नेपाल समाचार

प्रकाशित मिति:- 2014-09-11 08:20:35
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । व्यवस्थापिका संसदको बैठक आजपनि अवरुद्ध भएको छ । एकीकृत माओवादीसहितका विपक्षी दलहरुले आजपनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका हुन् ।
प्रकाशित मिति:- 2014-09-11 08:17:52
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । संविधानसभाको बैठक अहिले जारी रहेको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा बसिरहेको जारी बैठकका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले कार्यसूची पेश गरेपछि बैठक सुरु भएको हो । बैठकमा सभासदहरुले अहिले भनाई राख्न सुरु गरेका छन् ।
प्रकाशित मिति:- 2014-09-11 04:49:33
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । सर्वपक्षीय राजनीतिक सभाको मिति तय गर्ने विषयमा प्रमुख चार दलका शीर्ष नेताहरु असफल भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा चार दलले राजनीतिक सभाको मितिबारे सहमति खोज्ने जिम्मा कार्यदललाई दिएको छ ।
प्रकाशित मिति:- 2014-09-11 03:59:35
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । प्रहरीले विहिबार विहान दुइ व्यक्तिलाई ठूलो परिमाणका लागुऔषधसहित पक्राउ गरेको छ । भारत पश्चिम चम्पारनका २० वर्षीय अरुणकुमार गुप्ता र रुपलीया–७ का २४ वर्षीय धनकुमार गुप्तालाइ लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-09-11 03:32:31
खोटाङ: गाई काटेको आरोपमा खोटाङमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बाकाचोल–९ का ६२ वर्षीय पदम तामाङ, उनका छोरा ३१ वर्षीय पेम्बा तामाङ र सोलुखुम्बु जिल्लाको लोखिम–९ बस्ने लाक्पानुरु तामाङ र मान्के तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
प्रकाशित मिति:- 2014-09-11 03:31:28
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने चालक तथा व्यवसायी कारबाहिमा पर्ने भएका छन् । चाडपर्वको मौका छापी बढी भाडा असुल्ने चालक तथा व्यवसायीमध्ये प्रहरीले ठगी मुद्धा चलाउने भएको हो ।
प्रकाशित मिति:- 2014-09-11 02:39:11
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । विपक्षी दलहरुले हिजो अवरुद्ध गरेको व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । चारबुँदे सहमति कार्यान्वयन र अर्थमन्त्रीको प्रतिवद्धता कार्यान्वयनको माग गर्दै विपक्षी दलहरुले हिजोको बैठक अवरुद्ध गरेका थिए ।
प्रकाशित मिति:- 2014-09-11 02:36:09
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । संविधानसभाको बैठक आज बस्ने भएको छ । एजेन्डा विहिन भएपछि बस्न नसकेको संविधानसभाको बैठक आज बस्ने भएको हो ।
प्रकाशित मिति:- 2014-09-11 02:23:21
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । नेकपा माओवादी सहित प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । संविधानसभा बाहिर रहेको नेकपा माओवादी सहित प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।
प्रकाशित मिति:- 2014-09-10 08:29:57
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले विपी कोइरालालाई बिर्सनु भनेको प्रजातन्त्रलाई बिर्सनु सरह भएको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित विपी विचार गोष्ठीमा प्रधानमन्त्री कोइरालाले आफूहरु विपी कोइरालाले देखाएकै बाटोमा हिडीरहेको दावी गर्नुभएको छ ।
प्रकाशित मिति:- 2014-09-10 08:21:37
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । राष्ट्रपति डा.रामवरण यादवले राजनीतिलाई संस्थागत गर्न सकेमात्र मुलुकको विकास हुने धारणा व्यक्त गर्नुभएको छ । आज ललितपुरमा आयोजित दलित अधिकारका विविध सवाल र यसका आयामहरु विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति यादवले दलहरुले संविधान बनाउन ढिलाई गरेका कारण आफू लामो समयसम्म पदमा बसिरहनुपरेको बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-09-10 08:10:23
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । सरकारल यतायात तथा हवाई सेवालाई व्यवस्थित, सुरक्षित बनाउन सम्बद्ध पक्षलाई सरकाले निर्देशन दिएको छ । दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै सवारी साधन तथा हवाई सेवालाई भरपर्दो, व्यवस्थित, सुरक्षित बनाउन सम्बद्ध पक्षलाई सरकारले निर्देशन दिएको हो ।
प्रकाशित मिति:- 2014-09-10 06:54:59
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । र्सविधानसभाको बैठक भोलि विहिबार बस्ने भएको छ । सहमति भएका विषयहरुमा संविधानसभामा भोलिदेखि छलफल हुने भएको छ ।
प्रकाशित मिति:- 2014-09-10 04:48:54
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । अर्थ मन्त्री डा.रामशरण महतले प्रक्रियामा गएर भए पनि समयमै लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको छ । उहाँले विवादित विषयमा दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भए पनि तोकिएको मितिमा कुनै पनि हालतमा लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-10 04:08:49
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनको लागी नेपालले दुई पाटोबाट आन्तरिक तयारी तिब्ररुपमा अगाडि बढाएको छ । विषय वस्तुमा गरिने बहस तथा छलफल सफ्टवेयर र भौतिक पूर्वाधार तथा आतिथ्य हार्डवयर गरी दुईवटा पाटोमा सरकारले तीब्र गतिमा काम अघि बढाएको हो ।
प्रकाशित मिति:- 2014-09-10 03:59:12
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले संविधानमै निर्वाचनको समय तोक्नलाई राजनीतिक दललाई तल्लो तहबाटै दबाब दिनुपर्नेमा जोड दिनुभएको छ । पाल्पाको तानसेनमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले निर्वाचनको समय संविधानमै उल्लेख हुनुपर्ने बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-09-10 03:00:06
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । दशैंमा काठमाण्डौबाट बाहिरिने यात्रुका लागि बसको टिकट बुकिङ खुल्ला भएको छ । दसैँ मनाउन आ आफ्नो घर जानेहरुका लागी आजदेखि बसको टिकट बुकिङ खुल्ला भएको हो ।
प्रकाशित मिति:- 2014-09-10 02:45:31
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । विश्व आत्महत्या रोकथाम दिवस वुधबार मनाइँदैछ । सो दिवस आज जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागीएको हो ।
प्रकाशित मिति:- 2014-09-10 02:27:11
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । विनियोजन विधेक माथिको छलफललाई निरन्तरता दिन संसदको बैठक आज बस्ने भएको हो ।
प्रकाशित मिति:- 2014-09-10 02:21:12
नेपाल ब्युरो– भदौ २५, काठमाडौ । तीन दलको आज विहान बसेको बैठक विष्कर्षविहिन बनेको छ । संविधानका अन्तरवस्तुमा सहमति खोज्ने प्रयास स्वरुप बसेको शीर्ष नेताहरुको बैठक निष्कर्षविहिन बनेको हो ।
प्रकाशित मिति:- 2014-09-09 07:34:26
नेपाल ब्युरो– भदौ २४, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी कर्मचारीलाइ घुस लिदा लिदै रंगेहात पक्राउ गरेको छ । आयोगले जिल्ला वन कार्यालय झापाका, सहायक वन अधिकृत जिवन पाठकलाई २८ हजार घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
प्रकाशित मिति:- 2014-09-08 08:10:03
नेपाल ब्युरो– भदौ २३, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा समयमै संविधान जारी गर्नका लागी युवाले दलहरुलाई सचेत बनाइराख्नु आवश्यक रहेकोमा जोड दिनुभएको छ । विश्व प्रजातान्त्रिक युवा सङघले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-08 05:46:05
नेपाल ब्युरो– भदौ २३,काठमाडौ । सरोकारवालाहरुले नागरिकता प्राप्त गर्न आमा र बाबु भन्ने प्रावधानले देशका थुप्रै बालबालिकालाई राज्यविहिनताको जोखिममा पार्ने भन्दै त्यस्तो प्रावधान परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । सञ्चारिका समूह, महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा भएको नयाँ संविधान र नागरिकताका सवाल विषयक छलफलमा सरोकारवालाहरुले यस विषयमा जोड दिएका हुन् ।
प्रकाशित मिति:- 2014-09-08 03:56:31
नेपाल ब्युरो– भदौ २३, काठमाडौ । राजनीतिक सभाका लागि मिति टुङ्गाउने विषयमा छलफल गर्न कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा अपरान्ह ४ बजे बस्न लागेको र बैठकमा राजनीतिक सभाका लागि नाम र मिति टुङ्ग्याउने गरी छलफल हुन लागेको कार्यदलमा सहभागी एमाले नेता भिम रावलले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-08 02:56:07
नेपाल ब्युरो– भदौ २३, काठमाडौ । इन्द्रको देवता पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाउँदै छन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing