खेलकूद

प्रकाशित मिति:- 2014-12-23 05:38:52
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले आइसीसी विश्व क्रिकेट लीग डिभिजन दुईको तालिका सार्वजनिक गरेको छ। माघ ३ गतेदेखि १४ गतेसम्म नामिबियामा हुने डिभिजन दुईको पहिलो खेलमा नेपाल युगाण्डासँग भिड्ने छ। कात्तिकमा मलेसियामा भएको डिभिजन तीनमा नेपालले युगाण्डालाई हराउँदै समूह विजेता भएको थियो।
प्रकाशित मिति:- 2014-11-12 21:04:01
२७ कात्तिक, काठमाडौं । नेयमारको दुई गोलको मदतमा ब्राजिलले मैत्रिपूर्ण फुटबलमा टर्कीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा ब्राजिलले टर्कीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । विश्वकप पछि ब्राजिलले खेलेको सबै खेल जितेको छ ।
प्रकाशित मिति:- 2014-11-10 08:28:44
काठमाडौँ : एसिसी यु १९ प्रिमियर लिग क्रिकेटमा नेपालले विजय यात्रा जारी राख्दै आयोजक कुबेतलाई सोमबार २ सय ६२ रनको विशा अन्तरले पराजित गरेको छ। टस हारेर ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुद ७ विकेटको क्षतिमा ३ सय रन २५ रनको विशाल योगफल बनायो। ३ सय २६ रनको लक्ष्य पछ्याएको कुबेत २७.४ बलमा मात्र ६३ रनमा अल आउट हुन पुग्यो।
प्रकाशित मिति:- 2014-10-28 09:05:45
काठमाडौं, कार्तिक ११ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगितामा नेपालले तेस्रो जित हासिल गरेको छ । चौथो खेलमा नेपालले अमेरिकामाथि १० रनको जित निकाल्यो । खेलमा अमेरिकाले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा दुई सय २३ रन बनायो । अघिल्लो दिनको तुलनामा सुधारोन्मुख
प्रकाशित मिति:- 2014-10-22 22:46:45
आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन तीनअन्तर्गत पहिलो खेलमा नेपाल आज युगान्डासँग खेल्दै छ। मलेसियाको किनरारा क्रिकेट मैदानमा हुने यो खेलमा नेपाल सुखद नतिजा निकाल्ने प्रयासमा हुनेछ। युगान्डालाई फाइनलमा हराएर नेपालले गतवर्ष डिभिजन तीनको उपाधि जितेको थियो।
प्रकाशित मिति:- 2014-09-20 23:27:19
दक्षिण कोरियामा जारी १७ एशियन खेलकुद अन्तर्गत फुटबल खेलमा आज नेपालको युवा-२३ टोलीले जापानको युवा-२३ को सामना गर्नेछ। खेल स्थानिय गयुङ रंगशालामा हुनेछ।
प्रकाशित मिति:- 2014-09-20 11:58:45
काठमाडौं । श्रीलंकामा सुरु भएको एएफसी प्रेसिडेन्ट कप फुटबलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबले विजयी सुरुवात गरेको छ ।समूह चरणको खेलमा मनाङले श्रीलंकाको लिग च्याम्पियन श्रीलंकन एयर फोर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रकाशित मिति:- 2014-09-19 03:09:12
नेपाल ब्युरो– असोज ३,एजेन्सी । १७ औँ एसियाड खेलकूद प्रतियोगिता आजबाट सुरु हुँदैछ । एसियाली मुलुकहरुको सबैभन्दा ठूलो खेलमेला १७ औँ एसियाड खेलकूद प्रतियोगिता आजबाट दक्षीण कोरियाको इन्चोनमा सुरु हुने भएको हो ।
प्रकाशित मिति:- 2014-09-18 03:12:11
नेपाल ब्युरो–असोज २, काठमाडौ । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगीता अन्तर्गत बायर्न म्युनिख, बार्सिलोना र एएस रोमा विजयी भएका छन् । गएराती भएका खेलहरुमा बायर्न म्युनिख, बार्सिलोना र एएस रोमा विजयी भएका हुन् ।
प्रकाशित मिति:- 2014-09-16 03:48:34
नेपाल ब्युरो–भदौ ३१,काठमाडौ । महिला लिग राष्ट्रिय फुटवल प्रतियोगितामा आज पनि दुई खेल हुने भएका छन् । चितवनको नारायणगढमा जारी सो प्रतियोगिताको पहिलो खेलमा नेपाल आर्मी र पश्चिमाञ्चल तथा दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ र सुदुरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति:- 2014-09-16 03:42:46
नेपाल ब्युरो–भदौ ३१,काठमाडौ । युएफा च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ । युरोपको सबैभन्दा ठुलो क्लव फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिन चार वटा समुहका पहिलो चरणका ८ खेल हुँदैछन ।
प्रकाशित मिति:- 2014-09-15 03:57:18
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । वाइवाइ अण्डर–१९ राष्ट्रिय प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले केहि दिनपछि सारेको छ । आज सोमबारबाट हुने भनिएको उक्त प्रतियोगीता लगातारको वर्षाका कारण क्यानले केहि दिन पर सारेको हो ।
प्रकाशित मिति:- 2014-09-15 03:43:05
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । प्रथम रंगशाला स्नुकर च्याम्पियनसिप २०७१ आजदेखि आयोजना हुने भएको छ ।
प्रकाशित मिति:- 2014-09-14 05:02:49
नेपाल ब्युरो– भदौ २९ । १७ औ एसियाली खेलकुद प्रतियोगिता एसियाड अन्र्तगत नेपाललाई सुरुवाति झड्का लागेको छ । आज भएको पहिलो फुटबल खेलमा नेपाललाई सुरुवाति झड्का लागेको हो ।
प्रकाशित मिति:- 2014-09-14 04:29:30
नेपाल ब्युरो– भदौ २९, एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी लेलगातार चौथो जित हात पारेको छ । डिएगो कोस्टाको हृयाट्रिकको मदतमा चेल्सीले लगातार चौथो जित हात पारेको हो ।
प्रकाशित मिति:- 2014-09-13 08:53:42
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । चितवनमा पहिलो पटक वेष्टर्न युनियन महिला लिग राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगीता २०७१ भदौ ३० गते देखी चितवनमा हुने भएको हो ।
प्रकाशित मिति:- 2014-09-13 03:35:30
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता आजबाट शुरु हुंदैछ । नेपाल सितेरियो कराँते डा संघ, शाखा डोजो लैनचौरको आयोजनामा चौथो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरु हुने भएको हो ।
प्रकाशित मिति:- 2014-09-13 03:28:01
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । एएफसी अण्डर १६ च्याम्पियनसिप फुटबल प्रतियोगीतामा भाग लिन गएको नेपाली टोली आज स्वदेश फर्कदै छ । उक्त प्रतियोगीताको लागी थाईल्याण्ड गएको नेपाली टोली आज स्वदेश फर्कदै छ ।
प्रकाशित मिति:- 2014-09-12 03:21:30
नेपाल ब्युरो– भदौ २७ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा दुई नयाँ खेलाडि अनुबन्धीत भएका छन् । म्यानचेस्टर युनाइटेडले आफ्ना दुई नयाँ खेलाडी राडामल फाल्काओ र डेलि ब्लाइन्डलाई सार्वजनिक गरेको छ ।
प्रकाशित मिति:- 2014-09-11 08:10:50
नेपाल ब्युरो– भदौ २६ । थाइल्याण्डमा जारी एएफसी अण्डर सिक्सटीन च्याम्पियनशिप फुटबल प्रतियोगीताको आज भएको खेलमा नेपाल उत्तर कोरीयासँग ४– १ गोल अन्तरले ले पराजित भएको छ । क्वार्टरफाइनल प्रवेशका लागि भएकोे समूहचरणको अन्तिम खेलमा नेपाल उत्तरकोरीयासंग पराजित भएको हो ।
प्रकाशित मिति:- 2014-09-11 03:07:52
नेपाल ब्युरो– भदौ २६ । थाइल्याण्डमा जारी एएफसी अण्डर सिक्सटीन च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज नेपालले उत्तर कोरीयासंग खेल्दैछ । क्वार्टरफाइनल प्रवेशका लागि आज नेपालले समूहचरणको अन्तिम खेल उत्तरकोरीयासंग खेल्न लागेको हो ।
प्रकाशित मिति:- 2014-09-10 06:03:00
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । एन्फा कप फुटबल प्रतियोगीकोे उपाधि झापा ११ ले जित्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित संकटा क्लबलाई ४–० ले पराजित झापाले १० लाख हात पारेको छ भने शंकटाले ५ लाखमा चित्त बुझाएको छ ।
प्रकाशित मिति:- 2014-09-10 03:47:36
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । एन्फा कप ए डिभिजन फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगीताको उपाधिका लागि मोफसलको चर्चित टोली झापा एघार र संकटा क्लववीच आज प्रतिष्पर्धा हुने भएको छ ।
प्रकाशित मिति:- 2014-09-09 08:33:49
नेपाल ब्युरो– भदौ २४ । एएफसी अण्डर सिक्सिटन च्याम्पियनसिप फुटबलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको छ । थाइल्याण्डको मुआङथोङ रंगशालामा आज भएको खेलमा कुबेतलाई २–१ ले हराउँदै नेपालले अघिल्लो चरणमा पुग्ने संभावना कायम राखेको हो ।
प्रकाशित मिति:- 2014-09-08 03:33:34
नेपाल ब्युरो –भदौ २३ । अमेरिकाको न्युयोर्कस्थित फ्लसिङ मिडोजमा भएको युएस ओपन टेनिसको उपाधि अमेरिकी खेलाडी सेरेना विलियम्सले जितेकी छन् । यस वर्षको युएस ओपन टेनिसको खेलमा डेनमार्ककी खेलाडी क्यारोलिन वोज्नियाकीलाई हराउँदै विलियम्सले करीयरमा अर्कों ग्रान्स्लाम उपाधि थपेकी हुन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing