उच्च सम्मान प्रधान गरेका हुन् ।
प्रकाशित मिति:- 2014-06-21 04:04:40
ग्रामीण परिवेशको एक परिवार जो गरिबीसँग संघर्ष गर्दै बाँचेको छ। अभावलाई परिवारबाट टाढा राख्ने एक मात्रै विकल्प हो, भोट गएर धन कमाउनु। उक्त परिवारको मदन त्यही विकल्पलाई अंगीकार गर्दै आफ्नी प्राण प्यारी मुनालाई छोडेर भोटतिर लाग्छन्।
प्रकाशित मिति:- 2014-06-12 04:01:54
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ । आठौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजदेखि सुरु हुदैछ । महोत्सव इण्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले आयोजना गर्न लागेको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु हुने महोत्सवमा १८ देशका ४८ वटा फिल्म देखाइने महोत्सवका निर्देशक सन्जोग लाफा मगरले जानकारी दिनुभएको छ । लाफाका अनुसार नेपालका १२ तथा अन्तर्राष्ट्रिय ३८ वटा फिल्म छनोटमा परेका छन् ।
प्रकाशित मिति:- 2014-05-27 05:09:56
नेपाल ब्युरो- जेठ १३, काठमाडौ । क्या बोर भयो,जब सन्ध्या हुन्छ र लोग्ने मान्छे भएर रुन हुन्न लगायकता चर्चित गीतहरुका गायक योगेश्वर अमात्य अब गायकका रुपमा मात्र रहेनन् । किनभने उनी अब चाँडै चलचित्रमा समेत देखिने भएका छन् । आफ्ना फरक शैलीका गीत र स्वरका कारण चर्चामा रहन सफल गायक अमात्य अब चाँडै नै चलचित्रको खलनायकको भूमिकामा देखिने भएका हुन् । इन्जोय मुभिजको व्यानरमा निर्माण हुन लागेको चलचित्र अखडामा उनी प्रमुख खलनायकको रुपमा रहनेछन् । आशिषकुमार ठाकुरको लगानीमा बन्ने सो चलचित्रमा राज महर्जन प्रस्तुतकर्ता रहनेछन् । चलचित्रमा गायक अमात्यको अलावा रविराज पोखरेल,अनुप स्थापित,श्रीकृष्ण न्यौपानेको पनि अभिनय रहनेछ । चलचित्रको नायिका को हुने भन्नेबारे भने कुनै टुँगो लागिसकेको छैन ।
प्रकाशित मिति:- 2014-05-20 06:25:09
काठमाडौ - भूवन केसीसँग टाढा भएपछि एक्लै रमाउँदै आएकी कलाकार सुस्मिता बमजम भारतीय व्यापारीसँग बिहेको तयारीमा लागेको वुझिएको छ । भारतीय उद्योगपती सोहन जैसवालसँग उनले बिहे गर्न लागेकी हुन् । उनीहरु हाल प्रेम सम्बन्धमा छन् । जैसवालको लगानीमा एक सिनेमाको निर्माण हुँदैछ । जुन सिनेमाको छायांकन सकिएलगतै उनीहरु बैबाहिक जीवनमा बाँधिने बताइएको छ । जीवनमा एकजना साथी चाहिने भन्दै सुस्मिताले डेढ बर्षदेखि जैसवालसँग आफू प्रेममा रहेको बताएकी छिन् । यो सिनेमाको निर्देशन पनि सुस्मिता आफैले गर्ने बुझिएको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing