नेपाल समाचार

प्रकाशित मिति:- 2015-02-07 21:50:51
काठमाडौं, २५ माघ । नेपाल घुम्न झन्डै २० दिनअघि काठमाडौं आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ (टनेल) खन्दै गरेको अवस्थामा भेटिएका छन। कोरियालीहरुले अन्य पर्यटक जस्तो नेपालको बिकासमा सहयोग गर्न स्वयंसेवक भएर शुरुङ खनेका भने होईनन। ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका हुन्। यीमध्ये अधिकांश उत्तर कोरियाली अवकाशप्राप्त सैनिक रहेको स्रोतको दाबी छ।
प्रकाशित मिति:- 2014-12-23 06:05:43
काठमाडौं, ८ पुस । नयाँ संविधान निर्माणमा दबाबस्वरूप विद्यार्थी संगठनले आज व्यंग्यात्मक शैलीमा ‘सुतिरहेका सभासद्लाई ब्युँझाएका’ छन् । उनीहरूले आज नयाँ संविधान निर्माण गर्न एक महिना मात्र बाँकी रहेको अवस्थामा व्यंग्यात्मक शैलीमा संविधानसभा भवन अगाडि त्यसप्रति खबरदारी गरेका हुन् । विद्यार्थीले सभासद्को अभिनय गरी सडकमा सुतेर बिगुल फुकी ब्युँझाएका थिए । १ देखि ६०१ नम्बरको सभासद् बनी उनीहरू सडकमा सुतेका थिए । करिब पाँच मिनेटसम्म ‘देश बिग्रँदै छ, संविधान नबन्ने खतरा छ, हामीसँग १ महिना मात्र समय बाँकी छ, बिउँझ’ भनी सभासद्लाई उठाएका थिए ।
प्रकाशित मिति:- 2014-11-13 02:18:51
काठमाडौं- कात्तिक ३० गतेदेखि कीर्तिपुरमा हुने भनिएको नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय अधिवेशन फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। अधिवेशन सम्पन्न गर्न पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको निर्देशन समितिको बिहीबार बसेको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति:- 2014-11-13 02:06:55
काठमाडौं : गृह मन्त्रालयले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुका कागजपत्र नहेर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। विमानस्थल प्रहरीले 'प्रहरी हेल्प डेस्क' मार्फत पर्यटक भिसामा कतार, दुबई, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक जाने यात्रुबाट रकम असुली गरेको उजुरी परेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
प्रकाशित मिति:- 2014-11-12 20:46:35
काठमाडौ, कार्तिक २७ - सिन्धुली सडक मार्ग २०१५ को मार्च महिना भित्रमा पूरा गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) उपाध्यक्ष तोसियुकी कुरोयानागीले बताएका छन् । नेपाल भ्रमणमा रहेका बुधबार आयोजित पत्रकारसम्मेलनमा उनले भने,'सिन्धुली सडक मार्ग निर्माणमा नेपाल र जापानका इन्जिनियरहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । पूर्ण रूपमा यो प्रोजेक्ट धुलिखेलदेखि बर्दिबाससम्मको सडक मार्गको २०१५ को मेमा उद्घाटन गर्ने लक्ष्य रहेको छ ।'
प्रकाशित मिति:- 2014-11-11 10:29:13
आदिवासी जनजाति राष्टिय आन्दोलन, नेपालले देशभर जन प्रदर्शनसहित सभा र जागरण अभियान संचालन गर्ने भएको छ । सार्क सम्मेलनका बेला आदिवासी जनजातिको भेषभूषा र प्ले कार्डसहित स्वागत र प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति:- 2014-11-11 03:02:26
गढीमाई मेलामा हुने अन्धाधुन्द पशुबली रोक्न फ्रान्सेली नायिका ब्रिजिट बार्डोटले राष्ट्रपति रामबरण यादवलाई खुला पत्र लेख्दै यस्तो क्रूर परम्परा रोक्न आग्रह गरेकी छिन्। पशुअधिकार कर्मी यी नायिकाले पशुबलीको यो परम्परा रोकेर पुस्तौसम्मलाई शान्ति र सद्भावको सन्देश दिनसमेत आग्रह गरेकी छिन्। 'गढीमाई देवी निर्दोष प्राणीको बलीमा खुसी हुन्छिन् र यस्तो क्रूर हिंसाबाट सम्वृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास गर्न सक्दिनँ,' उनले पत्रमा लेखेकी छिन्।
प्रकाशित मिति:- 2014-11-10 03:49:46
काठमाडौँ, २४ कात्तिक । सभामुख सुवास नेम्बाङले सत्तापक्ष पत्रकार सम्मेलन र प्रतिपक्ष आमसभामा उत्रेर आफ्ना कुरा राख्ने क्रमलाई छाडेर आफैँले बनाएको संविधानसभा र सम्बन्धित संयन्त्रमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न ध्यानाकर्षण गरेका छन।
प्रकाशित मिति:- 2014-11-10 03:21:35
चितवन-भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले दुर्घटना रोक्न चालकलाई निपुर्ण बनाउन आवश्यक रहेको बताएका छन्। 'सवारी चालक अनुमतिपत्र लिने बेलामा नै कडाइ गर्ने भएका छौं। यात्रु बस चलाउने चालक कम्तिमा पनि एसएलसी परीक्षा उत्तीर्ण हुने पर्ने व्यवस्था गर्न लागेका छौं' सोमबार भरतपुरमा पत्रकारहरुसँग निधिले भने।
प्रकाशित मिति:- 2014-11-09 04:47:50
गाईघाट (उदयपुर)-सवारी दुर्घटना कम गर्ने प्रयास स्वरुप उदयपुर जिल्लाको कटारी क्षेत्रबाट सञ्चालन हुने ठूला तथा साना सम्पूर्ण सवारी साधनमा चालक नजिकको सिटमा युवती बस्न नपाउने निर्णय गरिएको छ। हिमाली यातायात व्यवसायी सङ्घ शाखा कटारी र इलाका प्रशासन तथा प्रहरीसहितको कटारीमा बसेको बैठकले सवारी दुर्घटना कम गर्न यस्तो निर्णय गर्न परेको हिमाली यातायात व्यवसायी सङ्घ शाखा कटारीका प्रमुख शत्रुघन कार्कीले बताए।
प्रकाशित मिति:- 2014-11-09 04:40:17
काठमाडौं २३ कात्तिक (ओएनएस) : भारतीय मुद्रा नेपालमा खोल्ने तयारी गरिएको छ । भारतीय ५ सय र १ हजारका नोट बैधानिक रुपमा खोल्ने तयारी गरिएको हो ।भारतको विदेशी विनियम नियमन ऐनका कारण हाल १ सय भन्दा बढीका भारतीय नोट चलाउन पाइएको छैन । सो नियमन ऐनलाई संशोधन गरेर नेपाल र भुटानका लागि मुद्रा खोल्न लागेको हो ।
प्रकाशित मिति:- 2014-11-06 03:32:22
काठमाडौं : सरकारले गाई तथा गोरु मार्नेमाथि हुने सजाय घटाउने गरी विद्यमान कानुन संशोधनको प्रस्ताव ल्याएको छ। व्यवस्थापिका संसदमा पेश गरेको अपराध संहिता, २०७१ मा गाई तथा गोरु मार्नेलाई तीन वर्ष कैद प्रस्ताव गरिएको छ। मुलुकी ऐनमा गाई मारेको अभियोग ठहर भएमा १२ वर्ष कैद सजाय हुने प्रावधान थियो।
प्रकाशित मिति:- 2014-11-05 04:56:03
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भ्रमणका लागि शुक्रबार भारत भ्रमण जाँदैछन् । हिन्दू राज्‍यको माग गर्दै विभिन्‍न पक्षबाट आन्दोलन भइरहेका बेला ज्ञानेन्द्र भारत जान लागेका छन् ।
प्रकाशित मिति:- 2014-11-04 09:52:25
काठमाडौँ : आफ्ना विश्वासपात्रलाई दुई महिनाका लागि मात्र एन्फा अध्यक्षको पद कार्यवाहक दिएको बताउने गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले आजको मितिदेखि अन्तर्राष्ट्रिय रुपमै चार महिनाका लागि निलम्बन गरेको छ।
प्रकाशित मिति:- 2014-10-29 02:51:16
काठमाडौं १२ कात्तिक: तराईबासी नेपालीहरुको महान् चाड छठ पर्व आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर धूमधामका साथ मनाइदैछ । राजधानीमा रानीपोखरी लगायत पूर्वी तथा मध्य तराईका प्रमुख जलासय नदी नाला र तलाउहरु आज सिङ्गारिएर झकीझकाउ पारिएको छ । ती जलायसहरुमा आज अपरान्ह अस्ताउदो सूर्यलाई अघ्र्य दिएर सूर्यदेव र छठीमाइको आराधणा गरिने छ । भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई यो चाडको विधिवत सम्पन्न हुने छ ।
प्रकाशित मिति:- 2014-10-29 02:42:07
काठमाडौं, १२ कात्तिक । सुना गुरुङ मंगलबार विहान प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार केन्द्रमा रगत लिन पुगिन् । सिकिस्त आफन्तको लागि उनले रगत पाइनन् । रक्त सञ्चार केन्द्रमा दैनिक उनीजस्ता सयौं विरामीका आफन्तहरू रगत लिन पुगेका हुन्छन् तर केन्द्रमा रगत नै छैन् । रगत लिन पुगेका विरामीका आफन्तहरू निरास भएर रित्तै हात फर्किनु पर्ने वाध्यता छ ।
प्रकाशित मिति:- 2014-10-23 23:59:05
काठमाडौं, ७ कात्तिक । नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गरेको थियो। नेपाल संवतले ८८८ मा राष्ट्रिय सम्वतको मान्यता पाई आधिकारिकता पाएको थियो।
प्रकाशित मिति:- 2014-10-22 22:58:38
साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं १९९६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।
प्रकाशित मिति:- 2014-09-24 21:52:08
असोज ८, काठमाडौं । गोरखापत्र दैनिकले गत भदौ १८ गतेको अङ्कमा तामाङलगायतका जातीय समुदायमाथि आँच पुग्ने खालको सामग्री प्रकाशित हुन गएकोमा क्षमायाचना गरेको छ ।
प्रकाशित मिति:- 2014-09-21 00:47:16
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला देश बाहिर भए पनि विवादित विषयमा सहमति हुन सक्ने बताएका छन् । न्युयोर्क जानु अघि आफूसँग भएको कुराकानीमा प्रधानमन्त्रीले आफू अमेरिका भए पनि सहमति गर्न आग्रह गरेको भट्टराईले जानकारी दिए।
प्रकाशित मिति:- 2014-09-21 00:34:20
काठमाडौँ : दक्षिण कोरियामा जारी एसियाली खेलकूदमा नेपालले अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन। तर नेपालीले भने स्वर्ण पदक जितेका छन्।भारतीय सेनामा कार्यरत जितु राईले शनिबार भारतका लागि एसियाली खेलकुद २०१४ मा पहिलो स्वर्ण पदक जितेका हुन्। ५० मि एयर पेस्तोलमा राईले स्वर्ण पदक जितेका हुन्।
प्रकाशित मिति:- 2014-09-21 00:20:17
नेपालगन्ज, आश्विन ५ - ६ महिनाकी गर्भवति जलेर सख्त घाइते भएकी छन् । दुर्घटनाबस जलेको हो वा जलाइएको हो नखुलेपछि प्रहरीले पतिलाई पक्राउ गरी अनुसन्धान थालेको छ । शुक्रवार राति अस्पताल भर्ना गरिएकी साजिदा कबाडियाका पति साबिर रायले ठेगाना नेपालगन्ज-१२ लेखाएका छन् । तर प्रहरीले भने भारतको रुपैडियामा आगजनी भएको र उपचारका लागि नेपालगन्ज ल्याइएको दाबी गरेको छ ।
प्रकाशित मिति:- 2014-09-19 07:37:02
नेपाल ब्युरो– असोज ३, काठमाडौ । प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको भन्दै प्रतिपक्षी दलहरुले आक्रोश व्यक्त गरेका छन् । संसद्को गतिरोध नखुलाई प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको भन्दै प्रतिपक्षी दलहरुले आक्रोश व्यक्त गरेका हुन् ।
प्रकाशित मिति:- 2014-09-19 03:35:17
नेपाल ब्युरो–असोज ३, काठमाडौ । भावी नेपालको आर्थिक मार्गचित्रबारे आजबाट राजधानीमा शान्तिका लागि साझा अभियान कोक्यापले दुई दिने सम्मेलन आयोजना गर्दैछ । मुलुकको आर्थिक विकासका सवालमा रहेका समस्या, चुनौती र उपायको उजागर गरि आगामी दिनमा बन्ने नीति निर्माणमा सहयोग पुर्याउने उद्धेश्यकासाथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति:- 2014-09-19 03:22:08
नेपाल ब्युरो–असोज ३, काठमाडौ । सार्कको गृहमन्त्रीस्तरीय बैठक काठमाडौमा सुरु भएको छ । दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको उक्त बैठकमा पाकिस्तानबाहेक सार्कका अन्य सदस्य मुलुकका गृहमन्त्रीहरु सहभागी भएका छन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing