अर्थ

प्रकाशित मिति:- 2014-09-19 03:48:03
नेपाल ब्युरो–असोज ३ ,काठमाडौ । आज स्थानिय बजारमा सुनको भाउ २ सय रुपैयाँले घटेको छ । छापावाल सुन हिजोको तुलनामा २ सय रुपैयाले घटेर प्रतितोला ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-19 03:29:39
नेपाल ब्युरो– असोज ३, काठमाडौ । भारतीय कम्पनी जिएमआरसँग सरकारले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको लागि आज सम्झौतापत्रमा हस्ताक्षर गर्दैछ । सरकारले परियोजनाको परियोजना विकास सम्झौता पिडिए हिजो पारित गरेपछि आज सम्झौतामा हस्ताक्षर गर्न लागेको हो ।
प्रकाशित मिति:- 2014-09-16 08:44:23
नेपाल ब्युरो–भदौ ३१, काठमाडौ । कर्मचारी सञ्चय कोषले आफ्नो दायरा बढाउने भएको छ । कोषले निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि पनि अवकाश पछि योगदानका आधारमा निवृत्तिभरण योजना सञ्चालन गर्ने योजना बनाएको छ ।
प्रकाशित मिति:- 2014-09-16 03:57:57
नेपाल ब्युरो– भदौ ३१,काठमाडौ । स्थानिय बजारमा सुनको भाउ १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन हिजोको तुलनामा १ सय रुपैयाले बढेर प्रतितोला ५२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-15 08:31:53
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकले बैंकको केन्द्रिय कार्यालय र प्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् । बैँकले ट्रेड युनियन अधिकारलगायतका माग नसुनेको भन्दै धर्ना दिएका हुन् ।
प्रकाशित मिति:- 2014-09-15 05:37:57
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । अर्थमन्त्री डा रामशरण महतले नेपालमा लगानी गर्ने अनुकूल समय भएको बताउनुभएको छ । उहााले शान्ति प्रक्रिया पूरा हुने क्रमसँगै राजनीतिक स्थायित्व कायम भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय भएको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-14 04:42:50
नेपाल ब्युरो– भदौ २९, काठमाडौ । स्थानिय बजारमा हप्ताको पहिलो दिन आज सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन शुक्रबारको तुलनामा ३ सय रुपैयाले घटेर प्रतितोला ५१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-14 03:53:28
नेपाल ब्युरो– भदौ २९, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पाईपलाईन समझदारीपत्रको मस्यौदा सरकारलाई बुझाउने तयारी गरेको छ । निगमले नेपाल–भारत पक्षले तयार पारेको पेट्रोलियम पाईपलाईन समझदारीपत्रको मस्यौदा सरकारलाई बुझाउने तयारी गरेको हो ।
प्रकाशित मिति:- 2014-09-13 08:33:21
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । सरकारले काठमाडौ उपत्यका लगायत देशका विभिन्न ७१ स्थानमा आगामी असोज १ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । दशै तिहार छठ लगायतका महत्वपूर्ण चाडहरुलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँने भएको हो ।
प्रकाशित मिति:- 2014-09-12 08:31:46
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । एसियाली विकास बैंकले नेपालले गरिबी निवारणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । एसियाली विकास बैंक (एडीबी) ले काठमाडौंमा एक कार्यक्रम गरी एसिया क्षेत्रमा गरिबीको अवस्था सार्वजनिक गरेको हो ।
प्रकाशित मिति:- 2014-09-12 03:33:10
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेका हो ।
प्रकाशित मिति:- 2014-09-11 08:28:03
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । राष्ट्रिय बीमा संस्थाका कम्यूटर अपरेटर बिजयकुमार शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको छ । नियुक्ति प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको दाबी गर्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १२ –१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदाबीसहित मुद्धा दायर गरेको हो
प्रकाशित मिति:- 2014-09-11 03:19:25
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । दशैंका लागि राष्ट्र बैङ्कले करिव २५ अर्व रुपैंया बराबरका नयाँ नोट वितरण गर्ने भएको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गर्दै केन्द«ीय वैङ्कले आइतबारबाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैङ्कका काठमाण्डौं, विराटनगर, जनकपूर, वीरगंज, भैरहवा, पोखरा, नेपालगंज र धनगढी शाखाबाट नयाँ नोट प्राप्त गर्न सकिनेछ ।
प्रकाशित मिति:- 2014-09-11 02:40:20
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । सफ्टेक मेला आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपालमा विकसित विभिन्न सफ्टवेयर तथा यसको प्रयोगका बारेमा जानकारी गराउने उदेश्यका साथ सफ्टेक मेला सुरु हुन लागेको हो ।
प्रकाशित मिति:- 2014-09-10 08:49:35
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पुर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतसँगको उर्जा व्यापार सम्झौता (पीटीए) सकारात्मक भए पनि उर्जा विकास सम्झौता पीडीए सम्झौता राष्ट्रको हितमा नभएको बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-09-08 09:04:05
नेपाल ब्युरो– भदौ२३, काठमाडौ । उद्योगमन्त्री कर्ण थापाले थापाले मुलुकमा विकासका लागि राजनीतिक क्रान्ती नभई आथिर्क क्रान्तीको खाँचो भएको औल्याउनुभएको छ । उहाँले भक्तपुरको रफत सञ्चार क्लवमा आज बोल्नुहँुदै औद्योगिकरणको विकास बिना आर्थिक क्रान्ती असंम्भव भए पनि नेपालको औद्योगिक क्षेत्र धारासाही अवस्थामा रहेको मन्त्री थापाले बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-07 04:41:44
नेपाल ब्युरो– भदौ २२,काठमाडौ । बा्रेइलर कुखुरा पाल्ने किसान अहिले मर्कामा परेका छन् । कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका हुन् ।
प्रकाशित मिति:- 2014-09-07 03:36:35
नेपाल ब्युरो– भदौ २२, काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउ केहि बढेको छ । साताको पहिलो दिन आईतबार छापावाल सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-07 03:26:08
नेपाल ब्युरो–भदौ २२,काठमाडौ । यातायात व्यवसायीको दबाबका आधारमा सरकारले भाडा बढाउन सहमति दिएको छ । चाडपर्वको मुखमा सरकारले यातायात भाडा बढाउनका लागि सहमति दिएको हो ।
प्रकाशित मिति:- 2014-09-06 03:09:51
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । सरकारले यसवर्ष पनि दसैं, तिहार र छठसम्मका लागि चामल, चिनी र नूनमा विशेष छुट दिने भएको छ । सरकारले चामल, चिनी र नूनमा विशेष छुट दिएर देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएकोे छ ।
प्रकाशित मिति:- 2014-09-05 03:30:39
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । लोडसेडिङको समय भोलदेखि फेरी बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोलि शनिवारदेखि लागु हुने गरी परिवर्तित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
प्रकाशित मिति:- 2014-09-04 03:26:44
नेपाल ब्युरो– भदौ १९ ,काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउ केहि बढेको छ । आज छापावाल सुन १ सय रुपैयाले बढेर प्रतितोला ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि १ सय रुपैयाले नै बढेर प्रतितोला ५२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-04 03:10:45
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । ग्यास उत्पादक र पेट्रोलियम ढुवानी व्यवसायीहरुले दसैं नजिकिदै गर्दा उपभोक्तालाई दुःख दिने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । व्यवसायीहरुले आफुले गरेको माग पुरा नगरेको भन्दै हिजो पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन ।
प्रकाशित मिति:- 2014-09-03 03:47:06
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । ग्यास उद्योगीले चाडपर्व नजिकिदै गर्दा आयल निगमले ग्यासमा दिएको कोटा नै आपूर्ति गर्न नसकिरहेका बेला बढाउनुपर्ने माग राख्दै कृत्रिम अभाव सिर्जना गरेका छन् । बजारको मागअनुसार आपूर्ती गर्न गाह्रो भएको भन्दै एलपी ग्यास संघले कोटा बढाउन माग गरेको हो ।
प्रकाशित मिति:- 2014-09-03 03:13:24
नेपाल ब्युरो–भदौ १८, काठमाडौ । नेपाल अटोमोबाईल्स डिलर्स एसोसिएशनको आयोजनामा आजदेखि नवौं संस्करणको नाडा अटो शो शुरु हुँदै छ । नवौं संस्करणको नाडा अटो शो नेपालमा रहेका सबै किसिमका सवारीको जानकारी एकैथलोमा उपलब्ध गराउने उद्धेश्यले राजधानीको भृकुटीमण्डपमा मेला आयोजना गर्न
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing