नेपाल समाचार

प्रकाशित मिति:- 2014-07-06 04:40:40
जाजरकोट- भारतको हिमाञ्चल प्रदेशअन्तर्गत किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खाल भत्किँदा चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ। विद्युत् पावरहाउसको माथिल्लो भागको पर्खाल भत्किँदा जाजरकोट डाँडागाउँ–३ चिउरीका २२ वर्षीय पृथ्वी चनारा र १९ वर्षीय मनबहादुर चनारा असार १९ गने मृत अवस्थामा फेला परेका थिए भने शनिबार थप दुईजनाको शव फेला परेको हो। १७ वर्षीय कविराज चनारा र १८ वर्षीय ज्वाला चनाराको शव शनिबार फेला परेको हो।
प्रकाशित मिति:- 2014-07-05 23:08:43
गोरखा, २२ असार । गाविसको विकासका लागि राज्यले दिएको अनुदान रकम गोरखाका गाविस सचिवले राजनीतिक पार्टीलाई चन्दा दिएका छन् ।जिल्लामा रहेका ६६ गाविस कार्यालयबाट १३ लाख २० हजार एकमुष्ट रकम जिल्लास्थित चार राजनीतिक दललाई दिएका हुन् । यसरी चन्दा पाउनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादी रहेका छन् ।
प्रकाशित मिति:- 2014-07-04 04:42:53
राजविराज । सप्तरीकी एक महिलालाई कथित बोक्सीको आरोपमा मलमूत्र खुवाई दुर्व्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सीतापुर गाविस–८ का ३५ वर्षीय श्याम अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-04 04:37:24
काठमाडौँ, २० असार । नेकपा (एमाले)ले आफ्नो पार्टीको घोषणापत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनेर लेखे पनि नवौँ राष्ट्रिय महाधिवेशनमा सो प्रतिशत महिला प्रतिनिधि पुग्न सकेका छैनन् ।
प्रकाशित मिति:- 2014-07-04 04:26:27
२० असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतमा मन्त्रिपरिषदको नियमित बैठक शुक्रवार दोस्रो पटकट बसेको छ । प्रधानमन्त्री सुशील कोइराला उपचारका क्रममा अझै केही समय अमेरिकामै रहनुपर्ने भएपछि नियमित काम रोकिन नदिन कार्यवाहक प्रधानमन्त्री गौतमले बैठक राखेका हुन् ।
प्रकाशित मिति:- 2014-07-03 05:32:46
नेपाल ब्युरो–असार १९, चितवन, । चितवनको माडीमा हात्ती आतंक फेरी सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले गर्दा गएराति २ वजे गाउँ विकास समिति अमिलीयाका सुकबहादुर श्रेष्ठ र होमबहादुर परियारको घर भत्काइ अन्न खाइदिएको छ ।
प्रकाशित मिति:- 2014-07-03 04:52:56
नेपाल ब्युरो– असार १९, महोत्तरी । बलात्कार गरेर फरार रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । महोत्तरीको बर्दिबासमा आफ्नै छिमेकीको छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । बर्दिबास गाविस–५ बस्ने महेन्द्र साह सोनारका छोरा ३२ वर्षीय दिनेश शाह पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-03 03:18:56
नेपाल ब्युरो–असारं,१९ काठमाडौँ । करिव २ वर्षअघि एकीकृत माओवादीबाट अलग बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीभित्र पनि वैचारीक विवाद बढेको छ । अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले दुईवटा विचार सहितका प्रतिवेदन पार्टीमा छलफलका लागि प्रवेश गराएपछि वैचारीक विवाद बढेको हो । अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउ“दै सचिव चन्दले पनि फरक राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
प्रकाशित मिति:- 2014-07-03 03:10:42
नेपाल ब्युरो– असार १९, काठमाडौँ । नेपाली काग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा आज पनि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि समीक्षा जारी छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि जारी बैठकमा सरकारको नीति तथा कायक्रमप्रति हिजो धारणा राख्न बाँकी सदस्यहरुले धारण राखिरहेको कांग्रेसले जनाएको छ । २५ जना सदस्यहरुले आफ्नो धारणा राख्न बाँकी रहेको जनाउँदै काग्रेसले आजै बैठक सकिने पनि बताएको छ ।
प्रकाशित मिति:- 2014-07-03 03:01:30
नेपाल ब्युरो–असार १९, काठमाण्डौ । अमेरिकामा उपचार गराईरहनुभएका प्रधानमन्त्री शुसिल कोईरालाको फोक्सोमा क्यान्सर देखिएपछि सुरु भएको रेडिएसन थेरापी आज दोश्रो दिन पनि जारी छ । हिजोबाट सुरु भएको उहाँको थेरापी आइतबार सकिँदैछ ।
प्रकाशित मिति:- 2014-07-03 02:48:35
नेपाल ब्युरो– असार १९, काठमाडौँ । नेकपा एमालेको नवौं महाधिवेशन आजदेखि राजधानी काठमाण्डौंमा शुरु हुँदैछ । ‘शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मूल नाराका साथ काठमाण्डौंको भृकुटीमण्डपमा आज दिउँसो १ बजे ग्राफिक एनिमेसन, थ्रिडी एनिमेशन र मेकानिकल एनिमेसनको प्रयोग गरेर रोबोटबाट महाधिवेशन उद्घाटन हुनेछ ।
प्रकाशित मिति:- 2014-07-02 06:14:41
नेपाल ब्युरो– असार १८, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले ब्यक्तिगत गोपनियताको अतिक्रमण हुने गरी सूचनाको अधिकार प्रयोग नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । राजधानीमा आजबाट सुरु भएको सूचनाको अधिकार सम्वन्धी २ दिने प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री रिजालले सूचनाको हक सम्वन्धी ऐनको उद्धेश्य खुला, पारदर्शी र जिम्मेवार शासन व्यवस्थाको स्थापना गर्नु भएकोले यसप्रति सचेत रहन जोड दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-02 05:54:30
नेपाल ब्युरो–असार १८, प्युठान । एक दम्पतीले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन् । प्युठान जिल्लाको सारी गाविस–३ कोलाम्पामा घरायसी विवाद हुँदा आगो लगाई दम्पतिले आत्महत्या गरेका हुन् ।
प्रकाशित मिति:- 2014-07-02 05:23:11
नेपाल ब्युरो– असार १८, कञ्चनपुर । नेपाल राहत शिक्षक संघर्ष समिति कञ्चनपुरले आजदेखि अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको छ । चालु शैक्षिकसत्रको तेस्रो चौमासिकको तलब भत्ता निकासा नगरेको भन्दै समितिले विद्यालय बन्दको घोषणा गरेको हो । वैशाख २२ गते शिक्षा मन्त्रालय र संघर्ष समितिबीच तेस्रो चौमासिकको तलब भत्ता उपलब्ध गराउने सहमति भए पनि कार्यान्वयन नहुँदा संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष नवीन सिं धामीले बताउनुभयो ।
प्रकाशित मिति:- 2014-07-02 04:04:30
नेपाल ब्युरो– असार १८, काठमाडौँ । सविंधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान निर्माणको काम चलिरहेकाले समयमै संविधान बन्ने बताउनुभएको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९० औं जन्म जयन्तीको अवसरमा जीपी फाउन्डेसनले आज राजधानीमा आयोजना गरको कार्यक्रममा बोल्नुहुँदै उहाँले संविधान जारी नभएसम्म सभासदहरुलाई गाउँमा नबोलाउन जनतासँग आग्रह पनि गर्नुभयो ।
प्रकाशित मिति:- 2014-07-02 03:39:07
नेपाल ब्युरो–असार १८, काठमाडौँ । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले सत्य निरुपण तथा बेपत्ता आयोग ऐनले पूर्ण रुपमा अन्तर्राष्ट्रिय कानूनहरुसंग मेल नखाने भएकाले यसलाई संशोधन गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । आयोगले ऐनमा व्यवस्था भएको आममाफी अन्तर्राष्ट्रिय कानुन र प्रचलनको विरुद्ध भएको उल्लेख गरेको छ । ऐनमा उल्लेख भएका कतिपय शब्दावली र व्यवस्था स्पष्ट नभएको तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएकोसमेत आयोगले उल्लेख गरेको छ ।
प्रकाशित मिति:- 2014-07-02 03:28:44
नेपाल ब्युरो–असार १८, काठमाडौ । । लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज ९० औ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाइदैछ । कोइरालाको ९० औं जन्मजयन्तीका अवसरमा जिपि चिन्तन प्रतिष्ठानले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ भने नेपाली काग्रेसले देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रमसहित कोइरालाको सम्झना गर्दैछ ।
प्रकाशित मिति:- 2014-07-02 03:15:55
नेपाल ब्युरो–असार १८, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालालको रेडियो थेरापी आजदेखि हुने भएको छ । फोक्सोमा देखिएको दाग क्यान्सर प्रमाणित भएपछि कोइरालाको आजदेखि पाँच दिनसम्म थेरापी हुने छ । पाँच दिनको कोर्स पुरा भएपछि प्रधानमन्त्री कोइरालाले केहीदिन आराम गरेर नेपाल फर्कने उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-02 03:07:19
नेपाल ब्युरो–असार १८, काठमाडौँ । राज्यको शासकीय स्वरुप र राज्यपुनर्संरचनाका विषयमा छलफल गर्न संवैधानिक राजनीतिक सम्वाद सहमति समितिको बैठक बस्दैछ । जारी बैठकमा राज्यको पुनर्संरचनाका विषयमा मुख्यतः छलफल भईरहेको छ ।
प्रकाशित मिति:- 2014-07-02 02:56:26
नेपाल ब्युरो–असार १८, काठमाडौँ । गत असार १५ गते राष्ट्रपतिद्धारा संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ । हिजो र आज गरी संसदमा १४ घण्टा छलफल गरेपछि नीति तथा कार्यक्रम पारित गर्न लागिएको हो । हिजो ७ घण्टा छलफल भएको थियो भने आज बुधबार पनि ७ घण्टा छलफल हुदैछ । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभासद्हरुबाट उठेका जिज्ञासाको कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमले आजै जवाफ दिनुहुनेछ । हिजो बोल्ने सत्तापक्ष दलका सभासद्ले समेत कार्यक्रममा कुनै नयाँपन नभएको भन्दै आलोचना गरेका थिए ।
प्रकाशित मिति:- 2014-07-01 08:29:30
नेपाल ब्युरो–असार १७ काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीम आचार्यले नयाँ जहाज खरिदका लागि १५ दिनभित्र सञ्चालक समितिले निर्णय गरेर प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ । नेपाल वायु सेवा निगमको ५६ औँ वाषिकोत्सवको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री आचार्यले दुई वाइड र दुई न्यारो बडीका जहाज खरिद गर्न यस्तो प्रस्ताव ल्याउनका लागि निर्देशन दिनुभएको हो ।
प्रकाशित मिति:- 2014-07-01 05:55:31
१७ असार, काठमाडौं । स्थानीय निकायहरु बलियो नबनाइ संघीयतामा जानुको अर्थ नहुने भन्दै एमालेले स्थानीय तहमा एकल जातीय आधारमा पनि संरचना बनाउन सकिने जनाएको छ । प नेकपा एमालेले राज्य पुन:संरचनापछि बन्ने नयाँ नेपालमा जम्मा ९ सय ७६ ओटा स्थानीय सरकारका इकाइहरु रहने प्रस्ताव गरेको छ । हालका गाविसहरुको संख्यालाई घटाउने एमालेको प्रस्ताव छ ।
प्रकाशित मिति:- 2014-07-01 04:29:54
नेपाल ब्युरो–असार १७,काठमाडौ । मनसुन सुरु भएर केहीसमय रोकिएको वर्षा पुनः सक्रिय हुन थालेको छ । वर्षा नहुँदा किसानहरुले रोपाईं रोक्न बाध्य भएका अवस्थामा हिजो सोमबारदेखि पुनः मनसुन सक्रिय भएको हो ।
प्रकाशित मिति:- 2014-07-01 03:55:50
नेपाल ब्युरो–असार १७,काठमाडौ । पत्रपत्रिकालाई दिइने लोककल्याणकारी विज्ञापनको भुक्तानी र अदालतको अबहेलना सम्बन्धी बिधेयक फिर्ता हुनुपर्ने माग गर्दै सिंहदरवारमा प्रदर्शन गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत आर्थिक वर्षको बजेट भाषणमा २५ प्रतिशत बृद्धि गरिएको लोककल्याणकारी विज्ञापनको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै साना लगानीका पत्रिका सन्चालकहरु आन्दोलित भएका हुन् । नेपाल पत्रकार महासंघ उपत्यका समितिको आहनमा अर्थमन्त्रालय घेराउ गर्न गएका पत्रकारहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउ गरेको हो ।
प्रकाशित मिति:- 2014-07-01 03:38:23
नेपाल ब्युरो–असार १७, काठमाडौँ । सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम माथि ब्यवस्थापिका संसदमा आजदेखि छलफल हुँदैछ । राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७१ /०७२ को नीति तथा कार्यक्रममाथि आज छलफलको कार्यक्रम राखेको संसद सचिवालयले जनाएको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing