खेलकूद

प्रकाशित मिति:- 2014-05-26 03:45:23
नेपाल ब्युरो – जेठ १२,एजेन्सी । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत हिजो भएको पहिलो खेलमा दिल्लीलाई ७ विकेटले पराजित गर्दै किंग्स इलेभेन पञ्जाव विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले १८.१ ओभरमा अलआउट हुँदै ११५ रन जोडेको थियो । ११६ रनको विजयि लक्ष्य पछयाएको पञ्जावले १३. ५ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । यो डेल्ली डेयरडेभिल्सको नवौं हार हो ।
प्रकाशित मिति:- 2014-05-24 22:09:12
रियल मड्रिड किर्तिमानी दशौं पटक युरोपियन च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा घरेलु प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि उचालेको हो ।
प्रकाशित मिति:- 2014-05-24 04:48:21
पाल ब्युरो–जेठ १०, काठमाण्डौं । जारी नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिता अन्र्तगतको फाइनल खेल आज हुँदैछ । धनगढीस्थित फाप्ला मैदानमा हुने खेलमा पंचकन्या तेज र जगदम्बा जाइन्ट्स भिड्दैछ ।
प्रकाशित मिति:- 2014-05-22 04:34:04
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज तालिकाको चौथो स्थानमा रहेको कोलकत्ता नाइट राइर्डस र छैटौ स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरबिच दिउसो ४ बजे प्रतिस्पर्धा हुदैंछ । १२ खेलवाट १४ अंक जोडेको कोलकत्ता आजको खेलमा विजयी हुदै तेश्रो स्थानमा उक्लने प्रयास गर्दा बैंग्लोर पाचौं स्थानमा पुग्ने प्रयास गर्नेछ । यस्तै आजको दोश्रो खेलमा तालिकाको दोश्रो स्थानमा रहेको चेन्नई सुपर किंग्स र सातौं स्थानमा रहेको हैदरावादबिच बेलुका सवा ८ वजे प्रतिस्पर्धा हुदैछ
प्रकाशित मिति:- 2014-05-21 22:29:46
लमजुङको पर्यटकीय गाउँ तार्कु गहतेमा निर्माण गर्न लागिएको फुटवल मैदानका लागि बेलायतमा बसोवास गर्नेहरुले ८ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।तार्कु गहते साथै त्यस वरपर घर भई हाल बेलायतमा रहेकाहरुले ८ लाख ११ हजार २ रुपैयाँ चन्दा सहयोग गरेका हुन् ।
प्रकाशित मिति:- 2014-05-19 22:25:45
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार राती किंग्स ईलेभेन पञ्जावले दिल्ली डेयर डेभिल्सलाई ४ विकेटले हराएको छ । फिरोज शाह कोट्ला मैदान दिल्लीमा १ सय ६५ रनको लक्ष्य पञ्जावले २ बल बा“की छदा भेट्टायो । पञ्जाबको जीतमा मनन बोहरा र अक्षर पटेलले समान ४२ रनको योगदान गरे । दिल्लीका ईमरान ताहिरले ३ तथा जेपी डुमिनीले २ विकेट लिए ।
प्रकाशित मिति:- 2014-05-19 20:13:33
नेपाल प्रिमियर लिग क्रिकेटमा आइतबार जगदम्बा जायन्ट्सले विशाल वारियर्सलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको विशालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन जोड्यो । विशालका लागि सर्वाधिक सुरज कुर्मीले १ चौका र १ छक्का मदतले ३८, पारस खड्काले २२ र मञ्जित श्रेष्ठले १९ रन योगदान गरे ।
प्रकाशित मिति:- 2014-05-19 05:07:05
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज तालिकाको तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र सातौं स्थानमा रहेको मुम्वई इन्डियसबीच खेल हुने भएको छ । दिउसो ४ बजे दुईबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा ११ खेलबाट १४ अंक जोडेको राजस्थान आजको खेलमा विजयी हुँदै तालिकाको दोस्रो स्थानमा उक्लिने प्रयास गर्दा मुम्वईले राजस्थानलाई रोक्ने प्रयास गर्नेछ ।
प्रकाशित मिति:- 2014-05-18 00:37:46
एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले स्टेफोनास्कीसँग थप एक वर्षको लागि सम्झौता थपिएको जानकारी गराए । उनले भने, ‘स्टेफोनास्कीको प्रशिक्षणमा नेपालले राम्रो उपलब्धी हासिल गरेको छ । पुरानै सेवासुविधामा उनीसँग सम्झौता थपिएको हो ।”
प्रकाशित मिति:- 2014-05-17 20:34:01
एथ्लेटिको म्याड्रिडले यस बर्षको स्पेनिस लिग ला लिगाको उपाधि जितेको छ। डिफेन्डीङ च्याम्पियन बार्सिलोनालाई उसकै गृह मैदानमा १-१ बराबरीमा रोकेर एथ्लेटिकोले ९० अंक सहित उपाधि पक्का गरेको हो। उसले १९९६ पछि ला लिगाको उपाधि जितेको हो। बार्सिलोनाले ८७ अंक सहित दोश्रो स्थानमा रह्यो।
प्रकाशित मिति:- 2014-05-17 08:13:25
नेपाल ब्युरो- जेठ ३, एजेन्सी - स्पेनिश लिग ला लिगामा आज उपाधि छिनोफानो हुदैछ । नेपाली समय अनुसार राति पौने १० बजे हुने बासिर्लोना र एथ्लेटिको मड्रिडबीचको खेलबाटै उपाधि छिनोफानो हुदैछ । ३७ खेलबाट एथ्लेटिकोको ८९ अंक छ भने समान खेलबाटै बासिर्लोनाको ८६ अंक छ ।
प्रकाशित मिति:- 2014-05-17 01:37:31
नेपाल ब्युरो –जेठ ३, काठमाण्डौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज पनि दुई खेल हुने भएको छ । महेन्द्रनगरको कर्बडहलमा कान्तिपुर गोर्खाजविरुद्ध सगरमाथा लेजेण्डस भिड्ने छ । त्यस्तै धनगढीको फाप्ला मैदानमा हुने अर्को खेलमा विशााल वारियर्स र पञ्चकन्या तेज भिड्ने भएका छन् ।
प्रकाशित मिति:- 2014-05-16 04:45:08
नेपाल ब्युरो –जेठ २, काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेल हुँदैछन् । महेन्द्रनगरमा पञ्चकन्या तेज र जगदम्बा जाएन्ट्स र धनगढीमा कलर्स एक्स फ्याक्टर्स र कान्तिपुर गोर्खाबीच खेल हुने आयोजकले जनाएको छ । महेन्द्रनगरमा हिजो भएको खेलमा विशाल वारियर्सले कलर्स एक्सफ्याक्टरलाई ५ विकेटले पराजित गरेको थियो ।
प्रकाशित मिति:- 2014-05-15 02:34:24
नेपाल ब्युरो–जेठ १, काठमाडौँ । नेपाल प्रमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुइवटा खेल हुँदैछन. । धनगढीमा जगदम्बा जाइन्स र सगरमाथा लेजेन्ट्सका बीच तथा महेन्द्रनगरको खेल मैदानमा विशाल ग्रुप वारियर्स र कलर एक्स फ्याक्टरका बीच प्रतियोगिता हुने आयोजकले जनाएको छ । एनपिएल क्रिकेट प्रतियोगिता नेपालमा पहिलोपटक धनगढी र महेन्द्रनगरमा सुरु गरिएको हो ।
प्रकाशित मिति:- 2014-05-14 19:37:20
ब्राजिलमा हुने बिश्वकपको लागि जापानले २३ सदस्यिय टोलीको घोषणा गरेको छ। प्रशिक्षक अल्बेट्रो जक्केरोनिले १२ जना युरोपमा खेल्ने खेलाडीको साथमा कावासाकी फ्रन्टेल क्लबका ३१ बर्षिय योसितो ओकुबोलाई २ बर्ष पछि राष्ट्रिय टोलीमा समाबेश गरेका छन।
प्रकाशित मिति:- 2014-05-14 02:01:37
नेपाल व्यूरो - वैशाख ३१, एजेन्सी। इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुने भएको छ । आजको पहिलो खेलमा हैदरावाद र पञ्जावबीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरी आजै हुने दास्रो खेलमा कोलकत्ता र मुम्बईबीच प्रतिष्पर्धा हुनेछ । यसअघि गएराती सपन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली डेयर डेभिल्सलाई १६ रनले हराएको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing