खेलकूद

प्रकाशित मिति:- 2014-06-17 04:18:29
नेपाल ब्युरो–असार ३, एजेन्सी। जारी विश्वकपको छैठौ खेलमा समुह ए र समुह एचको गरी तीन खेल हुने भएको छ । छैठौ खेल अन्तर्गत समुह एचको खेलमा बेल्जियमविरुद्ध अल्जेरिया र रुसविरुद्ध दक्षिण कोरिया भिड्ने भएको छ । त्यस्तै समुह एको खेलमा ब्राजिलविरुद्ध मेक्सिको भिड्नेछ ।
प्रकाशित मिति:- 2014-06-14 23:05:53
एशियालि च्याम्पियन जापानले बिश्वकपमा खराब सुरुवात गरेको छ। समुह सी मा रहेको जापान आईभोरी कोस्टसंग २-१ गोल अन्तरले स्तब्ध भएको छ।खेलको १६ औं मिनेटमा कियोसेकी होन्दाको उत्कृष्ट गोलबाट अग्राता लिएको थियो।
प्रकाशित मिति:- 2014-06-14 20:12:49
बिश्वकप फुटबल अन्तर्गत समुह डी को खेलमा ईटालीले ईङल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ। अरेना आमाजोनिया रंगशालामा भएको खेलको ३५ मिनेटमा ईटालीका क्लाउडियोले गोल गर्दै अग्रता दिएको थियो तर इटालीको अग्रता धेरै समय टिक्न पाएन। ३७ मिनेटमा स्टुरिजले गोल गर्दै बराबरी गर्‍यो। पहिलो हाफमा थप गोल हुन सकेन।
प्रकाशित मिति:- 2014-06-14 00:46:48
च्याम्पियन स्पेनका लागि यो भन्दा खराव सुरुआत अरु हुन सक्ने छैन् । नेदरल्यान्ड्सका लागि भने यो चार वर्ष अगाडि फाइनलमा बेहोरेको हारको मीठो बदला रह्यो । विश्वकप ०१४ को पहिलो हाइप्रोफाइनल खेलमा नेदरल्यान्ड्सले शनिबार स्पेनलाई ५-१ ले पराजित गर्‍यो । अन्तर्राष्ट्रिय फुटबलमा स्पेनले बेहोरेको यो सर्वाधिक खराव हारका रूपमा रहनेछ ।
प्रकाशित मिति:- 2014-06-12 18:39:45
साओ पाओलो- ब्राजिलले विश्वकप २०१४ मा शुक्रबार विजयी सुरुआत लिएको छ । उपाधिको सर्वाधिक बलियो दावेदार रहेको ब्राजिजले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर एरिना कोरियन्थिसमा क्रोएसियालाई ३-१ ले हराएको हो ।
प्रकाशित मिति:- 2014-06-12 04:20:46
नेपाल ब्युरो–जेठ २९, एजेन्सी । आज मध्ये रातीदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैछ । ब्राजिलको साओपाउलो खेल मैदानमा नेपाली सयमअनुसार मध्यराती पौने २ बजे सुरु हुने पहिलो उद्घाटन खेलमा ब्राजिल र क्रोएसिया भिड्ने छन् । फिफा वरियता क्रमअनुसार तेस्रो स्थानमा रहेको ब्राजिल सबैभन्दा बढी पाँच पटक विश्वकप फुटबलको उपाधि जितिसकेको छ भने १८औ स्थानमा रहेको क्रोएसिया सेमिफाईलसम्मको यात्रा मात्र तय गर्न सकेको छ ।
प्रकाशित मिति:- 2014-06-11 21:29:00
जापानी टोलीको लक्ष्य कम्तिमा क्वार्टरफाईनलमा पुग्ने रहेको स्टार फरवार्ड कियोस्की होन्दाले बताएका छन। बिश्वकपको पुर्बसन्ध्यामा संचारकर्मीहरुसंग कुरा गर्दै होन्दाले सो बताएका टिमका सबै जना खेलाडी फिट हुंदै मुलुकको लागि सतप्रतिशत योगदान दिन तयार रहेको उनले बताए ।
प्रकाशित मिति:- 2014-06-11 04:38:46
नेपाल ब्युरो–जेठ २८,एजेन्सी । फिफा अध्यक्ष सेप ब्लाटरले आगामी वर्ष पद छाड्ने भएका छन् । विश्व फुटबलको नियमनकारी निकाय कतार विश्वकपलाई दिएर भ्रष्टाचारको आरोपमा मुछिएपछि ब्लाटर पद छाड्न तयार भएका हुन् । युरोपेली फुटबल संघले ब्लाटरलाई फेरि ५ वर्षे कार्यकालका लागि अध्यक्ष हुने सोच नबनाउन आग्रह गरेको थियो । डच फुटबल एशोसिएसनमन प्रमुख माइकल भान प्रागले ब्लाटरलाई फेरि अध्यक्ष बन्ने प्रयास नगर्न भनेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रकाशित मिति:- 2014-06-11 00:06:10
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मैदानमा फर्किएको दिन पोर्चुगलले आयरल्यान्डलाई ५-१ ले पराजित गरेको छ। यसको साथै रोनाल्डो ब्राजिल विश्वकपका लागि फिट भएका छन् । घुडाको चोटका कारण च्याम्पियन्स लिगको फाइनलदेखि मैदानबाहिर रहेका रानोल्डो विश्वकपको अभ्यास खेलमा आयरल्याण्डविरुद्ध मैदान उत्रिएका हुन् ।
प्रकाशित मिति:- 2014-06-10 20:48:12
फिफाले बिश्वकपको उद्घाटनको खेलको निर्णायकमा जापानी फिफा रेफ्री युइची निशिमुरालाई छनौट गरेका छन।आयोजक ब्राजिल र क्रोयशिया उद्घाटन खेलमा आमने सामने हुनेछन। दक्षिण अफ्रिकामा भएको बिश्वकपको ब्राजिल र नेदरल्यान्ड बिच भएको खेल पनि रेफ्री निशिमुराले सञ्चालन गरेका थिए।
प्रकाशित मिति:- 2014-06-10 11:11:17
काठमाडौं, जेठ २७– विश्व क्रिकेट लिग डिभिजन ३ को आयोजना युगान्डाले गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले मंगलबार अक्टोबर २६ देखि नोभेम्बर २ सम्म युगान्डामा डिभिजन ३ प्रतियोगिता गर्ने घोषणा गरेको हो।
प्रकाशित मिति:- 2014-06-10 04:14:54
नेपाल ब्युरो–जेठ २७, एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका महत्वपूर्ण प्रायोजकले विश्वकप आयोजक राष्ट्र छनोटको निष्पक्ष छानबिनका लागि दबाब दिएका छन् । मुख्य ६ वटा प्रायोजकमध्ये सोनी, एडिडास, कोकाकोला, भिसा र हुन्डेले आयोजक छनोटमा भएको घुस प्रकरणको निष्पक्ष छानबिनमा चासो दिएका हुन् ।
प्रकाशित मिति:- 2014-06-08 04:45:04
२५ जेठ, काठमाडौं । युरोपको फुटबल क्लब एन्डरलेक्टले नेपाली युवा फुटबलर विमल घर्तिमगरलाई १ बर्षको लागि अनुवन्धन गरेको छ ।
प्रकाशित मिति:- 2014-06-07 21:21:15
बिश्वकपको तयारीको लागि खेलिएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलहरुमा साबिक बिजेता स्पेन सहित अर्जेन्टिना,अमेरिका, बेल्जियम, हङगेरी र एस्टिनिया बिजयी भएका छन भने ईङल्यान्डले होन्डुरससंग बराबरी गोल रहित बराबरी खेलेको छ।
प्रकाशित मिति:- 2014-06-07 09:58:09
नेपाल आर्मी क्लबले वीर गणेशमान सिंह गोल्डकप फुटबलको उपाधि जितेको छ । बिराटनगरस्थित शनिबार भएको फाइनल भिडन्तमा अर्को विभागीय टोली पुलिसलाई ३-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपधि जितेको हो । बिजेता आर्मीले ५ लाख हात पारेको छ । उपविजेता पुलिसले भने २ लाख ५० हजारमा चित्ता बुझाएको छ ।
प्रकाशित मिति:- 2014-06-06 21:40:20
२४ जेठ, काठमाडौं । विश्वकप अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले सर्वियालाई पराजित गरेको छ । पछिल्लो १६ खेलमा १५ औं जित हात पार्ने क्रममा ब्राजिलले १–० को जित निकालेको हो ।
प्रकाशित मिति:- 2014-06-03 04:11:19
नेपाल ब्युरो–जेठ २०,एजेन्सी । श्रीलंका र इङल्याण्डबीचको पाँचौ तथा अन्तिम एक दिवसिय क्रिकेट आज हुदैछ । श्रृङ्खला २–२ को वरावरीमा रहेकाले दुवै टिम आज जित हात पार्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने कोसिसमा रहनेछन् । घरेलु टोली इङ्ल्याण्डले पहिलो र तेस्रो तथा पाहुना टोली श्रीलंकाले दोस्रो र चौथो खेल जितेका छन् ।
प्रकाशित मिति:- 2014-06-03 00:02:13
टोकियो, जापान। बिश्वकपको तयारीको लागो खेलिएको मैत्रपुर्ण खेलमा जापानले कोस्टारिकालाई ३-१ गोलको अन्तरले पराजित गेरको छ।जापानका लागि यसुहितो एन्दो, सिन्जि खागावा र काकितानीले गोल गरेको थिए। ३१ औं मिनेटमा गोल गर्दै ब्रायन रुईजले कोस्टारिकालाई अग्रता दिलाएका थिए। ६०औ मिनेटमा एन्दोले गोल गर्दै खेल बराबरी गरे।
प्रकाशित मिति:- 2014-06-02 05:08:55
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पल्सर स्पोट्र्स अवार्ड २०७० आज प्रदान गरिदैंछ । विभिन्न ८ विधामा दिइने उक्त अवार्डको १२ औं संस्करण प्रज्ञा प्रतिष्ठानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । अवार्डको ५ विधामा ५ – ५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । ५ विधाका विजेताको घोषणा समारोहमै गरिनेछ । अन्य तीन विधाका विजेताको घोषणा भने यसअघि नै सार्वजनिक भइसकेको छ ।
प्रकाशित मिति:- 2014-06-02 00:32:50
२ जुन, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेटको उपाधि कोलकत्ता नाइट राइडर्सले जितेको छ । आइतबार राति भएको फाइनलमा किङ्ग्स इलाभेन पन्जाबलाई ३ विकेटले पराजित गर्दै कोलकत्ता च्याम्पियन बनेको हो । कोलकत्ताले गौतम गम्भीरको कप्तानीमा दोस्रो पटक उपाधि जितेको हो ।
प्रकाशित मिति:- 2014-06-01 23:00:27
विश्वकप विजेता स्पेनका प्रशिक्षक भिसेन्ट डेल बस्कले घाइते डिएगो कोस्टासहित विश्वकप खेल्न ब्राजिल जाने २३ खेलाडीको टिम शनिबार घोषणा गरेका छन् ।ब्राजिलमा जन्मिएका एट्लेटिको म्याड्रिडका फरवार्ड कोस्टा मांसपेशीको शृङ्खलाबद्द चोटले सताइएका छन् ।
प्रकाशित मिति:- 2014-06-01 07:01:21
१८ जेठ, काठमाडौं । नेपाली युवा फुटबलर विमल घर्ति मगरले आफू युरोपमा फुटबल खेल्न सक्ने बताएका छन् । बेल्जियमको एन्डरलेक्ट फुटबल क्लबमा प्रशिक्षण लिएर फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दे विमलले भने-’मैले राम्रो गरेँ जस्तो लाग्छ । कोचले पनि राम्रो व्यवहार गर्नुभो । मैले इम्प्रस गरे जस्तो लाग्छ ।’
प्रकाशित मिति:- 2014-05-29 22:18:20
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल विश्व क्रिकेट लिग डिभिजन ३ मा घटुवा भएको पृष्टि गर्दै प्रथम श्रेणीको क्रिकेट खेल्ने पुनः अवसर प्रदान गरेको छ। जनवरीमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको हैसियत अन्योल भएको थियो।
प्रकाशित मिति:- 2014-05-28 02:40:21
नेपाल ब्युरो- जेठ १४, एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिइल क्रिकेटमा आज दुई वटा खेल हुदैछ । हिजो वेलुकी हुने भनिएको किंग्स इलेभेन पञ्जाब र कोलकत्ता नाइट राइर्डसबिचको क्वालिफायरको खेल खेल वर्षाले प्रभावित भएपछि आज दिउसो सवा ४ वजे हुनेछ । आजको खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्ने छ भने हार ब्योहोर्ने टोलीको फाइनलमा पुग्ने अवसर बाँकी नै रहनेछ । यसैविच आज राती सवा ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इन्डियसबिच प्रतिस्पर्धा हुदैछ । मुम्वाई र चेन्नाईको विजेताले पञ्जाव र कोलकत्ताको पराजित टोलीसंग पर्सी फाईनल प्रवेशका लागि भिड्नेछ ।
प्रकाशित मिति:- 2014-05-27 02:10:25
नेपाल ब्युरो- जेठ १३, एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज क्वालिफाइरको खेल हुदैछ । आज हुने क्वालिफाइरको खेल अन्र्तगत तालिकाको पहिलो स्थानमा रहेको किंग्स इलेभेन पञ्जाब र कोलकत्ता नाइट राइर्डसबिच वेलुका सवा ८ वजे प्रतिस्पर्धा हुनेछ । आजको खेलको विजेता टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले इलिमिनेटर खेलमा चेन्नई र मुम्बई टिमको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing